एमाले–माओवादी एकीकरणबाट चीन उत्पात खुसी,बीपीका छोरा शशांकले दिए प्रचण्डलाई बधाई



एमाले–माओवादी केन्द्रबीच पार्टी एकीकरण गर्ने सहमति भएको अर्को दिन चिनियाँ कम्युनिस्ट पार्टी विदेश विभागका उपमन्त्री येझाऊले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरी दुई ठूला कम्युनिष्ट पार्टीबीचको एकीकरणको स्वागत गरेका छन् ।
अध्यक्ष प्रचण्डको निवास खुमलटारमा मंगलबार बिहान भएका भेटका अवसरमा नेपालको पछिल्लो राजनीतिक घटनाक्रम तथा चीन र नेपालका बीच आपसी सहयोगका बारेमा छलफल भएको हो ।

उपमन्त्री येझाऊले एमाले र माओवादी केन्द्रबीच पार्टी एकताका लागि ७ बुँदे सहमतिका बारेमा जिज्ञासा राखेको दाहालको निजी सचिवालयद्वारा जारी प्रेस नोटमा उल्लेख छ ।
अध्यक्ष प्रचण्डले नेपालमा राजनीतिक स्थायित्व, विकास र समृद्धिका लागि पार्टी एकता गर्ने निर्णयमा दुबै पार्टी पुगेको बताउँदै यो नेपाली इतिहासमा दूरगामी परिघटना भएको उल्लेख गरे ।

अध्यक्ष प्रचण्डले आर्थिक विकास गरेर समाजवादको लामो यात्रामा जाने उद्देश्यसाथ सुरु भएको एकताले नेपाली विशेषता अनुरुपको समाजवादको सैद्धान्तिक कार्यदिशा निर्माण गर्ने समेत बताए ।

चिनियाँ उपमन्त्रीले दुई पार्टीको एकीकरणको स्वागत गर्दै यो एकताले राजनीतिक स्थायित्व र विकासका निम्ति धेरै ठूलो काम गर्ने बताए ।
चीन सरकारसँग यसअघि भएका सम्झौताहरूलाई व्यवहारमा रुपान्तरण गर्ने बताउँदै उनले एकीकृत पार्टीलाई चीनको तर्फबाट पूर्ण सहयोग हुने प्रतिबद्धता व्यक्त गरे ।

नेपालको स्थायित्व, समृद्धि र विकासका लागि चीन सरकारले नेपाल सरकारलाई विगतदेखि पुर्याउँदै आएको सहयोगलाई निरन्तरता दिँदै भविष्यमा झन ठूलो सहयोग गर्ने समेत उनले बताए ।
भेटका अवसरमा उपमन्त्री येझाऊले अध्यक्ष प्रचण्डलाई चिनियाँ राष्ट्रपति शी जिनपिङले लेख्नुभएको पुस्तक “द गभर्नेन्स अफ चाइना–२” हस्तान्तरण गरेका थिए ।

यता नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले एमालेसँग पार्टी एकता गर्ने सहमति गरेकोमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई बधाइ दिएका छन्।

मंगलबार चितवनको भरतपुर विमानस्थलमा भएको आकस्मिक भेटमा महामन्त्री कोइरालाले अध्यक्ष प्रचण्डलाई पार्टी एकताका लागि बधाइ दिएका हुन्।
अमर मावि भरतपुर–२२ पटयानीको वार्षिकोत्सव तथा विद्यालय भवनको उद्घाटनका लागि गृह जिल्ला चितवन आएका प्रचण्डसँग पार्टीको कार्यक्रम सकेर फर्कर्दै गरेका महामन्त्री कोइरालाबीच भरतपुर विमानस्थलमा आकस्मिक भेट भएको थियो।

भेटमा अन्य विषयमा कुराकानी नभए पनि पार्टी एकताका लागि महामन्त्री कोइरालाले प्रचण्डलाई बधाइ दिएको माओवादी केन्द्र चितवनका नेता नारायण आचार्यले नेपालखबरलाई जानकारी दिए।
प्रचण्ड विद्यालयको वार्षिकोत्सवसँगै खेलकुद प्रतियोगिताको उद्घाटन कार्यक्रममा सहभागी हुने उनको सचिवालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
अर्थमन्त्री पौडैल र चीनका उपप्रधानमन्त्री हि लिफेङबीच भेटवार्ता

    उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनका उपप्रधानमन्त्री हि लिफेङबीच चीनको

उपनिर्वाचनका लागि दल दर्ताको आह्वान

    निर्वाचन आयोगले स्थानीय तह सदस्य उपनिर्वाचनका लागि दल दर्ताका लागि आह्वान

श्रीलंकाको संसद् भंग, आम निर्वाचनको घोषणा

    श्रीलंकाका राष्ट्रपति अनुरा कुमारा दिसानायकेले संसद् विघटन गर्नुभएको छ । राष्ट्रपति

प्रधानमन्त्री स्वदेश नफर्किँदासम्म रविलाई पक्राउ नगरिने

      प्रहरी स्रोतले पूर्वगृहमन्त्री लामिछानेलाई आजभोलि नै पक्राउ गर्ने सम्भावना नरहेको