ट्रेन्डिङ नम्बर १ मा अनमोलको ‘उकालीमा पछिपछि’ (भिडियो सहित)



फिल्म ‘कृ’मा समावेश ‘उकालीमा पछिपछि’ बोलको गीत अहिले नेपाल युट्युब ट्रेन्डिङको पहिलो नम्बरमा आएको छ। फिल्म प्रदर्शनको दोस्रो साता प्रवेश गर्दा शुक्रबार सार्वजनिक गरिएको उक्त गीत ६ लाख ८० हजारमाथि भ्युजसहित ट्रेन्डिङको पहिलो नम्बरमा पर्न सफल भएको हो।

सार्वजनिक उक्त गीत पुरानो फिल्म ‘सम्झना’बाट रिमेक गरिएको हो। उक्त गीतको वास्तविक संगीतकार रञ्जीत गजमेर हुन्। रिमेक गरेर ‘कृ’मा समावेश यस गीतमा अल्मोडा राना उप्रेतीको शब्द, संगीत र स्वर रहेको छ। निकै सुन्दर छायांकनस्थलमा खिचिएको भिडियोमा अनमोल केसी र अदिती बुढाथोकी फिचरिङ छन्।

भिडियोमा अनमोलले अदितीलाई फकाइरहेको देख्न सकिन्छ। भिडियोमा एन्जिला खत्री र विक्रम लामाको नृत्य निर्देशन रहेको छ। सुरेन्द्र पौडेल निर्देशित फिल्ममा अनमोल र अदितीसँगै अनुपविक्रम शाही, कामेश्वर चौरसिया, सरोज खनाल, सुधम सिकेलगायतको मुख्य भूमिका रहेको छ। सुवास इन्टरटेन्मेन्ट र द सुपर काजोल फिल्म्स’को व्यानरमा निर्मित यस फिल्ममा सुवास गिरी र भुवन केसीको लगानी छ। कमल गिरी कार्यकारी निर्माता रहेको फिल्मका सहनिर्माता श्री पराजुली हुन्। फिल्ममा पुरुषोत्तम प्रधानको छायांकन रहेको छ।

https://www.youtube.com/watch?v=bFw6q0h1-kI

प्रतिक्रिया दिनुहोस
५ करोडको घर दिएर राजेशपायलले पत्नीसँग गरे डिभोर्स

    आफ्नो वैवाहिक जीवन सधैँ गोप्य राखिरहेका  राजेशपायल राईले श्रीमती साङबुङ राईसँग

नियमन सम्भव नभएपछि टिकटक प्रतिबन्ध : सञ्चार मन्त्रालय

    सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक सञ्जाल टिकटकका गतिविधि नियमन गर्न

दुर्गा प्रसाईँको अभियानमा आएका महिलामाथि दुर्व्यवहार

    दुर्गा प्रसाईंले काठमाडौंमा आयोजना गर्न लागेको कार्यक्रमका लागि उपत्यका बाहिरबाट आएका

टिकटक बन्दको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन

    टिकटक बन्द गर्ने सरकारको निर्णयबिरुद्ध युवाहरुको एक समूहले काठमाडौंमा माइतिघरमा प्रदर्शन