ढिडो खादै चार घण्टा गोप्य बार्ता गरेका ओली र प्रचण्डले यसरी मिलाए कुरा,औपचारिक रुपमा भोली पार्टी एकता हुने



वाम गठबन्धनका प्रमुख दुई नेताले पार्टी एकतामा सहमति जुटाएका छन्।
भक्तपुरको ठिमीस्थित एक व्यवसायीको घरमा ‘लन्च मिटिङ’ गर्दै आइतबार करिब ४ घन्टा छलफल गरेका प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकतामा सहमति गरेका छन्।

एकीकृत पार्टीको नेतृत्व र सरकारमा आलोपालोको सहमति गरेर एकता प्रक्रियालाई निष्कर्षमा पुर्या उने निर्णय गरेका दुवै दलबीच एकीकृत पार्टीको सिद्धान्तलाई लिएर गतिरोध पैदा भएको थियो। दुवै नेता एमालेको जबज र माओवादीको एक्काइसौं शताब्दीको जनवादलाई समेटेर महाधिवेशनसम्म लैजान सकारात्मक भएका छन्।

स्रोतका अनुसार, पार्टी एकतामा दुई नेताबीच जुटेको सहमतिलाई सोमबार एकता संयोजन समितिको बैठकमार्फत अनुमोदन गराएर निर्णय सार्वजनिक गर्ने सहमति भएको छ। दुवै दल पार्टी एकताका मूलभूत विषयलाई आइतबारको बैठकबाट निर्णय गराई सरकार विस्तारलाई पूर्णता दिन सहमत भएका छन्।

पार्टी एकता गर्ने घोषणा गर्दै चुनावी तालमेल गरेका दुई ठूला वामपन्थी दल चुनावी नतिजा सार्वजनिक भएसँगै एकता प्रक्रियाका विभिन्न विषयमा छलफल गरिरहेका छन्। दुवै दलले एकता प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन पार्टीका शीर्ष नेतृत्वलाई जिम्मेवारी दिएका छन्।
भक्तपुरको ठिमीस्थित व्यवसायी दुर्गाप्रसाद प्रसार्इंको घरमा भएको एक्लाएक्लै वार्ता जारी रहेकै बेला आइतबार दिउसो एकाएक प्रधानमन्त्री एबं एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रसाईं निवासमा भएको लञ्चको तस्वीर सार्वजनिक भयो। दिउसो सभा १ बजेतिर खिचिएको तस्वीर दुई बजेतिर सामाजिक सञ्जालहरुमा भाइरल बनिसकेको थियो।

लञ्चमा एकातिर प्रचण्ड छन् उनको दाहिनेतिर छन् ओली। अनि, प्रचण्डको सम्मुखमा छन् घरधनी प्रसाईं। प्रचण्डको हात थालमा रहेको खानामा छ। प्रसाईं खाना रहेको थालमा दाल खन्याउन तम्तयार देखिन्छन्। अनि, दाहिने हातमा काँटा लिएर तरकारी थालमा राख्न खोजिरहेका ओली देब्रे हातमा काटिएको कागतीको टुक्रा निचोर्न खोजिरहेका छन्।

प्रसाईं निवासमा तयार पारिएको खानामा सबैभन्दा नयाँ देखिन्छ, रातो चामलको भात। आडैमा मसिनो सेतो चामलको भात रहेपनि तीनै जनाको रुचि थालमा सेतो चामलको भातमा देखिन्न। तीनै जनाको थालमा ‘मार्सी’ भनिने रातो चामलको भात देखिन्छ। ठूलो कचौरामा राखिएको सेतो चामलको भात त्यत्तिकै रहेको छ। त्यसबाहेक ओली–प्रचण्डका लागि तयार पारिएको खानामा सामेल अर्काे चिज भनेको साग हो।

वार्ताको बीचैमा प्रसाईं निवासमा दिउसोको खाना (लञ्च) खान बसेका ओली–प्रचण्डबीच प्रसाईं निवासमा पाकेको खानाका परिकारमध्ये दुई परिकारको बारेमा चर्चा सुरु भयो। ती थिए, त्यहाँ पाकेको साग र मार्सी चामलको भात।

