माइक्रोफाइनान्सको २ लाख ९४ हजार कित्ता आइपिओ फागुन १५ देखि खुल्ने, कसरी दिने आवेदन ?



हाम्रो इकोनोमि

आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले साधारण सेयर (आइपिओ) फागुन १५ गतेदेखि निष्काशन गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा २ लाख ९४ हजार कित्ता आइपिओ निष्काशन गर्न लागेको हो।

कम्पनीले जारी गर्न लागेको आइपिओमा छिटोमा फागुन २१ र ढिलोमा २९ गतेसम्म आवेदन दिन सकिनेछ। कम्पनीको आइपिओ निष्काशन तथा बिक्री प्रवन्धक एनआइसी एसिया क्यापिटल लिमिटेडले जनाएको छ ।

कम्पनीको आइपिओमा न्युनतम ५० देखि बढीमा १ हजार कित्तासम्मको माग राखी दरखास्त दिन पाइनेछ।

कम्पनीले कुल निष्काशनको ३ प्रतिशत अर्थात् ८ लाख ८ हजार २० रुपैयाँ बराबरको ८ हजार ८२० कित्ता कर्मचारी र सामूहिक लगानी कोषका लागि कुल निष्काशनको ५ प्रतिशत अर्थात् १४ लाख ७० हजार रुपैयाँ बराबरको १४ हजार ७ सय कित्ता छुट्टाइएको छ।

आइपिओमा एनआइसी एसिया क्यापिटल लिमिटेड बबरमहल काठमाडौं, संस्थाको केन्द्रीय कार्यालय बनेपा काभ्रे तथा सि–आस्वामा आबद्ध बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट समेत आवेदन दिन सकिनेछ । सि–आस्वामार्फत घरमै बसेर पनि अनलाइनबाट समेत आवेदन दिन सकिनेछ।

 

 

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...