तरकारी उत्पादनमा ७० प्रतिशतले कमी



हाम्रो इकोनोमि

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकामा तरकारी उत्पादनमा गत वर्षको तुलनामा यसवर्ष ७० प्रतिशतले कमी आएको छ ।

जलवायु परिवर्तन र सिँचाइको अभावका कारण तरकारी उत्पादनमा कमी आएको हो । तरकारीको उत्पादनमा कमी आएपछि बजारमा व्यापारीले हारालुछ गर्न लागेको बनेपा नगरपालिका– ४ की अम्बिका दाहालले बताउनुभयो ।

“गत वर्षसम्म तरकारी लिन व्यापारीलाई अनुरोध नै गर्नुपथ्र्यो, यस वर्ष व्यापारीले नै बढी मूल्य दिन थालेका छन्,” उहाँले भन्नुभयो । बजारमा तरकारीको मूल्य पर्याप्त भए पनि उत्पादन कम भएकाले लगानी मात्र उठ्ने गरेको उहाँले बताउनुभयो । उहाँले हाल साग, काउली र मुला लगाउनुभएको छ ।

तरकारीको मूल्य पाएपछि बनेपा– ३ की सान्नानी दाहाल पनि सन्तुष्ट हुनुहुन्छ । “पोहोरको दाँजोमा तरकारीको मूल्य घटबड भए पनि सन्तुष्ट नै छु,” उहाँले भन्नुभयो । सिँचाइको सुविधा भए तरकारीको उत्पादनमा सहयोग पुग्ने तर अहिले खानेपानीको समेत अभाव भएपछि समस्या भएको उहाँ बताउनुहुन्छ ।

बनेपाको नाला क्षेत्रमा जिल्लाकै धेरै तरकारी उत्पादन हुनेगर्छ । पानीको अभावका कारण अहिले तरकारी उत्पादनमा गिरावट आएको छ । उग्रचण्डी तरकारी बजारको स्थापना भइसकेपछि किसानले उचित मूल्य पाउन थालेका छन् । नालामा हाल पोहोरको तुलनामा तरकारीमा ७५ प्रतिशत उत्पादनमा गिरावट आएको व्यापारी रामसुन्दर पराजुलीले बताउनुभयो ।

“गत वर्षसम्म बजारमा पर्याप्त तरकारी हुन्थ्यो, यसवर्ष त्यो अवस्था रहेन,” पराजुलीले भन्नुभयो । बजारमा तरकारीको अभाव हुन थालेपछि व्यापारीबीच नै तरकारी कसले लिने भन्ने प्रतिस्पर्धा हुन थालेको छ । अन्य पेशाभन्दा तरकारी व्यापार सजिलो हुने भएकाले व्यापारीको संख्या बढ्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस
एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...

उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी

     नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी...

एमाले महासचिवमा शंकर पोखरेल विजयी

    नेकपा एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । १२२८ मत...

दुई तिहाई मतसहित अध्यक्षमा केपी ओली विजयी

    नेकपा एमालेको ११औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्...