यस्तो लिखित सहमती-पत्रमा हस्ताक्षर गर्दै बालुवाटारमा सात बजे बाम एकता हुदै,अन्तिम खाका तयार



करिब ५ महिनाको आन्तरिक गृहकार्यपछि दुई ठूला वामपन्थी दलले पार्टी एकताको औपचारिक घोषणा गर्ने तयारी गरेका छन्।

वाम गठबन्धनका शीर्ष नेताहरु एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेको सहमतिलाई अनुमोदन गर्दै हस्ताक्षर गर्ने दुवै दलको तयारी छ।

प्रमुख दुई नेताले जुटाएको सहमतिलाई लिखित रुपमा उतार्न र अन्तिम खाका तयार गर्न आज साँझ पार्टी एकता संयोजन समितिको बैठक बोलाइएको छ। प्रधानमन्त्री तथा एमाले अध्यक्षका प्रेस संयोजक चेतन अधिकारीका अनुसार, एकता संयोजन समितिको बैठक साँझ ७ बजे बालुवाटारमा बस्नेछ।

एकीकृत पार्टीको नेतृत्वको विषयमा लामो समय आन्तरिक छलफल गरेका दुवै दल अन्तिम समयमा आएर सैद्धान्तिक विषयमा अल्झिएका थिए।

हिजो दिउँसो भक्तपुरको ठिमीस्थित एक व्यवसायीको घरमा करिब ४ घन्टा छलफल गरेका ओली र दाहालले पार्टी एकताको औपचारिक घोषणा गर्ने सहमति गरेका थिए। सैद्धान्तिक विषयलाई आगामी महाधिवेशनबाट टुंग्याउन एमाले सहमत भएसँगै एकता प्रक्रिया अन्तिम चरणमा पुगेको हो।

पार्टी एकतालाई अन्तिम रुप दिन गत बुधबार ललितपुरमा बसेको पार्टी एकता संयोजन समितिको बैठकमा एकीकरणको खाका तयार गर्ने समयमा एमालेले एकीकृत पार्टीको मार्गदर्शक सिद्धान्त ‘जनताको बहुदलीय जनवाद’ हुनुपर्ने अडान राखेको थियो।

निर्णायक वार्तामा एमालेले सैद्धान्तिक विषयलाई पेचिलो बनाएपछि माओवादी अध्यक्ष दाहालले एकताका लागि बृहत्तर छलफल आवश्यक रहेको भन्दै तत्कालका लागि पार्टी एकता टरेको ब्रिफिङ पार्टीभित्र गरेका थिए। लगत्तै प्रधानमन्त्रीमा नियुक्त भएका एमाले अध्यक्ष ओलीले माओवादी केन्द्रका अध्यक्षसँग संवाद प्रक्रिया अघि बढाए।

दुवै नेता सैद्धान्तिक विषयले पार्टी एकतालाई प्रभावित पार्न नहुने पक्षमा देखिएपछि एकता प्रक्रिया निष्कर्ष उन्मुख देखिएको हो।

ओली र दाहालले पछिल्लो बैठकमा पार्टी एकता र नयाँ सरकार गठनमा प्याकेजमै सहमति गर्ने गृहकार्य थालेका थिए। स्रोतका अनुसार, दुवै नेता सैद्धान्तिक विषयलाई महाधिवेशनसम्म लगेर टुंगो लगाउने विषयमा सकारात्मक देखिएका छन्। सोही अनुरुप पार्टी एकतामा औपचारिक निर्णय गर्दै नयाँ सरकारलाई पूर्णता दिने तयारी गरिएको छ।

माओवादी केन्द्रका अध्यक्ष दाहालले आज बिहान दलका शीर्ष नेताहरुसँग कुरा गर्दै एकता लगभग टुंगिएको बताए।

‘ओलीजीसँग कुरा मिलेको छ। त्यसलाई लिपिबद्ध गरेर अन्तिम ड्राफ्ट आजै साँझ बनाउने तयारी छ’, दाहालको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘एकताको विषयमा आजै निर्णय हुन्छ।’

लगातारको संवाद र छलफलपछि दुवै नेता एकीकृत पार्टीको नेतृत्वमा दुवै अध्यक्ष रहने र सरकारमा आलोपालो गर्ने सहमति गरेका थिए। दुवै नेताले एकीकृत पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी राख्ने सहमति समेत जुटाइसकेका छन्।

एमाले नेता माधवकुमार नेपालले समेत पार्टी एकताको औपचारिक निर्णय आज हुने बताएका छन्। गृहजिल्ला रौतहटमा सोमबार पत्रकारसँग नेता नेपालले दुवै दल सहमति नजिक रहेकाले एकता प्रक्रिया टुंगिने दाबी समेत गरे।

वाम गठबन्धनका शीर्ष दुई नेताले गरेको सहमतिलाई एकता संयोजन समितिको कार्यदलले अनुमोदन गरे एकता प्रक्रियामा ‘ब्रेक थ्रु‘ हुने देखिन्छ।

प्रतिक्रिया दिनुहोस
नेकपा एसका ५ सांसदसहित १३४ केन्द्रीय सदस्य पार्टी फुटाउने पक्षमा

    अध्यादेशबाट बनेको नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरू राजनीतिक दल विभाजन सहज

नेकपा एस एकढिक्का छ : माधव नेपाल

    नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी अरुमा विलीन हुन लागेको

पार्टीको परीक्षण निर्वाचनले गर्छ, सामाजिक सञ्जालले होइन : शंकर पोखरेल

     नेकपा एमालेका महासचिव शंकर पोखरेलले अन्य पार्टीका नेता-कार्यकर्तालाई एमालेको चिन्ता नलिन

हेटौँडा-कुलेखानी-सिस्नेरी-काठमाडौँ सडक खुल्यो

    हेटौँडा–काठमाडौँलाई जोड्ने हेटौँडा–कुलेखानी–फाखेल–सिस्नेरी–काठमाडौँ सडकमा दुईतर्फी नै यातायात सञ्चालनमा आएको छ ।