गोवा बाट नेपाल ल्याएकै दिन मनोजलाई इन्काउन्टर गर्न यसरी चुक्यो पुलिस,तीन जनालाई ढालेका मनोजलाई ढल्ने यी हुन् पुलिस अफिसर



बुधबार बिहान प्रहरी इन्काउन्टरमा मारिएका मनोज पुन र उनका सहयोगी सोम आलेलाई २२ राउन्ड गोली लागेको छ।

सहयोगीसहित मनोज रुपन्देही छिरेको सूचना पाएपछि उनीहरुको तीव्र खोजीमा लागेको प्रहरीलाई गोली हानेपछि जवाफी फायरिङ गर्दा २२ राउण्ड गोली लागेको प्रहरीले जनाएको छ।

रुपन्देहीको देवदह ४ भवानीपुर कोलिया राज्य नजिकै भएको घटनामा प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका पुनको शरीरमा १२ राउण्ड गोली लागेको छ भने उनका सहयोगी तथा सार्प सुटर सोम आलेलाई १० राउण्ड गोली लागेको छ। भवानीपुरमा गोली लागि घाइते भएका उनीहरुलाई उपचारका लागि लुम्बिनी अञ्चल अस्पतालमा ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको रुपन्देहीका प्रहरी प्रमुख एसपी श्याम ज्ञवालीले जानकारी दिए।

प्रहरीले तयार पारेको मुचुल्का अनुसार पुनको छोती र पेटमा गरी ९, तिघ्रामा २, पाखुरामा एउटा गोली लागेको छ भने आलेको छातीमा ५, पेटको बायाँ भागमा १, ढाडमा १, साप्रोमा १ र बायाँ कोखमा २ वटा गोली लागेको छ।

उनीहरुको शव पोस्टमार्टमका लागि लुम्बिनी अञ्चल अस्पतालमा राखिएको छ। उनीहरुको शव बुझ्नका लागि अहिलेसम्म कोहि पनि अस्पताल पुगेका छैनन्।

गत वर्ष पुनले देवदहमा युवा संघका नेता दुर्गा तिवारीको हत्या गरेका थिए भने गत असोजमा काठमाडौंमा निर्माण व्यवसायी शरदकुमार गौचनको हत्यामा पनि उनको संलग्नता रहेको प्रहरीले जनाएको छ। गत पुस २२ गते उनले देवदहमा बसन्त पौडेलको उनैले हत्या गराएका थिए।

 

फिरौती, धम्की र हत्या गरेर विपक्षीलाई ढाल्दै आएका रुपन्देहीका मनोज पुन र उसका सहयोगी बुधवार विहान आफै ढालिएका छन्। भारतको गोवामा पक्राउ परेका गुण्डा नाइके मनोज पुनसहित उनका एक सहयोगी सार्प सुटर सोम आले पक्राउ परेको ३ दिनपछि उनकै जिल्ला रुपन्देहीमा ढालिएका हुन्।

केन्द्रीय अनुसन्धान व्यूरो सिआइबीले सहयोगी सहित पुनलाई नै ढालेको हो। प्रहरीले उनीहरु दुवैलाई छाती र कोखामा गोली हानेको अस्पतालमा देखिएको छ। वाइकमा सवार उनीहरुलाई प्रहरीले भवानीपुरमा पछ्याउने क्रममा गोली हानेको घटनाक्रम प्रहरीले इन्काउण्टर भएको भनिएको ठाउँमा देखिएको छ।

नेपाल प्रवेश गराउने वित्तिकै पुन सहित सहयोगी सोम आलेलाई रुपन्देहीको देवदह–४, भवानीपुरमा सिआइबीले इन्काउण्टर गरेको हो। रुपन्देहीकै एमालेका पूर्व कार्यकर्ता रहेका पुन हत्या, धम्की र फिरौतीमा संलग्न रहि एकपछि अर्को एमालेकै कार्यकर्ताको हत्यामा संलग्न रहेपछि एमालेका अध्यक्षले प्रधानमन्त्री हुनु अघी नै पुनलाई कार्वाही गर्न प्रहरीलाई निर्देशन दिएका थिए।

गुण्डाहरुको बारेमा जानकारी राख्ने र विभिन्न कार्वाहीमा यसअघी सफलता पाइसकेका प्रहरीको टीमलाई सिआइबीले पुनलाई कार्वाही गर्न खटाएको थियो। लामो अनुसन्धान पछि पुन बसेको एरिया रेकी गरि भारतको तटीय राज्य गोवाबाट पुनलाई सहयोगी सहित प्रहरीको टोलीले नियन्त्रणमा लिएको थियो।

