ओली-प्रचण्डको गोप्य वार्ता ललितपुरबाट भक्तपुर सर्यो,ओलीका कारण एकता नहुने चित्रबहादुरको ठोकुवा



हाम्रो इकोनोमि

पार्टी एकता र मन्त्रिपरिषद् बिस्तारमा सहमति जुटाउन प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्ड आज निर्णायक छलफलमा जुटेका छन् ।

दुई नेताको वार्ता भक्तपुरको पुरानो ठिमीस्थित मेडिकल कलेज सन्चालक दुर्गा प्रसाईंको घरमा चलिरहेको छ ।
झापाको विर्तामोडस्थित बी एण्ड सी मेडिकल कलेजका सन्चालक प्रसाईं माओवादी अध्यक्ष प्रचण्ड निकट व्यवसायी हुन् । वर्षमान पुनमार्फत उनी माओवादीमा हावी भएको मानिन्छ । बी एण्ड सी कलेज सम्बन्धनको पर्खाइमा छ ।
यसअघिका एकता बार्ता माओवादी निकट निर्माण व्यवसायी शारदाप्रसाद अधिकारीको मानभवनस्थित निवासमा हुने गरेका थिए ।
पार्किङलगायतका सुबिधाका कारण बार्तास्थल प्रसाईं निवास रोजिएको प्रचण्डका एक सहयोगीले बताए । दुई नेतावीच शनिवार ओली निवास बालकोटमै वार्ता भएको थियो । शीर्ष तहको बार्तापछि पार्टी एकता संयोजन समितिको बैठक बस्ने बताइएको छ ।

यता मधेसकेन्द्रित राजपा, नेपाल र संघीय समाजवादी फोरम, नेपालले केपी ओली नेतृत्वको सरकारमा सहभागी हुने विषयमा ग्रिन सिग्नल देखाएका छन् ।

संविधान संशोसध र मधेस मुद्दा सम्बोधन गर्न ओली लचिलो भए राजपा र फोरम सरकारमा साभागी हुने विषयमा छलफल गर्न सकारात्कम देखिएका हुन् । प्रधानमन्त्री ओलीले प्रधानमन्त्री हुनुअघि राजपा अध्यक्षमण्डल संयोजक महन्थ ठाकुर र संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादवसँग छुट्टछुट्टै भेट गरी आफ्नो नेतृत्वमा बन्ने सरकारलाई सहयोग गर्न आग्रह गरेका थिए ।

स्रोतका अनुसार ओलीले ठाकुरसँग काठमाडौंको एक होटलमा र यादवसँग आफ्नै निजी निवास बालकोटमा कुराकानी गरेका थिए ।वार्तामा ओलीले आफू संविधान संशोधन विरोधी नभएको भन्दै मधेसलाई समेटेर अघि बढ्ने बताएका थिए ।

नीत नेताबीच बीच सरकार गठन हुनअघि अर्को चरणमा कुराकानी गर्ने सहमति भएको थियो ।
तर, माओवादी केन्द्रसँगको एकता प्रक्रियामा ओली व्यस्त भएकाले अर्को चरणको कुराकानी नभएको स्रोतको भनाइ छ ।

उता राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भारतको ईशारामा केपी ओलीले माओवादी केन्द्रलाई बाहिर राखेर मधेस केन्द्रित दलहरूसँग मिलेर सरकार बनाउन लागेको आरोप लगाएका छन् ।

प्रगतिशील पत्रकार संघ नेपाल रुपन्देहीले शनिबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष केसीले भारतकै डिजाइनमा ओली चलिरहेको आरोप लगाए । ‘केपी ओली पनि खासै भरोसाका मान्छे होइनन् । उनी पनि भारतकै ईशारामा चलेको देखियो’, उनले भने, ‘माओवादीसँग पार्टी एकीकरण गर्न पनि चाहेका छैनन् । सरकारमा प्रचण्डको पार्टीलाई लैजाने कुनै पनि संकेत देखिएन । भारतकै ईशारामा ओलीले प्रचण्डलाई बाहिर राखेर मधेस केन्द्रित दलहरूसँग मिलेर सरकार बनाउन लागेको पो देखियो ?’

एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरणको विषय टाडिँदै गइरहेका बेला जनमोर्चाका अध्यक्ष केसीले यस्तो खुलासा गरेका हुन् ।

हुन पनि पछिल्लो समय ओलीले माओवादीलाई भन्दा मधेस केन्द्रित दलहरूसँग वार्ता र सम्वाद चलाइरहेका छन् । मधेस केन्द्रित दलहरू पनि सरकारमा जान तयार भएर बसेको आरोप लाग्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस
पोखरा विमानस्थल भ्रष्टाचारमा पाँच पूर्वमन्त्रीलाई मुद्दा

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचारसम्बन्धी मुद्दा...

महाधिवेशनको उद्घाटनमा सहभागी हुन पार्टीका सदस्यको घरघरमा पत्र

    नेपाल कम्युनिष्ट पार्टी (एमाले) को यही मङ्सिर २७ गतेदेखि सुरू हुने...

प्रतिनिधिसभाको उम्मेदवारका लागि रास्वपाले २५ हजार लिने

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा...

जनार्दनलाई आफ्नै जिल्लामा कालो झण्डा

    नेकपा माओवादी केन्द्रबाट अलग भएर प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) गठन गरेपछि...