ओली बिरुद्द गर्जियो कांग्रेस,देखाईदिने भन्दै अदालतको सहायतामा ओली सरकारलाई कोर्रा लगाउने यस्तो छ तयारी



शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेको निर्णय उल्ट्याएकोमा नेपाली कांग्रेसले आपत्ति जनाएको छ। एमाले सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालत जानेसम्मको तयारी कांग्रेसले थालेको छ।

मंगलबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभा सदस्याका लागि तीन जनाको नाम सिफारिस गरेपछि कांग्रेसले त्यसको विरोध गर्दै अदालत जाने चेतावनी दिएको हो। केपी शर्मा ओली सरकारले यसअघिका प्रधानमन्त्री शेरबहादुर देउवाले जाँदाजाँदै गरेको निर्णय उल्ट्याउँदै राष्ट्रियसभा सदस्यका लागि अन्य तीन जनाको नाम सिफारिस गरेको हो।राष्ट्रियसभा सदस्याका लागि रामनारायण बिडारी, युवराज खतिवडा र विमला पौडेल राईको नाम सिफारिस गरिएको छ। यसअघि देउवा सरकारले चाँदनी जोशी, गोपाल बस्नेत र कृष्णप्रसाद पौडेलको नाम सिफारिस गरेको थियो।

कांग्रेस नेता मीन विश्वकर्माले अदालत जाने विषयमा कुराकानी भइरहेको बताए। संघीय संसद् पूर्ण हुनका लागि अघिल्लै सरकारले गरेको सिफारिस संवैधानिक हुने उनले दाबी गरे। तर सरकारले गैरकानुनी रुपमा फिर्ता लिएकाले त्यसलाई अदालतबाट उल्टाउने विश्वकर्माले बताए।राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले सिफारिस गरेका तीन जना राष्ट्रियसभाका सदस्यलाई मनोनीत गरेकी छिन्।

शेरबहादुर देउवाको कामचलाउ सरकारले सिफारिस गरेका तीन जनाको नाम फिर्ता लिँदै आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष युवराज खतिवडा, संविधानविद् रामनारायण बिडारी र डा विमला राई पौड्याललाई राष्ट्रियसभामा सिफारिस गरेको थियो।अघिल्लो सरकारले गरेको सिफारिस रोकेर राखेकी राष्ट्रपति भण्डारीले वर्तमान सरकारले सिफारिस गरेकै दिन मनोनीत गरेकी हुन्।

राष्ट्रपतिले मनोनीत गरेसँगै ५९ सदस्यीय राष्ट्रियसभाले पूर्णता पाएको छ। राष्ट्रियसभामा निर्वाचित ५६ र मनोनीत ३ जना रहने संवैधानिक व्यवस्था छ।
यता प्रदेश २ का मुख्य न्यायधिवक्तामा अधिवक्ता दीपन्द्र झाको नियुक्ति बदरको माग गर्दै सर्वाेच्च अदालतमा रिट दायर भएको छ। उनको नियुक्ति कानुनसम्वत् नभएको भन्दै खारेजीको माग गरी मंगलबार रिट दायर भएको हो।अधिवक्ताद्वय मधुर पाठक र डिल्लीप्रसाद न्यौपानेले रिट दायर गरेका हुन्।मुख्य न्यायधिवक्ता नियुक्त हुन उनको योग्यता नपुगेको दाबी गरिएको छ। मुख्य न्यायधिवक्ता नियुक्त हुन कम्तिमा १० वर्ष निरन्तर वकालत गरेको हुनुपर्नेमा झाको योग्यता नपुगेको रिटमा दाबी गरिएको छ। झाले वकालत गरेको ५ वर्ष मात्र भएको रिटमा उल्लेख छ।

विप्लवको आक्रमक शैली : सम्झौता वा संघर्षको लागि

नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको माओवादीले आव्हान गरेको बन्द निकै आक्रमक देखिएको छ । बन्दका क्रममा डिउटीमा निस्किएको प्रहरी टोलीमाथि ढुंगामुडा भएका खबरहरु समेत बाहिर आएका छन् ।

एमाले–माओवादी केन्द्रबीच एकताको लागि सम्झौता भएको भोलिपल्टै आज विप्लवले देशभरि बन्द हड्ताल गरेका छन् । उनको बन्द संयोग हो कि के हो ? त्यो अहिले नै ठ्याक्कै भन्न सकिने अवस्था छैन् ।

उनको बन्द सम्झौताको लागि हो कि साँच्चिकै संघर्षमा जानको लागि हो ? त्यो पनि अहिले सोचनीय कुरा छ । विप्लवसँगै मोहन बैद्य र अन्य साना माओवादी पार्टीका नेताहरुवीच सशस्त्र संघर्षमा जानेबारे वार्ता चलिरहेको सूत्रहरुले बताउँदै आएका छन् ।आजको बन्दमा विप्लव किन आक्रमक भए ? यो प्रश्न अहिले सबैको मनमा खड्किएको छ । विप्लव नेतृत्वको माओवादीद्वारा प्रहरीमाथि ढुंगामुडा गर्दा उनका २१ कार्यकर्ता प्रहरी नियन्त्रणमा रहेका छन् ।

बन्दको पिकेट डिउटी परिचालन गर्न निस्किएको सशस्त्र प्रहरीको बा १ ग १८१३ नं.को ट्रकलाई आरती स्टिल अगाडि कोशी राजमार्गमा विप्लव माओवादीका कार्यकर्ताले ढुङ्गा प्रहार गरी अगाडिको सिसा फुटाई दिएका छन्।उक्त घटनामा संलग्न २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछाप खाडादेवी(१ बस्ने मजदुर महासंको कोशी ब्युरो संयोजक ३० वर्षीय हरिचन्द्र खड्का र मोरङ बुढिगंगा(२ बस्ने बुढिगंगा सेक्रेटरी ६१ वर्षीय सुरेश राई रहेको प्रहरीले जनाएको छ।यस्तै रूपन्देहीको कञ्चन गाँउपालिका(५ पिपरिचापास्थित भित्री सडकमा एउटा रोकिराखेको बसमा माओवादी कार्यकर्ताले ढुंगा प्रहार गरेका छन्।

 

 

प्रतिक्रिया दिनुहोस
अर्थमन्त्री पौडैल र चीनका उपप्रधानमन्त्री हि लिफेङबीच भेटवार्ता

    उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनका उपप्रधानमन्त्री हि लिफेङबीच चीनको

उपनिर्वाचनका लागि दल दर्ताको आह्वान

    निर्वाचन आयोगले स्थानीय तह सदस्य उपनिर्वाचनका लागि दल दर्ताका लागि आह्वान

श्रीलंकाको संसद् भंग, आम निर्वाचनको घोषणा

    श्रीलंकाका राष्ट्रपति अनुरा कुमारा दिसानायकेले संसद् विघटन गर्नुभएको छ । राष्ट्रपति

प्रधानमन्त्री स्वदेश नफर्किँदासम्म रविलाई पक्राउ नगरिने

      प्रहरी स्रोतले पूर्वगृहमन्त्री लामिछानेलाई आजभोलि नै पक्राउ गर्ने सम्भावना नरहेको