आज बस्ने भनेको एकता संयोजन समितिको बैठक स्थगित,ओली र प्रचण्ड बीच यसरी मिलेन कुरा



हाम्रो इकोनोमि

वाम एकता (एमाले र एकीकृत माओवादी एकीकरण) को प्रयासलाई अन्तिम रुप दिन आइतबारका लागि बस्ने भनिएको एकता संयोजन समितिको बैठक स्थगित भएको छ ।

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच शनिबार बालकोटमा भएको वार्तापछि आइतबारका लागि एकता संयोजन समितिको बैठक बस्ने तय भएको थियो ।

तर दुई पार्टीका अध्यक्षबिच नै एकताका विषयमा मिल्न बाँकी कुरामा सहमतिको खाँचो रहेको र त्यसका लागि दुई शीर्ष नेताबिच अन्तिम चरणाको वार्ताको खाँचो रहेको भन्दै एकता संयोजन समितिको बैठक स्थगित गरिएको हो ।

हिजो बालकोटमा वार्ता गरेका ओली र प्रचण्डबिच आइतबार बिहान ११ बजेपछि भक्तपुरमै माओवादीका एक कार्यकर्ताको घरमा गोप्य छलफल हुने तय भएको छ । ओली र प्रचण्डबिच आइतबार लामो वार्ता हुने र एकतामा बाधा बनेर तेर्सिएका तगारो हटाउने प्रयास हुने स्रोतले बताएको छ ।

आइतबारको ओली–प्रचण्ड वार्ता वाम एकताका लागि ‘ब्रेक–थ्रु’ बनाउने तयारी रहेको स्रोतको दाबी छ । ओली–प्रचण्ड वार्तापछि सोमबार एकता संयोजन समितिको बैठक बस्ने सम्भावना रहेको नेताहरुले बताएका छन् ।

ओली–प्रचण्डबिचको वार्ताको स्थान खुलाईएको छैन भने दुई अध्यक्षबिच के–के विषयमा कुरा मिल्न बाँकी छ भन्ने कुरा पनि बाहिर आएको छैन ।

सिद्धान्त तथा पदीय भागबण्डामा कुरा अड्किँदा गएको बुधबारपछि एकता संयोजन समितिको बैठक बस्न सकेको थिएन ।

तर शनिबार एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच बालकोटमा भएको छलफलले रोकिएको एकता छलफलको बाटो फेरि खोलेको थियो ।

अड्किएको एकता प्रक्रिया शनिबार ओली र प्रचण्डबिच भएको बालकोट वार्ताले अघि बढाएको देखिए पनि आइतबार फेरि एकता संयोजन समितिको बैठक स्थगित गरेर दुई अध्यक्ष गोप्य छलफलमा बस्नुले मिल्न बाँकी कुरा अझै रहेको देखिन्छ । यसलाई चिर्न दुवै पक्षका नेतामा ग्याग गर्न सक्ने खुबीको खाँचो भने रहेको छ ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...