ओली र प्रचण्डको यसरी चल्दैछ छलफल,गृह सहित ६ मन्त्रालय माओबादीको भागमा



प्रधानमन्त्री केपी ओली नेतृत्वको नयाँ सरकारमा माओवादी केन्द्रलाई ६ मन्त्रालय दिने तयारी गरिएको छ।

पार्टी एकता र सरकारको भागबण्डालाई प्याकेजमै सहमति गरेका वाम गठबन्धनले करिब १५ वटा मन्त्रालय समावेश गर्दै सरकार चलाउने तयारी गरेको छ।

एमाले स्रोतका अनुसार नयाँ सरकारमा माओवादीलाई गृहसहित ६ मन्त्रालय दिने तयारी गरिएको छ। माओवादीले गृहसहित भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य लगायतका केही ठूला मन्त्रालयमा दाबी गरेको छ। मन्त्रालय भागबण्डाको विषयमा प्रमुख दुई नेताले आन्तरिक छलफल गरे पनि अन्तिम निर्णय हुन बाँकी छ। सरकारको नेतृत्व गरिरहेको एमालेले अर्थ सहितका मन्त्रालय आफूसँग राख्नेछ।

वाम गठबन्धनले मधेसकेन्द्रित दललाई समेत सरकारमा ल्याउनेगरी छलफल थालेका थिए। तर संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधनको ग्यारेन्टी नभएसम्म नयाँ सरकारमा जान नसकिने बताएपछि तत्काल मधेसकेन्द्रित दल सरकारमा आउने सम्भावना कम रहेको छ।

वाम गठबन्धनले आजै सरकार विस्तारको तयारी गरेको छ। माओवादीबाट केही मन्त्रीले आजै सपथ लिने सम्भावना रहेको माओवादीका एक नेताले बताए।

सरकार विस्तारका लागि नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच वार्ता सुरु भएको छ।

प्रधानमन्त्री ओलीको सरकारी निवास बालुवाटारमा दुई नेताबीच छलफल भइरहेको ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए।

बैठकमा सरकार विस्तारको विषयमा छलफल भइरहेको छ। माओवादीले बुधबार नै सरकारमा जाने निर्णय गरेपछि मन्त्रालयको बाँडफाँडलगायत विषयमा ओली र दाहालबीच छलफल भइरहेको हो।

माओवादी केन्द्रबाट सरकारको नेतृत्व गर्ने विषयमा धेरै आकांक्षी देखिएका छन्। त्यसलाई मिलाउन समेत दुई नेताबीच छलफल चलिरहेको छ। दुई नेताको छलफलपछि माओवादीले औपचारिक रुपमा सरकारमा सहभागी हुने मन्त्रीबारे निर्णय गर्नेछ।

गत बिहीबार ओली नेतृत्वको सरकार गठन हुँदा पार्टी एकताको टुंगो नलागेको भन्दै माओवादीले तत्काल सरकारमा नजाने निर्णय गरेको थियो। तर पार्टी एकता निश्चित भएपछि माओवादी सरकारमा जान आतुर देखिएको हो।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेको सांसद पद के हुन्छ ?

     राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सांसद पद निलम्बनमा

संविधान संशोधनका लागि कांग्रेस-एमालेको संयन्त्र बन्छ : गगन थापा

    नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संविधान संशोधनका लागि केही दिनभित्र संयन्त्र

रविविरूद्व कुन-कुन कसुरमा मुद्दा ?

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ३१ जनाविरूद्व आज कास्की जिल्ला

बैंकिङ प्रणालीबाट ६० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

    नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आइतबार ६० अर्ब रुपैयाँ खिच्ने भएको