बादल गृहमंत्री बन्ने अर्थ इश्वरको भागमा,आइजीपी अर्याललाई ओलीले भेट दिएनन्,ओली सरकारले अर्याललाई सनासो लगाउने



प्रधानमन्त्रीमा एमाले अध्यक्ष केपी शर्मा ओली नियुक्त हुनासाथ सरकारका महत्वपूर्ण मन्त्रालयमा माओवादी नेता र एमाले नेताहरुको आँखा गड्न थालिसकेको छ । सहकार्य गरेको आधारमा माओवादी केन्द्रले उपप्रधानमन्त्रीसहित गृह पनि पाउने भएपछि अहिले त्यसमा धेरै नेताको सक्रियता बढेको छ ।

राष्ट्रिय सभा अध्यक्षको चर्चामा रहेको माओवादी नेता रामबहादुर थापा बादलले उपप्रधानमन्त्रीसहित गृहमा जाने चासो राखेपछि नेता जनार्दन शर्मा र कृष्णबहादुर महरा यो मन्त्रीपरिषद्मा अटाउने हुन् कि होइनन् भन्ने चर्चा पनि चलिरहेको छ ।

थापाले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आफू उपप्रधानमन्त्रीसहितको गृहमन्त्री बन्ने इच्छा प्रकट गरेका छन् । प्रचण्डपछिका उच्च तहका नेता बादललाई प्रचण्डले गृहमन्त्री बनाउने तयारी समेत थालेका छन् । त्यसो हुँदा यसपटकको मन्त्रीपरिषद्मा महरा नअटाउने सम्भावना बढीरहेको छ ।

शर्मालाई भने ऊर्जा मन्त्रालयकै लागि लविङ भइरहेको स्रोतको दाबी छ । प्रचण्डले अहिलेको मन्त्रीपरिषद्मा सकभर नयाँ अनुहार समेत पठाउने तयारी गरेका छन् । निर्विरोध संसदीय दलको नेतामा चुनिएका प्रचण्डले बैठकमा नयाँ अनुहारलाई अवसर दिने तयारी रहेको बताएका पनि थिए ।

उता, एमाले महासचिव इश्वर पोखरेललाई उपप्रधानमन्त्रीसहित अर्थ मन्त्रालयको जिम्मेवारी दिने तयारी गरेका छन् । पछिल्लो समय ओलीका खास उत्तराधिकारी बन्न पुगेका पोखरेलले अर्थ लिँदा योगेश भट्टराईलाई संचार मन्त्रालयसहित सरकारको प्रवक्ता बनाउने तयारी समेत भए्रको छ ।

प्रदीप ज्ञवालीलाई ऊर्जा मन्त्रालय दिने तयारी भएको छ । तर, ऊर्जा दिन नसके सिचाई मन्त्रालय ज्ञवालीलाई दिने तयारीमा ओली जुटेका छन् । २ नम्बर प्रदेशबाट एमाले पोलिटव्युरो सदस्य रघुवीर महासेठ पनि सहभागी हुने भएका छन् । महासेठलाई शहरी विकास मन्त्रालय दिने तयारीमा ओली लागेका छन् ।

प्रधानमन्त्रीको ब्ल्याक लिष्टमा आइजी अर्याल
प्रहरी महानीरिक्षक प्रकाश अर्यालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुरक्षा विफ्रिङ गर्न सकेका छैनन् ।
प्रधानमन्त्री भएकै भोलीपल्ट दिउँसो समय लिएर बधाई तथा सुरक्षा व्रिफिङ दिन भनेर बालकोट पुगेका अर्यालले मुस्किलले ५ मिनेट समय पाएका थिए ।

ओली निवास पुगेका अर्यालले संक्षिप्त सुरक्षा व्रिफिङका लागि २० मिनेट समय माग गरेका थिए तर उनले समय पाएनन् । पहिलो भेटमै ओलीले अहिले समय छैन पछि आउनु होला भनेपछि उनी लुरूक्क परेर फर्किए ।

प्रधानमन्त्री भएकै दिन वा त्यसको भोलीपल्ट नयाँ प्रधानमन्त्रीलाई सुरक्षा प्रमुखले बधाइसँगै आधा घण्टा सुरक्षा व्रिफिङ गर्ने चलन हुन्छ तर ओलीलाई उनले समय नै दिएनन् ।

त्यसै दिन सशस्त्र प्रहरी बलका प्रमुख सिंहबहादुर श्रेष्ठ र नेपाली सेनाका प्रमुखले भने संक्षिप्त अनौपचारिक व्रिफिङ गरिसकेका छन् ।

प्रधानमन्त्री ओली बालुवाटार सरकारी निवास सरेपछि पनि आइतबार प्रहरी प्रमुख अर्यालले समय मागेका थिए तर ओलीले भेट्न चाहेनन् ।

ओली सचिवलयले पनि सकारात्मक जवाफ नदिएपछि प्रहरी प्रधानकार्यालयमै फर्किएका थिए । सोमबार सरकारी विदा भएका कारण बिदाको दिन सरकारी अधिकारीहरूलाई नभेटने भन्दै ओली सचिवालयले प्रहरी प्रमुख अर्याललाई समय दिएको छैन ।

प्रहरी प्रमुखका रूपमा प्रकाश अर्यालले गरेको कामकारवाहीबाट प्रधानमन्त्री ओली असन्तुष्ट रहेकै कारण उनले भेटघाटको अवसर समेत नपाएको ओली निकट स्रोतले जनाएको छ ।