भारतबाट नेपाल ल्याएका पुनलाई प्रहरीले कानुनी कार्वाहीको प्रक्रियामा लैजानु भन्दा पनि आदेश भए अनुसार नै दोहोरो भिडन्तमा मृत्यु भएको बताएको छ। प्रहरीले भवानिपुरमा आपराधिक गतिविधि गरिरहेको भन्ने सूचनाका आधारमा पुगेको प्रहरी टोलीमाथि एक्कासी आक्रमण भएपछि जवाफी कार्वाहीमा चलाएको गोली लागेर पुन र उनका सहयोगी आलेको मृत्यु भएको बयान दिएको छ।

पुनको टोलीले प्रहरी टोलीमाथि आक्रमण गरेपछि जवाफी कारवाहीमा गरेको रुपन्देहीका एसपी श्याम ज्ञवालीले बताए । सीआईबीको समन्वयमा पुनलाई इन्काउन्टर गर्न सफल भएको ज्ञवालीले बताएका छन् । विहान करिव ४ बजेतिर प्रहरीको गोली लागेर घाइते भएका पुन र उनका सहयोगी सोम आलेको उपचारका क्रममा लुम्बिनी अञ्चल अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ ।

फागुन ६ गते गोवामा पक्राउ परेको कुरालाई अस्विकार गरेको सिआइवीले समाचार आएपछि कतिपय सञ्चार माध्यमलाई खण्डन गर्न लगाएको थियो। समाचार आएकै कारण पुनको इन्काउण्टर एक दिन ढीलो भएको स्रोत बताउँछ।

गत साता जिल्ला प्रहरी कार्यालय रामेछापका इन्चार्ज डिएसपी कुमोध ढुंगेलको एक्कासि सरुवा भयो। प्रहरी प्रधान कार्यालयले उनलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा सरुवा गरेको थियो। एउटा मात्र जिल्लाको इन्चार्ज फेरिनुलाई कतिपयले अनौठो रुपमा लिएका थिए।

उक्त सरुवाको रहस्य बुधबार खुलेको छ। बुधबार बिहान ‘मोस्ट वान्टेड’ गुन्डा नाइके मनोज पुन र उनका सहयोगी सोम आले प्रहरी गोलीबाट ढल्नुमा उक्त सरुवाको सम्बन्ध देखिएको छ।

हत्या र असुलीको आतंक मच्चाउदै आएका पुनलाई पक्राउ गर्नकै लागि डिएसपी ढुंगेललाई रुपन्देहीमा सरुवा गरिएको हो। उनकै कमाण्डमा रहेको टिमसँगको मुठभेडमा पुन र आले मारिएका हुन्। स्रोतका अनुसार प्रहरी प्रधान कार्यालयले सोही मिसनका लागि डिएसपी ढुंगेललाई रुपन्देहीमा सरुवा गरेको थियो।

चरी र पुनको इन्काउन्टरमा एउटै टोली
डिएसपी ढुंगेल तिनै प्रहरी अधिकारी हुन्, जो ३ वर्षअघि डन दिनेश अधिकारी चरीको इन्काउन्टरमा आबद्ध थिए। त्यतिबेला उनी महानगरीय अपराध महाशाखामा इन्सपेक्टरका रुपमा कार्यरत थिए।

२०७१ साउन २१ मा भीमढुंगामा अधिकारीको मृत्यु भएको थियो। त्यतिबेला महाशाखाको प्रमुखमा पुष्कर कार्की थिए। संयोगवश उनै कार्कीले मनोज पुन इन्काउन्टरको पनि केन्द्रीय तहबाट समन्वय गरेका थिए।

चरी र पुन दुवैलाई गोली हान्ने प्रहरी अधिकृतसमेत एकै जना भएको प्रहरी स्रोत बताउँछ।

प्रतिक्रिया दिनुहोस
अर्थमन्त्री पौडैल र चीनका उपप्रधानमन्त्री हि लिफेङबीच भेटवार्ता

    उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनका उपप्रधानमन्त्री हि लिफेङबीच चीनको

उपनिर्वाचनका लागि दल दर्ताको आह्वान

    निर्वाचन आयोगले स्थानीय तह सदस्य उपनिर्वाचनका लागि दल दर्ताका लागि आह्वान

श्रीलंकाको संसद् भंग, आम निर्वाचनको घोषणा

    श्रीलंकाका राष्ट्रपति अनुरा कुमारा दिसानायकेले संसद् विघटन गर्नुभएको छ । राष्ट्रपति

प्रधानमन्त्री स्वदेश नफर्किँदासम्म रविलाई पक्राउ नगरिने

      प्रहरी स्रोतले पूर्वगृहमन्त्री लामिछानेलाई आजभोलि नै पक्राउ गर्ने सम्भावना नरहेको