उपेन्द्र यादव पनि आउने भएपछि दुई तिहाइको सरकारमा बन्दै, १८ मध्य माओवादीले माग्यो ७ मन्त्रालय



प्रधानमन्त्री केपी ओलीले एक सातासम्म मन्त्रिमण्डल विस्तार गर्न सकेका छैनन् ।  प्रधानमन्त्री नियुक्त भएकै दिन गठित तीन सदस्यीय मन्त्रिमण्डललाई उनले सम्भवतः आजै (बिहीबार) विस्तार गर्ने योजना बनाएका छन् ।एमाले अध्यक्ष ओली माओवादी केन्द्रको साथ लिएर फागुन ३ मा प्रधानमन्त्री बनेका थिए । त्यसयता सरकार गठनका लागि तयारी गरे पनि मन्त्रालयको भागबन्डा, संख्या र आकांक्षीको दबाबका कारण उनलाई सकस परिरहेको छ । प्रधानमन्त्री ओली सकभर उपेन्द्र यादव नेतृत्वको संघीय फोरमलाई समेत सहभागी गराई दुईतिहाइको सरकार सञ्चालनको कसरतमा छन् । त्यसका लागि उनले निर्वाचन परिणाम आएदेखि नै यादवलाई प्राथमिकता दिइरहेका छन् । सोमबार माओवादी अध्यक्ष पुष्पकमल दाहाल र उनले प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमै यादवलाई बोलाई सरकारमा आउन संयुक्त आग्रह मात्रै गरेनन्, बुधबार दुई पार्टीका प्रतिनिधिबीच औपचारिक छलफल नै गराएर सरकारमा आउन प्रस्ताव राखेका छन् ।

सरकार विस्तारमा उपेन्द्रको पार्टीको निर्णयसमेत ओली अहिले पर्खेर बसेका छन् । यादवले सकारात्मक प्रतिक्रिया दिए मन्त्रिपरिषद्को संख्या केही तल–माथि गरेरै भए पनि सरकारमा ल्याउने तयारीमा ओली रहेको प्रधानमन्त्रीनिकट स्रोतले जनाएको छ । केन्द्रमा २५ वटासम्म मन्त्रालय बनाउन सकिने संवैधानिक व्यवस्था छ तर सरकारले नै बनाएको प्रशासनिक सुधार आयोगका अध्यक्ष काशीराज दाहालको कार्यदलले १५ र सामान्य प्रशासन मन्त्रालयले १८ वटासम्म मन्त्रालय बनाउन सकिने प्रस्ताव गरेको छ ।

प्रधानमन्त्री ओली र दाहालबीच १९ सदस्यीय मन्त्रिमण्डल बनाउने विषयमा करिब–करिब समझदारी जुटेको छ । ओली–दाहालबीच बुधबार बालुवाटारमा भएको वार्तामा पनि मन्त्रालय संख्या र भागबन्डाका विषयमा कुराकानी भएको छ ।फोरमलाई मन्त्रिपरिषदमा ल्याउन सरकारले पहल थाल्दा मन्त्रीमण्डल विस्तारमा समय लागेको लेखेको छ ।‘एमालेले उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमलाई सरकारमा ल्याउने प्रयास गरेको छ’ ‘त्यसका लागि एमालेका नेताहरुले फोरमका नेताहरुसँग अनौपचारिक वार्ता गरिरहेका छन् । संविधान संशोधनमा एमाले सकारात्मक बने सरकारमा जान सकिने संकेत फोरमले गरेको छ । त्यसका लागि उसले एमालेसँग ठोस प्रस्ताव मागेको छ ।’

केपी ओली नेतृत्वको सरकारमा प्रधानमन्त्री कार्यालयसहित १८ वटा मन्त्रालय रहने भएका छन् । तर, सत्तारुढ एमाले र माओवादीले कुन कुन मन्त्रालय लिने भन्ने अझै टुंगिएको छैन ।प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार मन्त्रालयको संख्याबारे छलफल भएको थियो । दुई नेताले आफूहरुको छलफल नटुंगिएको र भोलि थप कुराकानी गर्ने आफ्ना निकतवर्तीहरुलाई बताएका छन् ।माओवादीका एक नेताले अनलाइनखबरलाई दिएको जानकारी अनुसार प्रधानमन्त्री कार्यालयसहित १८ मन्त्रालय राख्न दुई नेतावीच सहमति भएको छ ।

 

हाल ३० मन्त्रालय छन् । तर, संविधानमा नै केन्द्र सरकार बढीमा २५ सदस्यीय हुने भन्ने उल्लेख भएकाले मन्त्रालयको संख्या घटाउनुपर्ने भएको छ ।संघीय प्रशासनिक पुनःसंरचना समितिले १८ मन्त्रालय बनाउन सिफारिस गरेको थियो भने काशिराज दाहाल नेतृत्वको समितिले १५ मन्त्रालय राख्न सिफारिस गरेको थियो । दाहालको सिफारिस अनुसार अघिल्लो सरकारले १५ मन्त्रालय रहने प्रस्ताव मन्त्रिपरिषदमा लगिसकेको थियो ।

माओवादीले माग्यो गृहसहित ७ मन्त्रालय

यसैवीच माओवादीले ओली सरकारमा उपप्रधानमन्त्री र गृहसहित कम्तिमा ७ मन्त्रालय आफूले पाउनुपर्ने दाबी गरेको छ ।गृह र भौतिक पूर्वाधार मन्त्रालय आफूले लिने माओवादीको योजना छ । पर्यटन मन्त्रालयमा पनि माओवादीको दाबी छ ।अर्थमन्त्रालय आफूले राखेपछि माओवादीलाई गृह दिन एमाले सकारात्मक रहेको नेताहरुले बताएका छन् । तर, अरु मन्त्रालयको भागवण्डा मिलेको छैन ।साथै एमालेले संघीय फोरमलाई सरकारमा सहभागी गराउन चाहेकाले मन्त्रालय भागवण्डा लम्बिएको नेताहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस
एमाले महासचिवले भने, माओवादी हिंसामात्र होइन आतंक थियो

  नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादी द्वन्द्वको क्रममा भएका घटना हिंसामात्र नभएर

जीबीसहित साहारा सहकारीका १७ विरुद्ध मुद्दा दर्ता

     साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थामा भएको बचत रकम अपचलनबारे चितवन जिल्ला

सापकोटाविरूद्वको ज्यान मुद्वाको फैसला आज सुनाइँदै

    पूर्वसभामुख एवम् नेकपा (माओवादी केन्द्र) का नेता अग्नि सापकोटा विरुद्धको ज्यान

अर्थमन्त्री पौडैल र चीनका उपप्रधानमन्त्री हि लिफेङबीच भेटवार्ता

    उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनका उपप्रधानमन्त्री हि लिफेङबीच चीनको