बाम गठबन्धन संग यसरी नजिकिदै मधेशी दल,भित्र-भित्र यस्तो पाक्दैछ खिचडी,स्वराजले डोज दिए पछी यस्तो सम्म भयो



नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकताका लागि निर्णायक वार्ता गर्न गत आइतबार पुष्पकमल दाहाल ‘प्रचण्ड’ भक्तपुरस्थित एक व्यवसायीको घरतर्फ लाग्दै गर्दा उनलाई राजपाका नेताहरू राजेन्द्र महतो र लक्ष्मणलाल कर्णले भेटेका थिए।

दाहालले बिहान करिब एक घन्टा महतो र कर्णसँग छलफल गरे। यसपछि उनी ओलीसँगको लञ्च मिटिङमा सहभागी भए।

त्यसको भोलिपल्ट प्रधानमन्त्री निवास बालुवाटारमा माओवादी र एमालेको पार्टी एकता संयोजन समितिको बैठक चलिरहँदा एमाले नेता अग्नि खरेलको गाडीमा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव साँझ बालुवाटार छिरे।

ओली र प्रचण्डसँग करिब एक घन्टा छलफल गरेर यादव बाहिरिएपछि माओवादी र एमालेबीच पार्टी एकताको लागि सातबुँदे सहमति भयो।

मधेसवादी दल र वाम गठबन्धनका नेताहरूबीच आइतबार र सोमबारको भेटवार्ता पहिलो थिएन। निर्वाचनको परिणाम आएलगत्तै एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष दाहालसँग मधेसी नेताहरु निरन्तर संवादमा छन्। वाम गठबन्धनको सरकार बनेर विस्तारको प्रक्रियामा रहँदा पनि दुई पक्षबीचको संवाद कतातर्फ उन्मुख छ भन्ने ठोस कुरा बाहिर आउन सकेको छैन।

केही दिनअघि मात्र राजपा अध्यक्ष मण्डलका नेता महन्थ ठाकुरसँग ओलीले एउटा होटलमा भेटेको खबर सार्वजनिक भएको थियो। यद्यपि त्यसको औपचारिक पुष्टि हुन सकेको छैन। तर, ठाकुरका दूतको रुपमा राजपा नेताहरू वृषेशचन्द्र लाल र सर्वेन्द्रनाथ शुक्लाले केही समयअघि एमाले नेता अग्नि खरेल र सुवास नेम्वाङसँग भेटेको पुष्टि भएको छ।

नेता लाल भन्छन्, ‘केही समयअघि संवाद भएको हो।’ यद्यपि संवादले ठोस परिणाम नल्याएको उनको भनाइ छ। उनले के–के विषयमा संवाद भयो, त्यसको विस्तृत कुरा खोल्न चाहेनन्।

एमाले अध्यक्ष ओलीसँग निरन्तर संवादमा रहेका फोरम अध्यक्ष यादवले वाम गठबन्धनसँगको छलफलले ठोस उपलब्धि नदिएको बताएका छन्। सोमबार बालुवाटार गएर छलफल गरेका यादवले मंगलबार पत्रकारसँगको कुराकानीमा वाम गठबन्धनबाट सरकारमा सहभागी हुने प्रस्ताव आएको तर आफूहरूले संविधान संशोधनको मुद्दामा सहमत भए सरकारमा जान सकिने बताएको ‘रेडिमेड’ जवाफ दिएका थिए।

रहस्यमय ‘हेल्लो हाई’ 

राजपा र फोरम नेपालका नेताहरू वाम गठवन्धनसँग भइरहेको छलफलबारे खुल्न चाहिरहेका छैनन्। यद्यपि भेटघाट भने बाक्लिएको छ।

निर्वाचन परिणाम लगतै सुरु भएको दुई पक्षबीचको संवाद केही समयअघि भारतीय विदेशमन्त्री सुष्मा स्वराजको काठमाडौ भ्रमणपछि थप बाक्लिएको जानकारहरू दाबी गर्छन्।

यता राजपा नेता राजकिशोर यादव भने मधेसी नेता र वाम गठबन्धनका नेताबीच पछिल्लो समय भइरहेको भेटघाटलाई सामान्य ‘हेल्लो हाई’को संज्ञा दिन्छन्। उनी भन्छन्– ‘खासै गम्भीर कुरा भएको छैन।’

पछिल्ला भेटवार्तामा सहभागी एक शीर्ष नेताका अनुसार, मधेसी पार्टी र एमाले माओवादीबीचको संवादको मुख्य विषय दुई वटा हुन सक्छ।

पहिलो– विगतमा केपी ओली र मधेसी शक्तिबीच रहेको तिक्ततापूर्ण सम्बन्धलाई सुमधुर बनाउने। दोस्रो– हालको नयाँ सत्ता समीकरणमा कसरी मधेसी दललाई पनि मिलाएर लैजाने भन्ने हो।

मधेसकेन्द्रित दलहरुले सरकारमा सहभागी हुन ‘फेस सेभिङ’ का लागि सरकारले संविधान संशोधनको मुद्दा सम्बोधन गरोस् भन्ने चाहेका छन्। यस्तै, उनीहरुले राष्ट्रपति, उपराष्ट्रपतिदेखि मन्त्रीसम्मको भागबन्डामा हिस्सेदारी पनि खोजेका छन्।

दुई पक्षबीच बाक्लिएको भेटवार्ताबारे जानकारका अनुसार, मधेसी दलहरुलाई उपराष्ट्रपतिसहित केही प्रमुख मन्त्रालयको ‘अफर’ गरिसकिएको छ। तर, उनीहरूले भने राष्ट्रपति मागिरहेका छन् र सो पदका लागि महन्थ ठाकुरको नाम प्रस्ताव गरेका छन्। यद्यपि मधेसी नेताहरूले यसबारे अहिलेसम्म मुख खोलेका छैनन्।

एक शीर्ष नेता भन्छन्– ‘२०६४ को पहिलो संविधानसभापछि नाटकीय रुपमा रामवरण यादव जसरी राष्ट्रपति हुन सफल भएका थिए, अहिले ठ्याक्कै महन्थ ठाकुर पनि नाटकीय रुपमा राष्ट्रपति भए भने आश्चर्य नमान्दा हुन्छ।’

तर, अहिलेको राजनीतिक अंकगणितमा राष्ट्रपति परिवर्तन गर्ने कि विद्यादेवी भण्डारीलाई नै कायम राख्ने भन्ने ‘बल’ प्रधानमन्त्री ओलीको कोर्टमा छ।

प्रतिक्रिया दिनुहोस
एमाले महासचिवले भने, माओवादी हिंसामात्र होइन आतंक थियो

  नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादी द्वन्द्वको क्रममा भएका घटना हिंसामात्र नभएर

जीबीसहित साहारा सहकारीका १७ विरुद्ध मुद्दा दर्ता

     साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थामा भएको बचत रकम अपचलनबारे चितवन जिल्ला

सापकोटाविरूद्वको ज्यान मुद्वाको फैसला आज सुनाइँदै

    पूर्वसभामुख एवम् नेकपा (माओवादी केन्द्र) का नेता अग्नि सापकोटा विरुद्धको ज्यान

अर्थमन्त्री पौडैल र चीनका उपप्रधानमन्त्री हि लिफेङबीच भेटवार्ता

    उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनका उपप्रधानमन्त्री हि लिफेङबीच चीनको