खाना खाँदै गर्दा ओलीले प्रसाईंसँग सोधे, ‘साग कहाँबाट ल्याउनु भयो दुर्गाजी।’

घरधनी प्रसाईंले उत्तर दिए, ‘घर पछाडि करेशाबारी छ। त्यहाँ रोपेको साग हो यो।’

त्यसपछि ओलीले प्रसार्इंको भान्सामा पाकेको सागको प्रसंशा गर्न थाले, ‘गाउँघरमा गाइबस्तुको मलखाद हुन्छ नि, त्यहाँ साग रोप्यो भने मज्जासँग सप्रिन्छ। वास्ना पनि त्यस्तै मीठो हुन्छ, स्वाद पनि मीठै हुन्छ। तपाईं कहाँको सागपनि त्यस्तै मलखादको साग जस्तो रहेछ।’

ओलीले यति भन्दानभन्दै प्रचण्डले सही थपे, ‘हो, मलखादमा फलेको साग राम्रो पनि हुन्छ, त्यत्तिकै मीठोपनि हुन्छ। तपाईंको घरको सागपनि त्यस्तै रहेछ।’

‘अनि यो मार्सीको चामल चाहिँ कहाँबाट ल्याउनु भएको नि?’ सागको प्रसंशा गरेपछि ओलीले आफूले खाँदै गरेको खानाको चामलबारे सोधे।

प्रसाईंले जवाफ दिए, ‘यो चामल जुम्लाबाट ल्याएको हो।’

त्यसपछि ओलीले भने, ‘मार्सी धान फल्न त जुम्मामा फल्छ। अहिले जुम्लामा फल्ने भएपनि यो धान १३ औं शताब्दीमा कास्मीरबाट जुम्ला गएका चन्दननाथ बाबाले त्यहाँ लगेका रहेछन्।’

ओलीले त्यसो भनेपछि प्रचण्डले ‘ए त्यस्तो पो !’ भन्दै टाउको हल्लाए।

वाम गठबन्धनका प्रमुख दुई नेताले एकीकृत पार्टीको नाम, नेतृत्व र सरकारमा आलोपालोको सहमति गरिसकेका छन्। निर्णायक वार्ता प्रक्रियामा एमालेले सैद्धान्तिक विषयमा सम्झौता गर्न नसकिने बताएपछि एकता प्रक्रिया अलमलमा परेको थियो।

माओवादीको समर्थनमा नयाँ सरकारको नेतृत्व गरेका एमाले अध्यक्ष ओली सैद्धान्तिक विषयमा लचक भएर एकता प्रक्रियालाई टुंगोमा पुर्‍याउन सकारात्मक देखिएपछि पार्टी एकता प्रक्रियाले पुन: गति लिएको हो।

प्रतिक्रिया दिनुहोस
उपनिर्वाचनका लागि दल दर्ताको आह्वान

    निर्वाचन आयोगले स्थानीय तह सदस्य उपनिर्वाचनका लागि दल दर्ताका लागि आह्वान

श्रीलंकाको संसद् भंग, आम निर्वाचनको घोषणा

    श्रीलंकाका राष्ट्रपति अनुरा कुमारा दिसानायकेले संसद् विघटन गर्नुभएको छ । राष्ट्रपति

प्रधानमन्त्री स्वदेश नफर्किँदासम्म रविलाई पक्राउ नगरिने

      प्रहरी स्रोतले पूर्वगृहमन्त्री लामिछानेलाई आजभोलि नै पक्राउ गर्ने सम्भावना नरहेको

दुर्गा प्रसाईको पक्राउविरुद्ध माइतीघर मण्डलामा विरोध प्रदर्शन

     मेडिकल व्यवसायी दुर्गा प्रसाईंको पक्राउको विरोधमा आज पनिविरोध प्रदर्शन भएको छ