नेप्से ११ अंकले घट्यो, ५९ करोडको सेयर कारोवार



हाम्रो इकोनोमि

आइतबार बजार नाप्ने नेप्से परिसूचक ११.०५ अंकले घटेर १४१३.९० विन्दुमा आइपुगेको छ । समग्रमा बजार ०.७८५ घटेको हो ।

आज कुल १५९ कम्पनीको ५९ करोड रुपैयाँभन्दा धेरैको सेयर कारोबार भएको छ । १४ लाख २९ हजार ३५९ कित्ता सेयर किनबेच भएका हुन् । नेप्सेमा कारोबार भएका ९ वटा समूहमध्ये उत्पादनमूलकबाहेक बाँकी सबै समूहका सूचक तल झरेका छन् । सबैभन्दा धेरै बिमा समूहको सूचक १०७.४८ अंकले तल झरेको छ ।

यसैगरी, होटेल समूहमा ३८.६४ अंक र माइक्रोफाइनान्समा ३०.३२ अंकको गिरावट आएको छ । यता, उत्पादनमूलक समूह भने ९.६९ अंकले माथि लागेको छ । कारोबार रकमका आधारमा नेपाल इन्भेष्टमेन्ट बैंकले अग्रता लिएको छ । इन्भेष्टमेन्टको २ करोड ८१ लाख रुपैयाँभन्दा धेरैको सेयर कारोबार भएको छ । यसैगरी, कारोबार रकमकै आधारमा दोस्रो र तेस्रो स्थानमा क्रमशः सानिमा बैंक र नबिल बैंक परेका छन् ।

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...