ओलीले राष्ट्रका नाममा सम्बोधन गर्ने,बाम एकताको तगारो हटाउन ओली र प्रचण्डले आज यस्तो गर्दैछन् चमत्कार



प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गरेर नयाँ सरकारको कार्यदिशा र योजना सार्वजनिक गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले केही दिनभित्रै राष्ट्रका नाममा सम्बोधन गर्ने गरी तयारी भइरहेको छ ।

‘ओलीले आफ्नो सम्बोधनमा समावेश गर्ने विषयमा तयारी गर्न सचिवालयलाई जिम्मेवारी दिएका छन् ।’ एमाले नेता विष्णु रिमालले भने, ‘केही दिन भित्रै प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन गर्नेछन्।’

प्रधानमन्त्री ओलीले माओवादीलाई पनि सरकारमा सहभागी गराएर राष्ट्रका नाम सम्बोधन गर्ने तयारी गरेका छन् । त्यसैले मिति टुंगो लागेको छैन। नयाँ प्रधानमन्त्री निर्वाचित भएपछि राष्ट्रको नाममा सम्बोधन गर्ने प्रचलन छ । पछिल्लो समय नयाँ सकार गठन, सरकारको सय दिन र सरकार छाड्नुअघि प्रधानमन्त्रीहरूले राष्ट्रको नाममा सम्बोधन गर्ने गरेका छन् ।

यता वाम एकता (एमाले र एकीकृत माओवादी एकीकरण) को प्रयासलाई अन्तिम रुप दिन सोमबार पनि दुई पार्टीका शीर्ष नेताबिच वान–टू–वान वार्ता हुँदैछ ।

शनिबारदेखि वार्तामा जुटेका एमाले अध्यक्ष केपी शर्मा ओली र एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच सोमबार पनि वार्ता हुँदैछ । तर वार्ताको समय र स्थान भने तय नभएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सचिवालय संयोजक चेतन अधिकारीले जानकारी दिए ।

दुई शीर्ष नेताबिच आइतबार भक्तपुरमा रहेका माओवादी नेताको घरमा चार घण्टा भन्दा लामो वार्ता भएको थियो ।

एकताबारे छलफलपछि
प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल व्यवसायी दुर्गा प्रसाइँको घरमा खाना खाँदै। तस्बिर: देशसञ्चार
मध्यपुरथिमिमा रहेका माओवादी नेता तथा व्यापारी दुर्गा प्रसार्इंको घरमा चार घण्टा भन्दा लामो डिनरसहितको भेटवार्तामा दुई पार्टी एकता र कार्यदिशा तथा माओवादी केन्द्रको सरकारमा सहभागिताका बारेमा छलफल भएको बताइएको छ ।

दुई नेताबिचको छलफल सकारात्मक रुपमा अघि बढेको र अब सोमबार हुने वार्ताले एकतासहितका कुरालाई मूर्त रुप लिने बताइएको छ ।

त्यसका लागि ओली र प्रचण्ड सोमबार पनि वार्तामा जुट्दै छन् । सोमबारको वार्ता निर्णायक बनाउने र त्यसपछि एकता संयोजन समितिको बैठक बोलाउने तयारी रहेको स्रोतले जनाएको छ ।

पार्टी एकताका अधिकांश विषयमा सहमति भइसकेको र बाँकी केही विषयलाई निर्णयमा पुर्‍याएर प्याकेजमै सहमति गर्ने तयारी भएको दाबी गरिएको छ ।

आइतबारको बैठकमा प्रधानमन्त्री ओलीले माओवादी केन्द्रलाई सरकारमा सहभागी हुनेको नाम पठाउन माओवादी अध्यक्ष प्रचण्डसँग आग्रह गरेको तर प्रचण्डले भने एकीकृत पार्टीको कार्यदिशाका बारेमा सहमति गरेर मात्रै अघि बढ्नु पर्ने बताएको उल्लेख गरिएको छ । पार्टी एकताको सैद्धान्तिक विषयमा केही कुरा मिल्न बाँकी भएको बताइएको छ ।

शनिबार बालकोटमा भएको वार्तापछि आइतबारका लागि एकता संयोजन समितिको बैठक डाकिएको थियो । तर आइतबार पनि ओली र प्रचण्ड वार्तामा बसेपछि एकता संयोजन समितिको बैठक अनिश्चित बनेको हो ।

आइतबार लामो वार्ता गरेका ओली र प्रचण्डबिच सोमबार पनि वार्ता हुने र एकतामा बाधा बनेर तेर्सिएका तगारो हटाउने स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस
उपनिर्वाचनका लागि दल दर्ताको आह्वान

    निर्वाचन आयोगले स्थानीय तह सदस्य उपनिर्वाचनका लागि दल दर्ताका लागि आह्वान

श्रीलंकाको संसद् भंग, आम निर्वाचनको घोषणा

    श्रीलंकाका राष्ट्रपति अनुरा कुमारा दिसानायकेले संसद् विघटन गर्नुभएको छ । राष्ट्रपति

प्रधानमन्त्री स्वदेश नफर्किँदासम्म रविलाई पक्राउ नगरिने

      प्रहरी स्रोतले पूर्वगृहमन्त्री लामिछानेलाई आजभोलि नै पक्राउ गर्ने सम्भावना नरहेको

दुर्गा प्रसाईको पक्राउविरुद्ध माइतीघर मण्डलामा विरोध प्रदर्शन

     मेडिकल व्यवसायी दुर्गा प्रसाईंको पक्राउको विरोधमा आज पनिविरोध प्रदर्शन भएको छ