बाम गठबन्धनको कार्यदल बैठकमा ओलीले भने-अहिले त बिउ जस्तै छौ,अब रुख हुने गरी यसरी काम गर्छौ



वाम गठबन्धनका प्रमुख दुई नेताले एकीकृत पार्टीको संगठनात्मक र विधान मस्यौदा तयार गर्न कार्यदललाई १५ दिनको समय दिएका छन्।

बालुवाटारमा आज बसेको विधान मस्यौदा तथा संगठनात्मक कार्यदल र प्रतिवेदन मस्यौदा कार्यदलको संयुक्त बैठकमा दुवै पार्टीका प्रमुख नेताले आन्तरिक गृहकार्य गरेर १५ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएका हुन्।

माओवादी प्रवक्ता पम्फा भुसालले दुवै पार्टीको विभिन्न कमिटीको संरचना र विधान अध्ययन गरेर १५ दिनभित्र प्रतिवेदन बुझाउने गरी जिम्मेवारी कार्यदललाई दिएको बताइन्।

पार्टी एकीकरणको निर्णय गरेका दुई वाम घटक एमाले र माओवादीले सांगठनिक र विधान तयारका लागि दुई कार्यदल गठन गरेका थिए। संगठनात्मक कार्यदलमा एमालेबाट ईश्वर पोखरेल, बेदुराम भुसाल, रघुवीर महासेठ, सुरेन्द्र पाण्डे तथा माओवादीबाट रामबहादुर थापा बादल, गिरिराजमणि पोखरेल, मातृका यादव, वर्षमान पुन र जनार्दन शर्मा रहेका छन्।

विधान कार्यदलमा एमालेबाट माधव नेपाल, भीम रावल, प्रदीप ज्ञवाली तथा रघुजी पन्त तथा माओवादीबाट नारायणकाजी श्रेष्ठ, देव गुरुङ, शक्ति बस्नेत, पम्फा भुसाल र देवेन्द्र पौडेल रहेका छन्।

पराजुलीविरुद्ध अवहेलना मुद्दा दर्ता गर्न सर्वोच्च प्रशासनद्वारा अस्वीकार

सर्वोच्च अदालतका बहालवाला प्रधानन्यायाधीश गोपाल पराजुलीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता गर्न सर्वोच्च प्रशासनले अस्वीकार गरेको छ।

सामाजिक अभियन्ता मनोजकुमार अधिकारीले पेस गरेको अवहेलना मुद्दा करिब दुई साता अध्ययन गर्दै दरपीठ गर्ने आदेश भएको हो। आफू अनुकूल मुद्दाका साक्षीलाई बयान गराउन दबाब दिँदै अदालतको मर्यादा र गरिमा नष्ट गर्दै अवहेलना गरेको जिकिरसहित माघ २३ गते अधिकारीले मुद्दा पेस गरेका थिए। उनको निवेदनमा प्रमाण अपुग भएको भन्दै अध्ययनका लागि केही समयदेखि प्रशासनमा राखिएको थियो। निवेदनमा सुरुमा पराजुलीसहित कान्तिपुर दैनिक र वरिष्ठ अधिवक्ता डा सुरेन्द्र भण्डारीलाई पनि विपक्षी बनाइएको थियो। तर पछि प्रमाण नपुगेको भन्दै उनीहरुको नाम हटाएर निवेदक अधिकारीले पेस गरेका थिए।

सर्वोच्चका रजिष्ट्रार महेन्द्रनाथ उपाध्यायले निवेदन दरपीठ गरेका हुन्। दरपीठ आदेशमा अदालतको अवहेलना प्रधानन्यायाधीश पराजुलीले गरेको प्रमाण पेस नभएकाले दर्ता हुन नसक्ने भनिएको छ।

प्रशासनले उक्त निवेदन दरपीठ गरेपछि निवेदकलाई इजलासमा जाने बाटो भने खुलेको छ।

निवेदनमा अनसनरत डा गोविन्द केसीलाई अवहेलना मुद्दा लगाउन आफैले निर्देशन दिई सर्वोच्चका कर्मचारीको टिप्पणी उठाएर मुद्दा दायर गरेको र उक्त मुद्दामा केसीलाई आफू अनुकूल बयान दिन दबाब दिएको उल्लेख छ। प्रधानन्यायाधीश पराजुलीले केसीका कानुन व्यवसायी वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीलाई केसीको बयानमा आफूलाई आरोप नलगाउन दबाब दिएकोले स्वतन्त्र न्यायालय समाप्त भएको भन्दै  अवहेलनामा पराजुलीलाई कारबाही गर्न माग गरिएको छ।

मेडिकल कलेजका मुद्दाहरुमा पराजुलीले आफू अनुकूल फैसला गरेको भन्दै केसीले उनीविरुद्ध अनसन थालेका थिए। उक्त अनसन सुरु भएकै दिन प्रधानन्यायाधीश पराजुलीको ठाडो निर्देशनमा टिप्पणी उठाई अवहेलना मुद्दामा २४ घन्टा नबित्दै पक्राउ गरेर अदालत पेश गरिएको थियो।

सार्वभौम नागरिकलाई अभिव्यक्ति र स्वतन्त्रतापूर्वक हिँड्न पाउने स्वतन्त्रताको अधिकार संविधानले दिएको भए पनि त्यसलाई खोस्ने प्रयास प्रधानन्यायाधीशे निवेदनमा उल्लेख छ।

केसीविरुद्ध दायर निवेदनमा यसअघि सर्वोच्च अदालतको संयुक्त इजलासले पराजुलीको नागरिकता र शैक्षिक प्रमाणपत्र झिकाउने आदेश गरिसकेको छ। अदालतमा आफ्नो विवरण पेस नभएको भन्दै केसीले काठमाडौं र तनहुँ जिल्ला प्रशासनमा नागरिकताको प्रतिलिपि माग गर्दै निवेदन दिएका छन्। केसीको पक्षमा बहस गरेको वरिष्ठ अधिवक्ता भण्डारीले पटकपटक प्रधानन्यायाधीशले ज्यान मार्ने धम्की दिएको भन्दै सुरक्षाको लागि र थप अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका छन्। उक्त निवेदनमा प्रहरीले अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस
एमाले महासचिवले भने, माओवादी हिंसामात्र होइन आतंक थियो

  नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादी द्वन्द्वको क्रममा भएका घटना हिंसामात्र नभएर

जीबीसहित साहारा सहकारीका १७ विरुद्ध मुद्दा दर्ता

     साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थामा भएको बचत रकम अपचलनबारे चितवन जिल्ला

सापकोटाविरूद्वको ज्यान मुद्वाको फैसला आज सुनाइँदै

    पूर्वसभामुख एवम् नेकपा (माओवादी केन्द्र) का नेता अग्नि सापकोटा विरुद्धको ज्यान

अर्थमन्त्री पौडैल र चीनका उपप्रधानमन्त्री हि लिफेङबीच भेटवार्ता

    उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनका उपप्रधानमन्त्री हि लिफेङबीच चीनको