मुलुकको आर्थिक, सामाजिक रुपान्तरणका लागि प्रजातन्त्रको संरक्षण र संवद्र्धन आवश्यक : पौडेल



नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकको आर्थिक, सामाजिक रुपान्तरणका लागि प्रजातन्त्रको संरक्षण र संवद्र्धन गर्न आवश्यक रहेको बताउनुभएको छ ।

अठसट्ठियौँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा जिल्ला समन्वय समिति तनहुँद्वारा आज दमौलीमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा नेता पौडेलले संविधान कार्यान्वयनको चरणमा रहेकाले प्रजातन्त्र र लोकतन्त्रलाई जीवन्त राख्न तमाम नेपालीको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।

निर्वाचनपछि मुलुक आर्थिक समृद्धिमा अगाडि बढेकाले जनताले परिवर्तनको अनुभूति गर्ने उहाँको विश्वास छ ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य कलिला खान, राष्ट्रियसभा सदस्य प्रकाश पन्थ, प्रदेशसभा सदस्यद्वय डोबाटे विक र सरिता गुरुङ, पूर्व सांसद रामचन्द्र पोख्रेल, एमालेका वैकल्पिक केन्द्रीय सदस्य प्रतापलाल श्रेष्ठ, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, जिसस उपप्रमुख पवित्रा पौडेललगायतले लोकतान्त्रिक मूल्य मान्यताको उचित संरक्षण हुनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
नेकपा एसका ५ सांसदसहित १३४ केन्द्रीय सदस्य पार्टी फुटाउने पक्षमा

    अध्यादेशबाट बनेको नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरू राजनीतिक दल विभाजन सहज

नेकपा एस एकढिक्का छ : माधव नेपाल

    नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी अरुमा विलीन हुन लागेको

पार्टीको परीक्षण निर्वाचनले गर्छ, सामाजिक सञ्जालले होइन : शंकर पोखरेल

     नेकपा एमालेका महासचिव शंकर पोखरेलले अन्य पार्टीका नेता-कार्यकर्तालाई एमालेको चिन्ता नलिन

हेटौँडा-कुलेखानी-सिस्नेरी-काठमाडौँ सडक खुल्यो

    हेटौँडा–काठमाडौँलाई जोड्ने हेटौँडा–कुलेखानी–फाखेल–सिस्नेरी–काठमाडौँ सडकमा दुईतर्फी नै यातायात सञ्चालनमा आएको छ ।