२६ लाख शिशुको जन्मेको एक महिना भन्दा कम समयमै मृत्यु



हाम्रो इकोनोमि

संयुक्त राष्ट्रसंघीय बालकोष युनिसेफले विश्वका अति गरीब मुलुकका २६ लाख शिशुको जन्मेको एक महिना भन्दा कम समयमै मृत्यु हुने गरेको जनाएको छ ।

युनिसेफले एक प्रतिवेदन सार्वजनिक गर्दै १० लाख शिशुको जन्मेकै दिन वा केही घण्टाभित्रै मृत्यु हुने गरेको तथ्य सार्वजनिक गरेको हो । अफ्रिकाको सब–साहारा क्षेत्र शिशुका लागि सबैभन्दा बढी जोखिमयुक्त भएको समेत प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनमा शिशु तथा बाल मृत्युदर रोक्न सकिने भएतापनि त्यसका लागि गरिएका कार्यको चित्तबुझ्दो प्रगति नभएको जनाइएको छ । शिशुको मृत्युदर रोक्न स्वच्छ, सन्तुलित र पोसिलो खाना, स्वच्छ पानी, प्रभावकारी स्वास्थ्य सेवा र हेरचाहमा ध्यान दिनुपर्ने चेतना फैलाउन आवश्यक रहेको युनिसेफले उल्लेख गरेको छ ।

विश्वभर प्रत्येक दिन ७ हजार भन्दा बढी नवजात शिशुको जन्मेकै दिन मृत्यु हुने गरेको युनिसेफको तथ्याङ्क छ ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...