एमाले सभासद् समेत रहेका पूर्वडिआइजी नवराज सिलवालाई फँसाउन गरिएको अबैध हर्कतका कारण सिंगो एमाले पार्टी नै प्रकाश अर्यालसँग असन्तुष्ट रहेको छ । ‘कानुनी र विधिको शासनमा प्रहरी प्रमुखको हैसियतले एक जना व्यक्तिमाथि मात्र नभएर पार्टीलाई नै सिध्याउने गरी गरेको व्यवहारका कारण प्रधानमन्त्री ओली प्रकाश अर्यालसँग असन्तुष्ट बन्न पुगेका हुन् ।

अर्यालले प्रहरी संगठनकै छविलाई धमिल्याउने काम गरेका छन्’, ओली निकट एक नेताले भने ‘अर्यालले आफू सुध्रिएको नाटक गरेपनि उनीप्रति अध्यक्षकै मात्र होइन सिंगो पार्टी नै विश्वास गरेको छैन । त्यसकारण उनीबाट प्रहरी संगठनले बदनामी कमायो प्रहरी संगठनलाई विभाजित गरेको छ ।’

जबकि प्रधानमन्त्रीलाई सुरक्षा निकायका प्रमुखहरूले भेटघाट गर्न कुनै प्रकारको समय लिइरहनु पर्देन । उनीहरूका लागि २४ सै घण्टा ढोका खुला रहनेछ तर प्रधानमन्त्री ओलीले उनलाई अहिलेसम्म भेट्ने इच्छा मात्र होइन कुनै पनि प्रकारको चासो दिएका छैनन् ।

उनी बाहेका एआइजीहरूले समय लिएरै भेटघाट गरिसकेका छन् । जथाभावी सरूवा नयाँ सरकार बन्नै लाग्दा उनले काठमाडौ प्रहरी परिसर मातहतका निकायमा निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवको सल्लाहमा प्रहरी प्रमुख सरूवा गरिदिए । दरबारमार्ग बाहेक अन्य स्थानमा देउवकै निर्दैशनमा सरूवा गरिदिएर चाकडीबाजको नमुना बने ।

नयाँ सरकार बनेपछि भने पुस्पकमल दाहलको चाकडी गर्दे दरबारमार्ग वृत्तमा उनकै सुरक्षा गार्ड प्रमुख रहेका दानबहादुर मल्ललाई पठाइदिए । काठमाडौं परिसरमा विश्वराज पोखरेलसँगै मुद्धा शाखामा मोहन थापालाई पठाइदिए ।

त्यहा पूर्व डिआइजी एवं एमाले सांसद नवराज सिलवालको मुद्धा थियो । त्यसलाई आदलता पठाउन उनीहरूलाई परिसर पठाइएको थियो । अन्नत त्यो सफल हुन सकेन । अन्य स्थानमा भने देउवकै निर्देशनमा सरूवा गरिदिए ।

जिल्ला प्रहरी कार्यालय रामेछापमा प्रहरी नायब उपरीक्षक (डिएसपी) अमरेन्द्रबहादुर सिंहलाई पठाएको छ । सिंहलाई रामेछाप जिल्लाको इन्चार्जको रूपमा सरूवा गरेको हो । रामेछापका डिएसपी कुमोद ढुङगेललाई जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा सरूवा गरेको छ ।

एक वर्ष अवधि पुगेकाले नियमित सरूवा गरिएको भनिए पनि आफू निकटकालाई छानी छानी सरूवा गरिएको हो । रामेछापका इन्चार्जको रूपमा डिएसपी ढुङगेलले जिल्लाको सैंपुमा भएको बलात्कारपछि हत्या घटनाका अभियुक्त श्याम राउतलाई भारतबाट पक्राउ गरी ल्याएको घटना सबैभन्दा ठुलो सफलता थियो । उनलाई रूपेन्दहीमा सह इन्चार्ज बनाएर पठाइएको छ ।

महानगरीय प्रहरी वृत्त दरबारमार्गमा दानबहादुर मल्ललाई सरूवा गरिएको छ । उनी प्रचण्डका सुरक्षा गार्ड प्रमुख थिए । प्रधानमन्त्री ओलीको सुरक्षा गार्ड प्रमुखमा भने सानुराम भट्टराईलाई पठाइएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीमा भने कसैलाई पठाइएको छैन ।

बलात्कर प्रकरणमा मिलापत्र गराएको आरोपमा सुनसरीका एसपी बिद्यानन्द माझी निलम्बनमा परीसकेका छन् । प्रहरी प्रधान कार्यालयले ओखलढुङगाको प्रहरी प्रमुखका रूपमा डिएसपी अनन्त शर्मालाई पठाएको छ ।

ओखलढुङगामा कार्यरत डिएसपी अर्जुन तिमल्सिना विनाकारण सरूवा गरिएको हो । नवराज सिलवालाई सुचना चुहाएको पुल्चोकका इन्स्पेक्टर गोविन्द पन्थीलाई कारवाही गरी प्रहरी प्रधानकार्यालय तानिएको छ, जनप्रहारमा उल्लेख छ ।

नेपाली नागरिक अपहरण गरेको अभियोगमा भारतीय नागरिकलाई पक्राउ गरेको बहाना बनाइ उनलाई कारवाही लागि प्रहरी प्रधान तानिएको हो ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेको सांसद पद के हुन्छ ?

     राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सांसद पद निलम्बनमा

संविधान संशोधनका लागि कांग्रेस-एमालेको संयन्त्र बन्छ : गगन थापा

    नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संविधान संशोधनका लागि केही दिनभित्र संयन्त्र

रविविरूद्व कुन-कुन कसुरमा मुद्दा ?

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ३१ जनाविरूद्व आज कास्की जिल्ला

बैंकिङ प्रणालीबाट ६० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

    नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आइतबार ६० अर्ब रुपैयाँ खिच्ने भएको