शेयर कारोबारीलाई आयो खुसीको खबर,अब डिम्याट खाता नखोली सेयर बेच्न पाइने



हाम्रो इकोनोमि

लगानीकर्ताहरुले अब डिम्याट खाता नभए पनि दोस्रो बजारमा सेयर बेच्न पाउने भएका छन्। नेपाल धितोपत्र बोर्डले सातामा एक दिन डिम्याटमा नराखिएको सेयर बेच्न पाउने व्यवस्था ल्याउने तयारी गरेको छ।

सेयर कारोबार गर्न लगानीकर्तालाई अनिवार्य रुपमा डिम्याट खाताको व्यवस्था गरिएसँगै लगानीकर्ताले धितोपत्र बोर्डले सम्पत्ति बन्धक बनायो भन्ने गुनासो गर्दै आएका थिए। तर, नयाँ व्यवस्थाले त्यस्ता गुनासो हटाउने भएको छ।

लगानीकर्तालाई सहज बनाउन सातामा एकदिन डिम्याटमा नराखिएको सेयर बेच्न पाउने व्यवस्था लागू गर्ने अन्तिम तयारीमा रहेको बोर्डका एक अधिकारीले बताए। उनले भने, ‘उक्त व्यवस्था अनुसार बेच्ने लगानीकर्ताले कागजी सेयर बेच्न पाउनेछन्, तर खरिद गर्ने लगानीकर्ताको भने डिम्याट खाता अनिवार्य चाहिन्छ।’

दोस्रो बजारमा सेयर कारोबार नगर्ने तर साधारण सेयर (आइपिओ) भरेका लगानीकर्तालाई डिम्याट खाता खोलेर सेयर बेच्न झन्झटिलो हुने भएकाले धितोपत्र बोर्डले उक्त व्यवस्था ल्याउने तयारी गरेको बोर्ड सम्बद्ध अधिकारीले बताए। उक्त किसिमका सेयर साताको कुन बार बेच्न दिने भन्ने टुंगो भने अझै नलागेको उनले बताए।

अझै ३८ प्रतिशत सेयर डिम्याट हुन बाँकी, सरकारी स्वामित्वको सेयर बढी

डिम्याट खाताबिना सेयर भर्न नपाउने व्यवस्था आएको दुई वर्ष पूरा भइसक्दा पनि अझै ३८ दशमलब १९ प्रतिशत सेयर डिम्याट प्रणालीमा लैजान बाँकी छ। कम्पनी अनुसार हेर्दा १ अर्ब ६९ करोड सेयरमध्ये एक अर्ब ५ करोड कित्ता सेयर मात्रै हालसम्म डिम्याट प्रणालीमा गएका छन्।

यो संख्या औसतमा हेर्ने हो भने ७४ दशमलब ६७ प्रतिशत रहेको सिडिएस एन्ड क्लियरिङका प्रवक्ता सुरेश न्यौपानेले बताए। यो संख्या संस्थापक सेयर बाहेकका अन्य सेयरको हो।

आइपिओ भरेका तर दोस्रो बजारमा कारोबार नगर्ने लगानीकर्ताले सेयर डिम्याट गर्नेतर्फ खासै चासो नदिएको प्रवक्ता न्यौपानेले बताए। आइपिओ भरेर सेयर परेका लगानीकर्ताहरु विदेशमा गएकाले पनि यो संख्या बढेको उनले बताए।

यसरी अझै ठूलो मात्रामा सेयर डिम्याटमा नराख्नेमा सरकारी स्वामित्व अन्तर्गतका सेयरको हिस्सा बढी छ। नेपाल सरकारको नाममा हालसम्म कुनै डिम्याट सेयर खाता छैन।

सिडिएस एन्ड क्लियरिङको पछिल्लो तथ्यांक अनुसार १० लाख ६९ हजार जनाले डिम्याट खाता खोलेका छन्।

प्रतिक्रिया दिनुहोस
सरकारले लोकतन्त्रको खिलाफमा कदम चाल्यो : प्रचण्ड

   नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाइसकेको संसद् रोकेर अध्यादेश...

आयातित वस्तुको एमआरपीमा सरकार लचक

    आयातित मालवस्तुमा अनिवार्य रूपमा अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख गर्नुपर्ने व्यवस्थाले...

सरकारले फेरि बढ्यो सार्वजनिक यातायातको भाडा

    यातायात व्यवस्था विभागले इन्धनको मूल्य वृद्धि भएसँगै फेरि सार्वजनिक यातायातको भाडा...

आज ४ बजे देखि भोलि बिहान ६ बजे सम्म तीव्र गतिको हावाहुरी चल्ने

    जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज हावाहुरी सुरु...