सेयर बजार ९ अंकले घट्दा ओम डेभलपमेन्ट बैंकको सबैभन्दा धेरै कारोबार



हाम्रो इकोनोमि

बुधबार नेप्से परिसूचक ९.६४ अंकले घटेर १३८७.०८ विन्दूमा सीमित भएको छ । बुधबार सबै सूचक तथा उपसूचक ओरालो लाग्दा कारोबार रकम पनि २८ करोड ५५ लाख रुपैयाँमा खुम्चिएको छ।

यो दिन बैकिङ समूह ८.८६ अंकले घटेको छ भने बिमा, विकास बैंक र माइक्रोफाइनान्स समूह क्रमशः ३६.९८, १२.५२ र ३.९ अंकले घटेका छन् । यस्तै, होटल समूह १९.८२, जलविद्युत समूह १८.४३, बित्त समूह ५.५८, उत्पादनमूलक ९.२८ र अन्य समूह ६.५२ अंकले घटेका छन् ।

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इण्डेक्स २.१२ अंकले घटेको छ भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा ०.६७ अंकको गिरावट देखिएको छ ।

यो दिन बजारमा १ सय ४५ कम्पनीका ७ लाख १३ हजार ६ सय ४२ कित्ता सेयर २८ करोड ५५ लाख ३ हजार ८ सय २४ रुपैयाँमा किनबेच भयो ।

आज दिन ओम डेभलपमेन्ट बैंक लिमीटेडले सबैभन्दा धेरै कारोबार गर्यो । यो बैंकले ३ करोड ५४ लाख बढीको कारोबार गर्यो । यस्तै, राष्ट्रिय बिमा कम्पनी लिमीटेडको ३ करोड १० लाख बढीको संस्थापक सेयर किनबेच भएको बजारमा प्राइम लाइफ इन्स्योरेन्सले १ करोड ६५ लाख, बैंक अफ काठमाण्डूूले १ करोड १८ लाख, सेञ्चुरी कमर्सियल बैंकले १ करोड १३ लाख, नेपाल लाइफ इन्स्योरेन्सले ९१ लाख, स्ट्याण्डर्ड चार्टर्डले ८९ लाख बढीको कारोबार गरे । ८७ लाख ७६ हजार बराबरको नवील बैंकको संस्थापक सेयर किनबेच भएको बजारमा सानिमा बैंकले ८५ लाख र लुम्बिनी जनरल इन्स्योरेन्सले ७६ लाख बढीको कारोबार गरे ।

यस दिन बजारमा सूूर्योदय लघुवित्त वित्तीय संस्थाले सबैभन्दा धेरै कमायो । यो कम्पनीको सेयर मूल्यमा ४ प्रतिशतको हाराहारीमा वृद्धि भयो ।

यस्तै, यूनाइटेड मोदी हाइड्रोपावर लिमीटेडले सबैभन्दा धेरै गुमायो । यो कम्पनीको सेयर मूल्य ५.३८ प्रतिशतले घट्न पुुग्यो ।

प्रतिक्रिया दिनुहोस
१५ औं महाधिवेशन तयारीको जिम्मा सशांकलाई, गगनको कार्य समितिलाई मान्यता नदिने

    नेपाली कांग्रेसको शेरवहादुर देउवा पक्षले आयोजना गरेको राष्ट्रिय भेलाले १५ औं...

भदौका लागि वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

  भदौ महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । साउनको...

मलाई अध्यक्षबाट हटाएर त देखाऊ, के हुन्छ : केपी ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई अध्यक्षबाट हटाएर देखाउन खुला...

नाइमा मोबिलिटी एक्स्पोको आज अन्तिम दिन

    भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ आज (३१ साउन) समापन...