गृहमन्त्रीमा तीन भाई रामबहादुर थापा ‘बादल, वर्षमान पुन र जनार्दन शर्माले दाबी गरेपछि प्रचण्डलाई ज्वरो आयो, आज नहुने भयो मन्त्रिपरिषद बिस्तार



माओवादी केन्द्रका तीन नेताले गृहमन्त्रीको दाबी गरेपछि माओवादीलाई मन्त्री बन्नेहरुको नामावली टुंगो लगाउन निकै कठिन भएको छ ।गृहमन्त्रीमा  रामबहादुर थापा ‘बादल’, पूर्वअर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ र पूर्व गृहमन्त्री जनार्दन शर्माले दाबी गरेपछि माओवादीलाई  मन्त्री बन्नेहरुको नामावली टुंगो लगाउन  गाह्रो परेको हो ।स्रोतका अनुसार बादललाई गृह दिने सम्भावना कम छ । बादललाई उपप्रधानमन्त्री दिएर गृहबाहेक अर्कै मन्त्रालय दिने र गृहमन्त्रीमा काम गर्न सक्ने नेतालाई लैजाने विकल्पका बारेमा पनि छलफल भइरहेको बताईएको छ ।सरकारमा माओवादीको नेतृत्व ‘बादल’ले गर्ने सहमति जुटेको तर मन्त्रालय भने अझैँ टुंगिएको छैन ।

प्रदेश ३ बाट राष्ट्रियसभामा निर्वाचित भएसँगै उनलाई राष्ट्रियसभा अध्यक्षको दावेदारका रुपमा हेरिएको थियो । एमालेले पनि प्रतिनिधिसभाको सभामुख आफूले लिन सहज हुने भन्दै बादललाई बनाउन ग्रिन सिग्नल दिएको थियो ।तर, बादलले भने सरकारमा जाने इच्छा देखाएका छन् । उनले सरकारमा पार्टीको नेतृत्व गर्ने लगभग निश्चित जस्तै भएको माओवादीका एक नेताले बताए माओवादीले मन्त्रीको टुंगो लगाएपछि मन्त्रिपरिषद बिस्तार गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको तयारी छ ।

ओली र प्रचण्डको यसरी चल्दैछ छलफल

प्रधानमन्त्री केपी ओली नेतृत्वको नयाँ सरकारमा माओवादी केन्द्रलाई ६ मन्त्रालय दिने तयारी गरिएको छ।पार्टी एकता र सरकारको भागबण्डालाई प्याकेजमै सहमति गरेका वाम गठबन्धनले करिब १५ वटा मन्त्रालय समावेश गर्दै सरकार चलाउने तयारी गरेको छ।एमाले स्रोतका अनुसार नयाँ सरकारमा माओवादीलाई गृहसहित ६ मन्त्रालय दिने तयारी गरिएको छ। माओवादीले गृहसहित भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य लगायतका केही ठूला मन्त्रालयमा दाबी गरेको छ। मन्त्रालय भागबण्डाको विषयमा प्रमुख दुई नेताले आन्तरिक छलफल गरे पनि अन्तिम निर्णय हुन बाँकी छ। सरकारको नेतृत्व गरिरहेको एमालेले अर्थ सहितका मन्त्रालय आफूसँग राख्नेछ।

वाम गठबन्धनले मधेसकेन्द्रित दललाई समेत सरकारमा ल्याउनेगरी छलफल थालेका थिए। तर संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधनको ग्यारेन्टी नभएसम्म नयाँ सरकारमा जान नसकिने बताएपछि तत्काल मधेसकेन्द्रित दल सरकारमा आउने सम्भावना कम रहेको छ।वाम गठबन्धनले आजै सरकार विस्तारको तयारी गरेको छ। माओवादीबाट केही मन्त्रीले आजै सपथ लिने सम्भावना रहेको माओवादीका एक नेताले बताए।सरकार विस्तारका लागि नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच वार्ता सुरु भएको छ।

प्रधानमन्त्री ओलीको सरकारी निवास बालुवाटारमा दुई नेताबीच छलफल भइरहेको ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए।बैठकमा सरकार विस्तारको विषयमा छलफल भइरहेको छ। माओवादीले बुधबार नै सरकारमा जाने निर्णय गरेपछि मन्त्रालयको बाँडफाँडलगायत विषयमा ओली र दाहालबीच छलफल भइरहेको हो।

माओवादी केन्द्रबाट सरकारको नेतृत्व गर्ने विषयमा धेरै आकांक्षी देखिएका छन्। त्यसलाई मिलाउन समेत दुई नेताबीच छलफल चलिरहेको छ। दुई नेताको छलफलपछि माओवादीले औपचारिक रुपमा सरकारमा सहभागी हुने मन्त्रीबारे निर्णय गर्नेछ।गत बिहीबार ओली नेतृत्वको सरकार गठन हुँदा पार्टी एकताको टुंगो नलागेको भन्दै माओवादीले तत्काल सरकारमा नजाने निर्णय गरेको थियो। तर पार्टी एकता निश्चित भएपछि माओवादी सरकारमा जान आतुर देखिएको हो।

प्रतिक्रिया दिनुहोस
अर्थमन्त्री पौडैल र चीनका उपप्रधानमन्त्री हि लिफेङबीच भेटवार्ता

    उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनका उपप्रधानमन्त्री हि लिफेङबीच चीनको

उपनिर्वाचनका लागि दल दर्ताको आह्वान

    निर्वाचन आयोगले स्थानीय तह सदस्य उपनिर्वाचनका लागि दल दर्ताका लागि आह्वान

श्रीलंकाको संसद् भंग, आम निर्वाचनको घोषणा

    श्रीलंकाका राष्ट्रपति अनुरा कुमारा दिसानायकेले संसद् विघटन गर्नुभएको छ । राष्ट्रपति

प्रधानमन्त्री स्वदेश नफर्किँदासम्म रविलाई पक्राउ नगरिने

      प्रहरी स्रोतले पूर्वगृहमन्त्री लामिछानेलाई आजभोलि नै पक्राउ गर्ने सम्भावना नरहेको