माइक्रोफाइनान्सको २ लाख ९४ हजार कित्ता आइपिओ फागुन १५ देखि खुल्ने, कसरी दिने आवेदन ?



हाम्रो इकोनोमि

आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले साधारण सेयर (आइपिओ) फागुन १५ गतेदेखि निष्काशन गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा २ लाख ९४ हजार कित्ता आइपिओ निष्काशन गर्न लागेको हो।

कम्पनीले जारी गर्न लागेको आइपिओमा छिटोमा फागुन २१ र ढिलोमा २९ गतेसम्म आवेदन दिन सकिनेछ। कम्पनीको आइपिओ निष्काशन तथा बिक्री प्रवन्धक एनआइसी एसिया क्यापिटल लिमिटेडले जनाएको छ ।

कम्पनीको आइपिओमा न्युनतम ५० देखि बढीमा १ हजार कित्तासम्मको माग राखी दरखास्त दिन पाइनेछ।

कम्पनीले कुल निष्काशनको ३ प्रतिशत अर्थात् ८ लाख ८ हजार २० रुपैयाँ बराबरको ८ हजार ८२० कित्ता कर्मचारी र सामूहिक लगानी कोषका लागि कुल निष्काशनको ५ प्रतिशत अर्थात् १४ लाख ७० हजार रुपैयाँ बराबरको १४ हजार ७ सय कित्ता छुट्टाइएको छ।

आइपिओमा एनआइसी एसिया क्यापिटल लिमिटेड बबरमहल काठमाडौं, संस्थाको केन्द्रीय कार्यालय बनेपा काभ्रे तथा सि–आस्वामा आबद्ध बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट समेत आवेदन दिन सकिनेछ । सि–आस्वामार्फत घरमै बसेर पनि अनलाइनबाट समेत आवेदन दिन सकिनेछ।

 

 

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...