विश्वकप क्रिकेट छनोट खेलका लागि १५ सदस्यीय राष्ट्रिय टोली घोषणा



हाम्रो इकोनोमि

विश्वकप क्रिकेट छनोट खेलका लागि पारस खड्काको कप्तानीमा १५ सदस्यीय नेपाली राष्ट्रिय टोली घोषणा भएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ९आईसीसी०ले घोषणा गरेको टोलीमा स्पिनर ललित नारायण राजवंशीले राष्ट्रिय टोलीमा डेब्यू गरेका छन् । यसअघि डिभिजन टु मा उनी वैकल्पिक खेलाडीको रुपमा थिए । यस्तै विकेटकिपर ब्याट्सम्यान विनोद भण्डारीलाई भने वैकल्पिक खेलाडीमा राखिएको छ । मार्च १ देखि १५ सम्म जिम्बाब्बेमा विश्वकप छनोट खेल हुनेछ ।

नेपाल समूह ‘बी’ मा रहेको छ । यो समूहमा नेपालसहित आयोजक जिम्बाबे, अफगानिस्तान, स्कटल्याण्ड र हङकङ छन् । नेपालले पहिलो खेल मार्च ४ मा आयोजक जिम्बाबेसँग खेल्ने छ । ८ मार्चमा स्कटल्याण्डसँग, १० मार्चमा अफगानिस्तानसँग र १२ मार्चमा हङकङसँग नेपाल खेल्ने छ । प्रतियोगिताअघि नेपालले फेब्रुअरी २७ मा युएई तथा मार्च १ मा हङकङसँग अभ्यास खेल खेल्नेछ । छनोटको विजेता र उपविजेता दुई टोलीले सन् २०१९ मा इंग्ल्यान्ड र वेल्समा हुने विश्वकप खेलमा प्रतिस्पर्धा गर्न पाउने छन् ।

प्रतिक्रिया दिनुहोस
पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...