विश्वकप क्रिकेट छनोट खेलका लागि १५ सदस्यीय राष्ट्रिय टोली घोषणा



हाम्रो इकोनोमि

विश्वकप क्रिकेट छनोट खेलका लागि पारस खड्काको कप्तानीमा १५ सदस्यीय नेपाली राष्ट्रिय टोली घोषणा भएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ९आईसीसी०ले घोषणा गरेको टोलीमा स्पिनर ललित नारायण राजवंशीले राष्ट्रिय टोलीमा डेब्यू गरेका छन् । यसअघि डिभिजन टु मा उनी वैकल्पिक खेलाडीको रुपमा थिए । यस्तै विकेटकिपर ब्याट्सम्यान विनोद भण्डारीलाई भने वैकल्पिक खेलाडीमा राखिएको छ । मार्च १ देखि १५ सम्म जिम्बाब्बेमा विश्वकप छनोट खेल हुनेछ ।

नेपाल समूह ‘बी’ मा रहेको छ । यो समूहमा नेपालसहित आयोजक जिम्बाबे, अफगानिस्तान, स्कटल्याण्ड र हङकङ छन् । नेपालले पहिलो खेल मार्च ४ मा आयोजक जिम्बाबेसँग खेल्ने छ । ८ मार्चमा स्कटल्याण्डसँग, १० मार्चमा अफगानिस्तानसँग र १२ मार्चमा हङकङसँग नेपाल खेल्ने छ । प्रतियोगिताअघि नेपालले फेब्रुअरी २७ मा युएई तथा मार्च १ मा हङकङसँग अभ्यास खेल खेल्नेछ । छनोटको विजेता र उपविजेता दुई टोलीले सन् २०१९ मा इंग्ल्यान्ड र वेल्समा हुने विश्वकप खेलमा प्रतिस्पर्धा गर्न पाउने छन् ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...