प्रचण्ड भन्छन-वामगठबन्धन टुटाउन मलाई यस्तो अफर आयो र धम्की पनि यसरी पाँए



माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निर्वाचनमा बहुमत आएपछि विभिन्न प्रलोभन र धम्की दिएर वाम गठबन्धन टुटाउने प्रयास भइरहेको दावी गरेका छन्।

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मासँग भएको भेटलगत्तै महोत्तरीको हात्तीलेट पुगेका प्रचण्डले त्यहाँ आयोजित सभा तथा पार्टी प्रवेश कार्यक्रममा यस्तो दावी गरेका हुन्।
‘गठबन्धनलाई सफल हुन नदिन एमाले र माओवादी केन्द्रका नेता कार्यकर्तालाई धम्की आएको छ’ प्रचण्डले भने, ‘हामी कोहीपनि यस्तो धम्की र प्रलोभनमा फस्नु हुँदैन।’

एमाले–माओवादी केन्द्रबीच एकता हुन नदिन खोज्ने षडयन्त्रको विरुद्ध दुबै पार्टीका नेता–कार्यकर्ताले आफ्नो पार्टी र नेतालाई सतर्क बनाउने जिम्मेवारी आएको पनि उनले बताए।
‘तपाईंहरुले एक–दुई नेतामा मात्र भर पर्नुहुँदैन’ प्रचण्डले भने, ‘सबै जनता र कार्यकर्ता अगाडि नआए षडयन्त्रकारीहरुको प्रयास सफल हुन सक्छ।’

उनले विगतमा पहाडले भन्दा मधेशले आफ्नो आव्हानलाई गम्भीरतापूर्वक लिएको समेत बताएका छन्।
‘स्थानीय निर्वाचनमा पहाडमा ७३ प्रतिसत मत खस्यो, तर मधेशमा ७७ प्रतिसत’ उनले अथ्र्याए, ‘पहाडको तुलनामा मधेशले एकताको मेरो आव्हानलाई गम्भीरतापूर्वक लिएको देखियो।’

विगतमा कुनैपनि सरकार ५ वर्ष नटिकेको बताउँदै प्रचण्डले स्थायित्व, सुशासन, शान्ति र सुशासनका लागि वामगठबन्धनको निर्माण गरिएको बताए।
इतिहासमा एउटै व्यक्तिले विभिन्न महत्वपूर्ण जिम्मेवारी नपाएपनि आफूलाई भने नेपाली जनताले यस्तो जिम्मेवारी दिएको उनले दावी गरे।‘युद्ध र शान्ति दुबैको नेतृत्व गर्ने अवसर मैले पाएँ’ उनले थपे, ‘अब जनवादी आन्दोलन र समाजवादी आन्दोलनको नेतृत्व गर्ने मलाई जनताले दिएका छन्।’

प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आइतबार एकता संयोजन समितिको बैठक बोलाउने सहमति भएको छ।
पार्टी एकताका विषयमा शनिवार बिहान ओली–प्रचण्डबीच भएको एक्लाएक्लै भेटघाट र छलफलले संयोजन समितिको बैठक आइतबार बोलाउने निर्णय गरेको हो।
बुधवार बसेको एकता संयोजन समितिको बैठकमा पार्टी एकतालाई लिएर विमति पैदा भएपछि ओली र प्रचण्ड पहिलोपटक एक्लाएक्लै छलफलमा बसेका हुन्।

प्रधानमन्त्री ओलीका प्रैस संयोजक चेतन अधिकारीका अनुसार दुई शीर्ष नेताबीच करिव ४५ मिनेट कुराकानी भएको थियो।

‘उहाँहरुबीच छलफल भयो, आइतबार एकता संयोजन समितिको बैठक बोलाउने सहमति भएको छ’, उनले भने।
पार्टी एकतामा असमझदारी पैदा भएपछि माओवादी केन्द्रले ओली सरकारमा मन्त्रीहरु पठाएको छैन।
माओवादी केन्द्रले सरकारलाई समर्थन भएपनि पार्टी एकताका विषयमा टुंगो नलागी सरकारमा मन्त्री नपठाउने अडान राख्दै आएको छ।

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री स्वदेश नफर्किँदासम्म रविलाई पक्राउ नगरिने

      प्रहरी स्रोतले पूर्वगृहमन्त्री लामिछानेलाई आजभोलि नै पक्राउ गर्ने सम्भावना नरहेको

दुर्गा प्रसाईको पक्राउविरुद्ध माइतीघर मण्डलामा विरोध प्रदर्शन

     मेडिकल व्यवसायी दुर्गा प्रसाईंको पक्राउको विरोधमा आज पनिविरोध प्रदर्शन भएको छ

बालेन प्रवृत्ति निरंकुश भयो, तानाशाह लाद्न खोजियो : अध्यक्ष निरौला

    नेकपा  एमाले काठमाडौंका अध्यक्ष दीपक निरौला बालेनको कार्यशैलीप्रति रुष्ट बन्नु भएको छ

कुलेखानी-सिस्नेरी सडक १२ दिन बन्द

  दक्षिणकाली-छैमले सडक कालोपत्रे गर्नका लागि हेटौँडा-काठमाडौं जोड्ने कुलेखानी सिस्नेरी सडक १२ दिन