हाइड्रोको ३१ लाख ८३ हजार कित्ता सेयर आउँदै



हाम्रो इकोनोमि

भैरवकुण्ड हाइड्रोपावर प्रा.लि. ले ३१ करोड ८३ लाख रुपैयाँ बराबरको साधारण सेयर निष्काशन गर्ने भएको छ । कम्पनीको बुधबार सम्पन्न साधारणसभाले एक सय रुपैयाँ अंकित मूल्यमा ३१ लाख ८३ हजार दुई सय ८० कित्ता हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेको छ ।

हाल ६५ करोड रूपैयाँ चुक्त्ता पूँजी रहेको भैरवकुण्डले चुक्ता पूँजीको ४८ दशमलव ९७ प्रतिशत सेयर जारी गर्ने तयारी गरेको हो । जसमधये, एक प्रतिशत आयोजनका कर्मचारी, १० प्रतिशत आयोजना प्रभावित स्थानीय बासिन्दालाई बिक्री गरेर बाँकी सेयर सर्वसाधारण लगानीकर्तालाई बिक्री गर्ने कम्पनीले जनाएको छ ।

सभाले आर्थिक वर्ष २०७३.७४ को नाफा नोक्सानसहित वार्षिक प्रतिवदन पारित समेत पारित गरेको छ ।

२०६६ जेठ २५ मा गते भैरवकुण्ड हाईड्रोपावर प्रा.लि र २०७३ असार १२ गतेबाट पब्लिक लिमिटेड कम्पनी को रुपमा दर्ता भएको यस कम्पनीले वि.सं. २०६५ साल मंसिर २९ देखि सिन्धुपाल्चोकको तातोपानी गाविस–४ लार्चामा अवस्थित भैरवकुण्ड खोलामा निर्माण कार्य सुरुवात गरेको थियो ।

०६५ मंसिर २ गते पहिलो पटक एक हजार आठ सय ५० किवा र चैत्र २७ गते दोस्रो पटक एक हजार एक सय ५० किवाको लागि पिपिए गरी ०६६ भदौ १९ गते जेनेरेसन लाईसेन्स प्राप्त गरी ०७१ जेठ १८ गते सिओडी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...

बूढीगण्डकी बाढीले आरुघाट-धादिङ जोड्ने पुलपनि बगायो

    बूढीगण्डकी नदीमा आएको भीषण बाढीले आरुघाट र धादिङ जोड्ने मोटरेबल पुल...