ठाँउ चाहार्दै र ढिडो खादै यसरी चल्दै छ ओली र प्रचण्डको वार्ता,यी बिषयमा सहमति भएको यसरी भयो खुलासा



पार्टी एकता र सरकार सञ्चालनबारे सहमति जुटाउन एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी अ‍ोली र माओवादी अध्यक्ष प्रचण्डबीच आइतबार बिहान साढे १० बजेबाट वान टु वान बार्ता सुरु भएको छ ।

भक्तपुर स्थित एक व्यवसायीका घरमा ओली प्रचण्ड वान टु वान बार्ता सुरु भएको हो । प्रचण्ड नजिकका व्यवसायी दुर्गा प्रसाईँको भक्तपुरको पुरानो ठिमीस्थित घरमा प्रचण्ड ओली वार्ता भइरहेको प्रचण्डका एक सहयोगिले बताए । खान पिन सहितको वार्तामा दुवै नेताले ढिडो खाएको बुझिएको छ ।

यसअघि ललितपुरस्थित शारदा अधिकारीको घरमा वान टु वान वार्ता गरेका ओली र प्रचण्डले आइतबारबाट घर फेरेका हुन् ।
अधिकारीको घर साँघुरो भएकाले फेरेको नेताका सहयोगिहरुले बताएका छन् ।
आइतबार ओली प्रचण्डबीच पार्टी एकता र सरकार सञ्चालनबारे निर्णयक छलफल हुने बताइएको छ ।
अध्यक्ष प्रचण्डले आज हुने बार्तापछि एकता संयोजन समितिको बैठक बोलाइने संसदीय दलको बैठकमा बताएका थिए ।

एमाले र माओवादी केन्द्रले पार्टी एकता र सरकार विस्तार प्याकेजमै टुंग्याउने गरी छलफल केन्द्रित गरेका छन् । प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच शनिबार भएको छलफलपछि दुवै विषयलाई प्याकेजमै टुंग्याउने समझदारी भएको हो । छलफल सकारात्मक दिशामा अघि बढेको दुवै पक्षका नेताहरूको दाबी छ ।

शनिबार प्रधानमन्त्रीको निजी निवास बालकोटमा ओली र प्रचण्डबीच ‘वन अन वन’ वार्तापछि दुवै नेताबीच आज एकता संयोजनको बैठकबाट सबै विषय टुंगो लगाउने गरी छलफल गर्ने समझदारी भएको छ । ओलीका प्रेस संयोजक चेतन अधिकारीले दुई नेताबीच समग्र विषयमा भएको छलफल सकारात्मक रहेकाले एकता संयोजनको बैठकमा प्याकेज छलफल गर्ने समझदारी भएको छ ।

प्रधानमन्त्री ओली र प्रचण्डबीचको समझदारीअनुसार एकता संयोजनको बैठकमा पार्टी एकताका बाँकी विषय, मन्त्रिपरिषद् भागबन्डालगायत सबै मुद्दामा छलफल हुनेछ । सैद्धान्तिक–वैचारिक विषय र नेतृत्व करिब टुंगो लागिसकेकाले एकीकृत पार्टीको सांगठनिक स्वरूपका विषयमा संयोजन समितिमा छलफल हुनेछ । दुवै अध्यक्षबीच अन्तरिम कालका लागि सकभर दुई अंकको केन्द्रीय कमिटी र छरितो स्थायी समिति बनाउने दिशामा छलफल भए पनि औपचारिक छलफल भएको छैन । तर, सरकारमा दुवैले आलोपालो नेतृत्व गर्ने समझदारी भइसकेको छ । तस्विर सामाजीक संजालबाट

पूर्वराज्यमन्त्री राईसहित ३५ बढी नेता कार्यकर्ता पक्राउ

मोरङको विभिन्न स्थानबाट नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई केन्द्रीय नेतासहित ३५ भन्दा बढी नेता कार्यकर्ता पक्राउ परेका छन् ।

पार्टीको भातृ संगठन राष्ट्रिय युवा जनस्वंयसेवकको तेस्रो राष्ट्रिय सम्मेलनमा सहभागी हुन आएका नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो । नेता कार्यकता पक्राउ परेपछि कार्यक्रम विथोलिएको छ ।

 

विराटनगरमा आयोजित कार्यक्रममा सहभागी हुन आएका उनीहरुलाई विराटनगरको राजवंशी चोक, संसारीमाई लगायतका स्थानबाट पक्राउ गरेको हो । पार्टीका केन्द्रीय नेताहरु हेमन्तप्रकाश वली र पूर्वराज्यमन्त्री पदम राईसहित ३५ भन्दा बढी नेता तथा कार्यकर्तालाई नियन्त्रणमा लिएको हो ।

विराटनगरको संसारीमाई स्थानबाट कार्यक्रममा सहभागी हुन आएका विप्लवका कार्यकर्तालाई पनि कार्यक्रमस्थलवाट प्रहरीले नियन्त्रणमा लिएको सो पार्टीका मोरङ सेक्रेटरी युगेनले जानकारी दिए ।

उनका अनुसार सोधपुछ गर्न छ भनी कार्यक्रमस्थलबाट एउटा गाडी र तीन दर्जन वढी कार्याकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

त्यसैगरी कार्यक्रममा सहभागी हुने आउने क्रममा जिल्लाका विभिन्न्ा स्थान कानेपोखरी, वेलवारी, केराबारी विराटनगरको राजवंशी चोक, सुनसरीको इनरुवा लगायतका स्थानबाट प्रहरीले १० वटा गाडी र त्यहाँ रहेका नेकपाका कार्यकर्तालाई पक्राउ गरेको हो ।

विराटनगरबाट नियन्त्रणमा लिएकाहरुलाई जिल्ला प्रहरी कार्यालयकामा राखिएको छ भने अन्य स्थानबाट नियन्त्रणमा दिएकालाई सम्बन्धित प्रहरी कार्यालयमा राखिएको सेक्रटरी युगेनले जानकारी दिए ।

प्रहरीले भने कार्यक्रममा सहभागी हुने आएकालाई सोधपुछका लागि मात्र नियन्त्रण्मा लिएको जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक विष्णुहरि कोइरालाले उनीहरुलाई सोधपुछका लागि मात्र नियन्त्रण्मा लिएको र सोधपुछ पछि छाडिने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री स्वदेश नफर्किँदासम्म रविलाई पक्राउ नगरिने

      प्रहरी स्रोतले पूर्वगृहमन्त्री लामिछानेलाई आजभोलि नै पक्राउ गर्ने सम्भावना नरहेको

दुर्गा प्रसाईको पक्राउविरुद्ध माइतीघर मण्डलामा विरोध प्रदर्शन

     मेडिकल व्यवसायी दुर्गा प्रसाईंको पक्राउको विरोधमा आज पनिविरोध प्रदर्शन भएको छ

बालेन प्रवृत्ति निरंकुश भयो, तानाशाह लाद्न खोजियो : अध्यक्ष निरौला

    नेकपा  एमाले काठमाडौंका अध्यक्ष दीपक निरौला बालेनको कार्यशैलीप्रति रुष्ट बन्नु भएको छ

कुलेखानी-सिस्नेरी सडक १२ दिन बन्द

  दक्षिणकाली-छैमले सडक कालोपत्रे गर्नका लागि हेटौँडा-काठमाडौं जोड्ने कुलेखानी सिस्नेरी सडक १२ दिन