नेप्से ११ अंकले घट्यो, ५९ करोडको सेयर कारोवार



हाम्रो इकोनोमि

आइतबार बजार नाप्ने नेप्से परिसूचक ११.०५ अंकले घटेर १४१३.९० विन्दुमा आइपुगेको छ । समग्रमा बजार ०.७८५ घटेको हो ।

आज कुल १५९ कम्पनीको ५९ करोड रुपैयाँभन्दा धेरैको सेयर कारोबार भएको छ । १४ लाख २९ हजार ३५९ कित्ता सेयर किनबेच भएका हुन् । नेप्सेमा कारोबार भएका ९ वटा समूहमध्ये उत्पादनमूलकबाहेक बाँकी सबै समूहका सूचक तल झरेका छन् । सबैभन्दा धेरै बिमा समूहको सूचक १०७.४८ अंकले तल झरेको छ ।

यसैगरी, होटेल समूहमा ३८.६४ अंक र माइक्रोफाइनान्समा ३०.३२ अंकको गिरावट आएको छ । यता, उत्पादनमूलक समूह भने ९.६९ अंकले माथि लागेको छ । कारोबार रकमका आधारमा नेपाल इन्भेष्टमेन्ट बैंकले अग्रता लिएको छ । इन्भेष्टमेन्टको २ करोड ८१ लाख रुपैयाँभन्दा धेरैको सेयर कारोबार भएको छ । यसैगरी, कारोबार रकमकै आधारमा दोस्रो र तेस्रो स्थानमा क्रमशः सानिमा बैंक र नबिल बैंक परेका छन् ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...