म्याग्दीबाट ९७ जातका रैथाने बाली लोप हुँदै



हाम्रो इकोनोमि

जिल्लाका ग्रामीण क्षेत्रबाट विभिन्न जातका ९७ बाली लोप हुने अवस्थामा पुगेका छन् ।

पाँच सात वर्ष अघि यहाँका कृषकले उत्पादन गर्दै आएका रैथाने बाली र म्याग्दीका ग्रामीण भेगमा पाइने वनस्पति अहिले लोप हुने अवस्थामा पुगेका जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

म्याग्दीका ग्रामीण भेगबाट स्थानीय प्राकृतिक स्रोत, ती स्रोतको उपभोग र प्रयोग गर्ने तरिका, रैथाने बीउबिजन, उच्च पहाडी तथा हिमाली क्षेत्रमा मात्र पाइने विशेष किसिमका जडीबुटी फूल, पुतलीका प्रजाति र जीवाणुसम्मका जैविक पदार्थ चोरी हुने क्रम बढेसंगै जिल्लाका पहिचान बोकेका रैथाने स्रोत लोप हुने अवस्थामा पुगेका हुन् ।

करिब एक दशक अघिदेखि म्याग्दीका गाउँबाट रैथाने प्रजातिका खाद्यान्न, हिउँदे बाली, दलहन र तेलहनका बाली, फलफूललगायतका बालीको बीउ, जुनेलो, सिलाम, आँगा, मार्सी, गुडुरा, गौरिया, जौधानलगायतका धान, घैया, उवालगायतका बालीको बीउ लोप हुँदै गएको जिल्ला कृषि विकास कार्यालयको तथ्यांकमा उल्लेख छ ।

जिल्लाको कृषि उत्पादन र विकास गर्ने जिम्मा लिएको जिल्ला कृषि विकास कार्यालयले रैथाने बालीको संरक्षणका लागि कृषकलाई प्रोत्साहन गर्ने खालका कुनै पनि कार्यक्रम सञ्चालन गर्न नसकेको गुनासो कृषकको रहेको छ । कार्यालयको एक तथ्यांकअनुसार विभिन्न प्रजातिका ९७ रैथाने बाली जिल्लाबाट लोप हुने अवस्थामा पुगेका हुन् ।

आयातित बीउबिजनको प्रयोग गर्ने क्रम बढ्दै गएपछि यहाँका कृषकको घरका भित्तामा पाकेका फर्सी, काक्रा, घिरौलालगायतका बीउ टाँस्न छोडेका छन् भने धान, गहुँ, मकैलगायतका बालीका लागि बीउसमेत साँचेर राख्न पनि छोडेका छन् ।

जिल्लाकै अगुवा कृषक चन्द्रबहादुर कार्कीका अनुसार– “विकासे बीउबिजनाबट एकपटक उत्पादन भएका खाद्यान्नलगायत फलफूल र तरकारीलाई अर्को पटकका लागि बीउको रुपमा प्रयोग गर्न सकिँदैन ।”

प्रतिक्रिया दिनुहोस
संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

     राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् ।...

अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन : कृषि मन्त्री

    कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको...

वडा अधिवेशनमा सहभागी हुन देउवाको आह्वान

    नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १५औँ...

सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...