कपिलवस्तुमा प्रथम मेयर कप क्रिकेट प्रतियोगिता शुरु



हाम्रो इकोनोमि

कपिलवस्तु नगरपालिकाको आयोजनामा प्रथम मेयर कप नकआउट टि ट्वान्टी क्रिकेट प्रतियोगिता सोमबारदेखि शुरु भएको छ ।

फागुन ११ गतेसम्म चल्ने प्रतियोगिताकाका विजेतालाई नगद रु २५ हजार र उपविजेता टोलीलाई नगद रु २० हजार र कप प्रदान गरिने प्रतियोगिताका संयोजक तथा कपिलवस्तु नगरपालिका–३ का वडाध्यक्ष प्रकाश गैरेले जानकारी दिनुभयो ।

प्रतियोगितामा नगरका आठ टोलीबीच प्रतिष्पर्धा हुने जनाइएको छ । युवालाई कुलतबाट बचाउन तथा शारीरिक सुगठनका लागि सचेत बनाउने उद्देश्यका साथ मेयर कपको आयोजना गरिएको प्रतियोगिताका संयोजक गैरेले जानकारी दिनुभयो ।

नगर प्रमुख किरण सिंहले यस वर्षबाट शुरु गरिएको मेयर कपलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो । एक कार्यक्रमका बीच सोमबार तौलिहवाको बुद्धपद्धम माविको खेल मैदानमा नगरपालिकाका प्रमुख किरण सिंह, पूर्व राजदूत दीपकुमार उपाध्याय, पूर्वराज्यमन्त्री सुरेन्द्रराज आचार्य र संघीय संसद्का सांसद अतहर कमालले क्रिकेट खेलेर प्रतियोगिताको उद्घाटन गर्नुभएको हो ।

प्रतियोगिताको उद्घाटनपछि मन्तव्य दिँदै पूर्व राज्यमन्त्री तथा नेपाली काँग्रेसका जिल्ला सभापति सुरेन्द्रराज आचार्यले नगरले शुरु गरेको मेयर कपले युवालाई सिर्जनशील बन्न सहयोग पु¥याउने बताउनुभयो ।

पूर्व राजदूत दीपकुमार उपाध्यायले नेपालले क्रिकेटसहितका खेलमा विश्वमै आफ्नो प्रदर्शनलाई सुधार गर्दै गएको बेला जिल्लामा समेत यस्ता खेललाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । सामाजिक विकास अधिकृत पदमराज श्रेष्ठको सञ्चालनमा सम्पन्न उद्घाटन सत्रको कार्यक्रममा क्रिकेट संघकी माया ज्ञवालीले मन्तव्य दिनुभएको थियो ।

सुपर सिक्समा गौतम बुद्ध विजयी

कपिलवस्तुको तौलिहवामा आयोजित पहिलो दिनको टि ट्वान्टी नकआउट क्रिकेट प्रतियोगिता रोमाञ्चक प्रतिष्पर्धाका बीच सुपर सिक्समा गौतमबुद्ध क्रिकेट क्लबले एक रनले जितेको छ ।

प्रतियोगिताको पहिलो इनिङमा गौतमबुद्धले १८ ओभर ३ बलमा अल आउट हुँदै ९६ रन जोडेको थियो । गौतमबुद्धका खेलाडी विश्वास ढकालले सर्वाधिक २० रन जोडेका थिए भने बलिङतर्फ जयबुद्धका परवेज अन्सारी र अखलाख आलमले समान तीन÷तीन विकेट लिनुभएको थियो ।

खेलको दोस्रो इनिङमा जयबुद्धले २० ओभरमा आठ विकेट गुमाउँदै ९६ रन बनाएको थियो । जयबुद्धका अमिर अहमदले सर्वाधिक ३८ रन बनाउनुभएको थियो भने गौतमबुद्धका कलिम खानले तीन विकेट लिनुभएको थियो ।

दुवै टोलीबीच बराबरी स्कोर भएपछि सुपर सिक्सबाट प्रतियोगिताको नतिजा निकालिएको थियो । सुपर सिक्समा पहिले ब्याटिङ गरेको जयबुद्धले छ रन बनाउँदा गौतमबुद्धले एक ओभरमा सात रन बनाई प्रतियोगिताको पहिलो खेल जितेको थियो ।

प्रतियोगितामा बलिङतर्फ तीन विकेट र ब्याटिङमा पाँच रन बनाएका कलिम खानलाई कपिलवस्तु नगरपालिका–२ का वडाध्यक्ष रामभजन कलवारले म्यान अफ द म्याचको पुरस्कार दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...