अन्तर्राष्ट्रिय कराते प्रतियोगिता वैशाखमा



हाम्रो इकोनोमि

वैशाख तेस्रो साता खोटाङमा खोटाङ–हलेसी खुला अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको दोस्रो संस्करण सञ्चालन हुने भएको छ ।

नेपाल सितोरियो कराते संघ खोटाङको आयोजनामा २०७३ साल जेठ २० देखि २२ गतेसम्म सञ्चालन गरिएको प्रथम खोटाङ–हलेसी खुला अन्तर्राष्ट्रिय कराते प्रतियोगिताकै निरन्तरता स्वरुप आगामी वैशाख २०, २१ र २२ गते दिक्तेलमा जिल्लाको हालसम्मकै ठूलो धनराशिको दोस्रो खोटाङ–हलेसी खुला अन्तर्राष्ट्रिय कराते प्रतियोगिता गर्न लागिएको हो ।

करिब रु ५० लाखको खर्चमा सम्पन्न हुने अनुमान गरिएको अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको आवश्यक तयारीका लागि आयोजक सितोरियो कराते संघले सबैसँग समन्वय गरिरहेको छ । प्रतियोगिता सञ्चालनका लागि जिल्ला समन्वय समितिका संयोजक बबी चाम्लिङको संयोजकत्वमा मूल आयोजक समिति बनाइएको छ । कराते प्रतियोगितामा नेपाली टोली, सात प्रदेश, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, भारत, भुटान, श्रीलंका र बंगलादेशका खेलाडीको सहभागिता रहने नेपाल सितोरियो कराते संघ खोटाङका अध्यक्ष सञ्जयकुमार राईले बताउनुभयो ।

प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने टोलीलाई क्रमशः रु एक लाख, रु ७० हजार र रु ५० हजार नगदको साथमा ट्रफी तथा प्रमाणपत्र प्रदान गरिने जनाइएको छ । दिक्तेलस्थित माटिकोरे खेलमैदानमा सञ्चालन हुने प्रतियोगितामा अनुशासित समूह, उत्कृष्ट मार्चपास, उत्कृष्ट महिला तथा पुरुष खेलाडी, उत्कृष्ट कोच, उत्कृष्ट व्यवस्थापक, अनुशासित पुरुष तथा महिला खेलाडीलाई जनही रु २०÷२० हजार नगदका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने अध्यक्ष राईले जानकारी दिनुभयो ।

आयोजकका अनुसार १७ स्वर्ण, १७ रजत र ३४ कास्य पदकका लागि विभिन्न तौल समूहका पुरुष÷महिला कुमिते तथा पुरुष÷महिला काँतातर्फ ३१५ खेलाडीले विभिन्न इभेन्टमा प्रतिस्पर्धा गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...