हाइड्रोपावरको २ अर्बबढीको आईपिओ फागुन ११ गते देखि खुल्ने



हाम्रो इकोनोमि

चिलिमे हाइड्रोपावरका दुई सहायक कम्पनीहरु साञ्जेन जलविद्युत आयोजना र रसुवागढी जलविद्युत आयोजनाले फागुन ११ गते देखि पहिलो चरणको आइपिओ निष्काशन गर्ने भएका छन् । दुबै आयोजनाले पहिलो चरणमा प्रभावित क्षेत्रका सर्वसाधारण, कर्मचारी संचयकोषका कर्मचारी तथा संचयकर्ता, नेपाल विद्युत प्राधिकरणका कर्मचारी, चिलिमे हाइड्रोपावरका कर्मचारीलाई लक्षित गरेर सेयर निष्काशन गर्नेछन् ।

साञ्जेन जलविद्युत कम्पनी लिमिटेडले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ८७ करोड ६० लाख रुपैयाँ बराबरको ८७ लाख ६० हजार कित्ता साधारण सेयर निष्काशन गर्नेछ । तीन अर्ब ६५ करोड जारी पुँजी रहेको कम्पनीले साधारण सेयर स्वामित्व ४९ प्रतिशत हुनेगरी सेयर निष्काशन गर्न लागेको हो ।

पहिलो चरणमा समूह ‘ग’ का ऋणदाता कर्मचारीको लागि छुट्टयाइएको १ प्रतिशत तथा संस्थापक शेयरधनी संस्थाका कर्मचारीको लागि ३ दशमलव ५ प्रतिशत र ‘घ’ अन्तर्गतका कर्मचारी सञ्चय कोषमा रकम जम्मा गरेका संचयकर्ता कर्मचारीलाई छुट्टयाइएको १९ दशमलव ५ प्रतिशत सेयर निष्काशन हुनेछ । उक्त आईपिओ निष्काशनको लागि कम्पनीले नागरिक लगानी कोषलाई बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ ।

रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले एक सय रुपैयाँ अंकित मूल्यमा एक अर्ब ६४ करोड २१ लाख चार हजार रुपैयाँ बराबरको एक करोड ६४ लाख २१ हजार ४० कित्ता साधारण सेयर निष्काशन गर्नेछ । सेयर निष्काशनका लागि कम्पनीले सिद्धार्थ क्यापिटल, एनआईबीएल क्यापिटल मार्केट लिमिटेड, ग्लोबल आइएमई क्यापिटल र एनसिएम मर्चेण्ट बैङ्किङ लिमिटेडलाई सेयर निष्काशन तथा विक्री प्रबन्धकमा चयन गरेको छ । सेयर आवेदनका लागि डिम्याट खाता अनिवार्य गरिएको छ । धितोपत्र बोर्डले सिआस्वा अनिवार्य गरेको छ ।

प्रतिक्रिया दिनुहोस
पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...

बूढीगण्डकी बाढीले आरुघाट-धादिङ जोड्ने पुलपनि बगायो

    बूढीगण्डकी नदीमा आएको भीषण बाढीले आरुघाट र धादिङ जोड्ने मोटरेबल पुल...

बूढीगण्डकी बाढीले दुई झोलुङ्‍गे र एउटा फलामको पुल बगायो

    गोरखा बूढीगण्डकीमा आइतबार बिहान आएको आकस्मिक बाढीले दुई वटा झोलुङ्गे पुल...