सेयर बजार ९ अंकले घट्दा ओम डेभलपमेन्ट बैंकको सबैभन्दा धेरै कारोबार



बुधबार नेप्से परिसूचक ९.६४ अंकले घटेर १३८७.०८ विन्दूमा सीमित भएको छ । बुधबार सबै सूचक तथा उपसूचक ओरालो लाग्दा कारोबार रकम पनि २८ करोड ५५ लाख रुपैयाँमा खुम्चिएको छ।

यो दिन बैकिङ समूह ८.८६ अंकले घटेको छ भने बिमा, विकास बैंक र माइक्रोफाइनान्स समूह क्रमशः ३६.९८, १२.५२ र ३.९ अंकले घटेका छन् । यस्तै, होटल समूह १९.८२, जलविद्युत समूह १८.४३, बित्त समूह ५.५८, उत्पादनमूलक ९.२८ र अन्य समूह ६.५२ अंकले घटेका छन् ।

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इण्डेक्स २.१२ अंकले घटेको छ भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा ०.६७ अंकको गिरावट देखिएको छ ।

यो दिन बजारमा १ सय ४५ कम्पनीका ७ लाख १३ हजार ६ सय ४२ कित्ता सेयर २८ करोड ५५ लाख ३ हजार ८ सय २४ रुपैयाँमा किनबेच भयो ।

आज दिन ओम डेभलपमेन्ट बैंक लिमीटेडले सबैभन्दा धेरै कारोबार गर्यो । यो बैंकले ३ करोड ५४ लाख बढीको कारोबार गर्यो । यस्तै, राष्ट्रिय बिमा कम्पनी लिमीटेडको ३ करोड १० लाख बढीको संस्थापक सेयर किनबेच भएको बजारमा प्राइम लाइफ इन्स्योरेन्सले १ करोड ६५ लाख, बैंक अफ काठमाण्डूूले १ करोड १८ लाख, सेञ्चुरी कमर्सियल बैंकले १ करोड १३ लाख, नेपाल लाइफ इन्स्योरेन्सले ९१ लाख, स्ट्याण्डर्ड चार्टर्डले ८९ लाख बढीको कारोबार गरे । ८७ लाख ७६ हजार बराबरको नवील बैंकको संस्थापक सेयर किनबेच भएको बजारमा सानिमा बैंकले ८५ लाख र लुम्बिनी जनरल इन्स्योरेन्सले ७६ लाख बढीको कारोबार गरे ।

यस दिन बजारमा सूूर्योदय लघुवित्त वित्तीय संस्थाले सबैभन्दा धेरै कमायो । यो कम्पनीको सेयर मूल्यमा ४ प्रतिशतको हाराहारीमा वृद्धि भयो ।

यस्तै, यूनाइटेड मोदी हाइड्रोपावर लिमीटेडले सबैभन्दा धेरै गुमायो । यो कम्पनीको सेयर मूल्य ५.३८ प्रतिशतले घट्न पुुग्यो ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको निवेदन सर्वोच्चमा दर्ता

    गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै रास्वपा सभापति एवम पूर्व उपप्रधान तथा

पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई पार्टीमा ढोका खुला छ : प्रचण्ड

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई राजनीतिमा

राजेन्द्र लिङ्देनसहित राप्रपा सांसदहरू गिरफ्तार

     राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनसहितका सांसदलाई सिंहदरबारभित्रैबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।लिङदेनसहितका

शिक्षक महासंघले भन्यो : निजी विद्यालय पनि बन्द गरौ

    शिक्षक महासंघले शैक्षिक हड्ताल भएकाले निजी विद्यालय पनि बन्द गर्न आग्रह