नवराज सिलवालका पक्षमा ओलीले यस्तो चाले कदम,सबै मिलाउन ओली र प्रचण्डको यसरी मिल्यो कुरा



प्रधानमन्त्री ओली निकट उच्च स्रोतले दिएको जानकारी अनुसार उनले आज केही कानूनविदहरुलाई निवासमा बोलाएर सिलवालको केसको बारेमा के गर्न सकिन्छ भन्दै परामर्श गरेका छन् ।

देउवाको प्रधानमन्त्रीबाट बर्हिगमन र ओलीको प्रधानमन्त्रीमा सत्तारोहणसँगै सिलवालले आक्रोशित र प्रफुल्लित भएर आपत्तिजनक ट्विट गरेका थिए । उनले भनेका थिए,‘कानूनको धज्जी उडाएर आफ्नो स्वार्थपूर्ति गर्न जे पनि गर्न तयार एउटा अधिनायकवादी पात्रको ज्यादतिबाट मुलुकले आज उन्मुक्ति पाएको छ ।

ओली सुरुदेखि नै सिलवालको बचाउमा थिए । उनले डीआईजीहरुको कार्यसम्पादन मूल्यांकन रिपोर्टमा सिलवालले नभई सरकारले कीर्ते गरेको आरोप सम्म लगाएका थिए । सिलवालले अदालतमा पेश गरेको कार्यसम्पादन मूल्यांकन सही भएको दाबी गर्दै ओलीले एक कार्यक्रममा भनेका थिए,‘कहाँबाट प्राप्त भयो त्यो बग्लै कुरा हो । कसरी लिकेज भयो, त्यो सरकारले छानविन गरोस् ।’

त्यतिमात्रै होईन, एमाले स्थायी कमिटिले पार्टीका ललितपुर क्षेत्र नम्बर एकबाट निर्वा्चित सांसद नवराज सिलवालविरुद्ध इन्टरपोलले ‘डिफ्युजन नोटिस’ जारी गरेको भनी प्रकाशित तथा प्रसारित समाचारप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराएको थियो ।

एमालेले त्यतिवेला प्रेस विज्ञप्ती जारी समेत गरेको थियो । विज्ञप्तीमा सिलवालविरुद्ध पूर्वाग्रह, प्रतिसोध र अतिरञ्जित तरिकाले नेपाल सरकार लागेको आरोप लगाईएको थियो ।

प्रहरी सेवामा छदा आफ्नो बढुवाका लागि ‘कीर्ते’ कार्य सम्पादन मुल्यांकन पेश गरेको अभियोगमा सुनुवाई हुँदा सर्वोच्च अदालतले त्यसमा दोषी व्यक्तिलाई कारवाही चलाउन आदेश दिएपछि प्रहरीले सिलवालविरुद्ध पक्राउ आदेश जारी गर्नुका साथै इन्टरपोलमार्फत ‘डिफ्युजन नोटिस’ जारी गरेको छ।
यता वाम गठबन्धनका प्रमुख नेताबीच पार्टी एकतालाई निष्कर्षमा पुर्‍याउँदै सरकार गठनलाई पूर्णता दिने सहमति भएको छ।

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच आज बिहान करिब ४५ मिनेट भएको भेटवार्तामा सरकार गठनलाई पूर्णता दिने र पार्टी एकताका बाँकी विषयमा सहमति जुटाउने विषयमा छलफल भएको हो।

जिल्ला भ्रमणमा निस्कन लागेका माओवादी अध्यक्ष दाहालले शनिबार बिहान १० बजे प्रधानमन्त्री ओलीसँग एक्लै भेटवार्ता गरेका थिए। दुवै दलका प्रमुख नेताले भोलि एकता संयोजन समितिको बैठक बोलाएर मिल्न बाँकी बिषयलाई टुंगोमा पुर्‍याउने सहमति गरेका छन्। एमाले अध्यक्षका प्रेस संयोजक चेतन अधिकारीले भोलि एकता संयोजन समितिको बैठक बसेर सरकारलाई पूर्णता दिने र एकतालाई निष्कर्षमा पुर्‍याउने सहमति बनेको बताए।

बैठकको समय र स्थान तय नभए पनि माओवादी अध्यक्ष दाहाल काठमाडौं फर्किएलगत्तै छलफल अघि बढ्नेछ।

वाम गठबन्धनका प्रमुख दुई नेताले एकीकृत पार्टीको नेतृत्व र सरकारमा आलोपालोको सहमति गरे पनि एकीकृत पार्टीको मार्गदर्शक सिद्धान्तमा एकता प्रक्रिया अड्किएको छ। एमालेका शीर्ष नेताले एकीकृत पार्टीको सिद्धान्त ‘जनताको बहुदलीय जनवाद’ राख्नैपर्ने अडान राखेपछि एकता प्रक्रियाको निर्णायक वार्ता निष्कर्षविहीन भएको थियो।

तत्काल एकता प्रक्रिया स्थगित भए पनि माओवादीको समर्थनमा एमाले अध्यक्ष ओली प्रधानमन्त्रीमा नियुक्त भइसकेका छन्। एकता प्रक्रिया निष्कर्षमा नपुगेको भन्दै ओलीले नेतृत्व गरेको सरकारमा माओवादी केन्द्र हाल सहभागी भए

प्रतिक्रिया दिनुहोस
नेकपा एसका ५ सांसदसहित १३४ केन्द्रीय सदस्य पार्टी फुटाउने पक्षमा

    अध्यादेशबाट बनेको नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरू राजनीतिक दल विभाजन सहज

नेकपा एस एकढिक्का छ : माधव नेपाल

    नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी अरुमा विलीन हुन लागेको

पार्टीको परीक्षण निर्वाचनले गर्छ, सामाजिक सञ्जालले होइन : शंकर पोखरेल

     नेकपा एमालेका महासचिव शंकर पोखरेलले अन्य पार्टीका नेता-कार्यकर्तालाई एमालेको चिन्ता नलिन

हेटौँडा-कुलेखानी-सिस्नेरी-काठमाडौँ सडक खुल्यो

    हेटौँडा–काठमाडौँलाई जोड्ने हेटौँडा–कुलेखानी–फाखेल–सिस्नेरी–काठमाडौँ सडकमा दुईतर्फी नै यातायात सञ्चालनमा आएको छ ।