हाइड्रोको ३१ लाख ८३ हजार कित्ता सेयर आउँदै



भैरवकुण्ड हाइड्रोपावर प्रा.लि. ले ३१ करोड ८३ लाख रुपैयाँ बराबरको साधारण सेयर निष्काशन गर्ने भएको छ । कम्पनीको बुधबार सम्पन्न साधारणसभाले एक सय रुपैयाँ अंकित मूल्यमा ३१ लाख ८३ हजार दुई सय ८० कित्ता हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेको छ ।

हाल ६५ करोड रूपैयाँ चुक्त्ता पूँजी रहेको भैरवकुण्डले चुक्ता पूँजीको ४८ दशमलव ९७ प्रतिशत सेयर जारी गर्ने तयारी गरेको हो । जसमधये, एक प्रतिशत आयोजनका कर्मचारी, १० प्रतिशत आयोजना प्रभावित स्थानीय बासिन्दालाई बिक्री गरेर बाँकी सेयर सर्वसाधारण लगानीकर्तालाई बिक्री गर्ने कम्पनीले जनाएको छ ।

सभाले आर्थिक वर्ष २०७३.७४ को नाफा नोक्सानसहित वार्षिक प्रतिवदन पारित समेत पारित गरेको छ ।

२०६६ जेठ २५ मा गते भैरवकुण्ड हाईड्रोपावर प्रा.लि र २०७३ असार १२ गतेबाट पब्लिक लिमिटेड कम्पनी को रुपमा दर्ता भएको यस कम्पनीले वि.सं. २०६५ साल मंसिर २९ देखि सिन्धुपाल्चोकको तातोपानी गाविस–४ लार्चामा अवस्थित भैरवकुण्ड खोलामा निर्माण कार्य सुरुवात गरेको थियो ।

०६५ मंसिर २ गते पहिलो पटक एक हजार आठ सय ५० किवा र चैत्र २७ गते दोस्रो पटक एक हजार एक सय ५० किवाको लागि पिपिए गरी ०६६ भदौ १९ गते जेनेरेसन लाईसेन्स प्राप्त गरी ०७१ जेठ १८ गते सिओडी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
सरकारको नीति तथा कार्यक्रम पारित

    सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रतिनिधिसभाको बहुमतबाट पारित भएको छ ।

मार्सी चामल मैले पनि चाखेको छु : प्रधानमन्त्री

     प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्‌मा कर्णालीको मार्सी चामलको चर्चा गरेका छन्

शिवसेनाका अध्यक्ष अनिल बस्नेत पक्राउ

    शिव सेना नेपालका अध्यक्ष अनिल बाबा बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ

पोर्चुगलमा नेपालीसहित ४५ सयलाई देश छाड्न पत्र

    युरोपेली राष्ट्र पोर्चुगलले आप्रवासन सम्बन्धी नीति परिवर्तन गरेपछि प्रत्यक्ष रूपमा नेपालीहरू