प्रचण्ड दाहाल माओवादी संसदीय दलका नेतामा निर्वाचित



हाम्रो इकोनोमि

नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज पार्टीको संसदीय दलको नेतामा चुनिनुभएको छ ।

माओवादी केन्द्र संसदीय दलको आज बसेको बैठकले पार्टी अध्यक्षलाई सर्वसम्मत रुपमा दलको नेता चुनेको पार्टी प्रवक्ता पम्फा भुसालले राससलाई जानकारी दिनुभयो । बैठकले वैचारिक पाटालाई एमाले र माओवादी केन्द्रबीचको वार्ता र सहमतिबाट टुंगाउन पहल गर्ने र पार्टी एकता तथा सरकारमा हुने सहभागितालाई सँगै लैजाने निर्णय गरेको छ ।

एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष दाहालबीच आज हुने छलफल पनि एकताअन्तर्गत पार्टीको मार्गदर्शक सिद्धान्त एवम् सरकारलाई पूर्णता दिने विषयमा छलफल हुने प्रवक्ता भुसालले बताउनुभयो । सो अवसरमा प्रतिनिधिसभा समानुपातिकतर्फ निर्वाचित हुने सांसदलाई अध्यक्ष दाहालले प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...

केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...