तरकारी उत्पादनमा ७० प्रतिशतले कमी



हाम्रो इकोनोमि

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकामा तरकारी उत्पादनमा गत वर्षको तुलनामा यसवर्ष ७० प्रतिशतले कमी आएको छ ।

जलवायु परिवर्तन र सिँचाइको अभावका कारण तरकारी उत्पादनमा कमी आएको हो । तरकारीको उत्पादनमा कमी आएपछि बजारमा व्यापारीले हारालुछ गर्न लागेको बनेपा नगरपालिका– ४ की अम्बिका दाहालले बताउनुभयो ।

“गत वर्षसम्म तरकारी लिन व्यापारीलाई अनुरोध नै गर्नुपथ्र्यो, यस वर्ष व्यापारीले नै बढी मूल्य दिन थालेका छन्,” उहाँले भन्नुभयो । बजारमा तरकारीको मूल्य पर्याप्त भए पनि उत्पादन कम भएकाले लगानी मात्र उठ्ने गरेको उहाँले बताउनुभयो । उहाँले हाल साग, काउली र मुला लगाउनुभएको छ ।

तरकारीको मूल्य पाएपछि बनेपा– ३ की सान्नानी दाहाल पनि सन्तुष्ट हुनुहुन्छ । “पोहोरको दाँजोमा तरकारीको मूल्य घटबड भए पनि सन्तुष्ट नै छु,” उहाँले भन्नुभयो । सिँचाइको सुविधा भए तरकारीको उत्पादनमा सहयोग पुग्ने तर अहिले खानेपानीको समेत अभाव भएपछि समस्या भएको उहाँ बताउनुहुन्छ ।

बनेपाको नाला क्षेत्रमा जिल्लाकै धेरै तरकारी उत्पादन हुनेगर्छ । पानीको अभावका कारण अहिले तरकारी उत्पादनमा गिरावट आएको छ । उग्रचण्डी तरकारी बजारको स्थापना भइसकेपछि किसानले उचित मूल्य पाउन थालेका छन् । नालामा हाल पोहोरको तुलनामा तरकारीमा ७५ प्रतिशत उत्पादनमा गिरावट आएको व्यापारी रामसुन्दर पराजुलीले बताउनुभयो ।

“गत वर्षसम्म बजारमा पर्याप्त तरकारी हुन्थ्यो, यसवर्ष त्यो अवस्था रहेन,” पराजुलीले भन्नुभयो । बजारमा तरकारीको अभाव हुन थालेपछि व्यापारीबीच नै तरकारी कसले लिने भन्ने प्रतिस्पर्धा हुन थालेको छ । अन्य पेशाभन्दा तरकारी व्यापार सजिलो हुने भएकाले व्यापारीको संख्या बढ्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस
संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

     राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् ।...

अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन : कृषि मन्त्री

    कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको...

वडा अधिवेशनमा सहभागी हुन देउवाको आह्वान

    नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १५औँ...

सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...