ओली र प्रचण्ड बीच ४५ मिनेट सम्म यस्तो भयो कुराकानी,प्रधानमन्त्री बने पछी आज पार्टी कार्यालय पुगे



प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आइतबार एकता संयोजन समितिको बैठक बोलाउने सहमति भएको छ।

पार्टी एकताका विषयमा शनिवार बिहान ओली–प्रचण्डबीच भएको एक्लाएक्लै भेटघाट र छलफलले संयोजन समितिको बैठक आइतबार बोलाउने निर्णय गरेको हो।
बुधवार बसेको एकता संयोजन समितिको बैठकमा पार्टी एकतालाई लिएर विमति पैदा भएपछि ओली र प्रचण्ड पहिलोपटक एक्लाएक्लै छलफलमा बसेका हुन्।
प्रधानमन्त्री ओलीका प्रैस संयोजक चेतन अधिकारीका अनुसार दुई शीर्ष नेताबीच करिव ४५ मिनेट कुराकानी भएको थियो।

‘उहाँहरुबीच छलफल भयो, आइतबार एकता संयोजन समितिको बैठक बोलाउने सहमति भएको छ’, उनले भने।
पार्टी एकतामा असमझदारी पैदा भएपछि माओवादी केन्द्रले ओली सरकारमा मन्त्रीहरु पठाएको छैन।
माओवादी केन्द्रले सरकारलाई समर्थन भएपनि पार्टी एकताका विषयमा टुंगो नलागी सरकारमा मन्त्री नपठाउने अडान राख्दै आएको छ।

एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज पार्टी मुख्यालयमा २ घण्टा बिताउने भएका छन्।
विहीबारमात्र प्रधानमन्त्री बनेका ओली आज दिउसो ३ बजे धुम्बाराहीस्थित पार्टी मुख्यालय पुगेका हुन्।
आफू प्रधानमन्त्री बनेकामा शुभकामना र शुभेच्छा दिन चाहने नेता–कार्यकर्तासँग भेटघाट गर्ने ओलीको योजना छ।
प्रधानमन्त्रीको शपथ ग्रहणपछि ओली शपथ ग्रहण, मन्त्री परिषदको बैठक र चम्पादेवीस्थित पुष्पलाल स्मृति पार्क पुगेका थिए।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रधानमन्त्री नियुक्त भएपछि धुम्बाराही पुगेपछि शपथ ग्रहणपछि चाहिँ गएका थिएनन्।
शुक्रबार ओलीले बालकोटस्थित निवासमा नै शुभेच्छुकहरुबाट शुभकामना र शुभेच्छा ग्रहण गरेका थिए।

प्रधानमन्त्री ओलीका प्रेस संयोजक अधिकारीका अनुसार पार्टी मुख्यालयमा कुनै औपचारिक कार्यक्रम भने आयोजना गरिएको छैन।‘मूख्यत शुभकामना आदान–प्रदानका लागि उहाँ पार्टी कार्यालय जान लाग्नु भएको हो’ अधिकारीले भने, ‘शुभेच्छुकहरुलाई अनौपचारिक रुपमा सम्बोधन चाहिँ हुनसक्छ।’

नयाँ प्रधानमन्त्री वीपीजस्तो कि महेन्द्रजस्तो?

उहिले उहिले भनिन्थ्यो र सुनिथ्यो– ‘नेपाली माटो सुहाउँदो।’

अहिले फेरि सुनिन र भनिन थालेको छ– ‘नेपाली माटो सुहाउँदो।’

उहिले उहिले सुनिने नेपाली माटो सुहाउँदो पन्चायतसँग सम्बन्धित थियो। अहिले भनिन र सुनिन थालेको माटो सुहाउँदो कम्युनिष्टसँग सम्बन्धित छ।

यो नेपाली माटो पनि बडो बिचित्रको छ। कहिले पन्चायतसँग सुहाउँछ, कहिले सम्बैधानिक राजतन्त्रसँग सुहाउँछ, कहिले गणतन्त्रसँग।

गणतन्त्र पनि अन्यत्रको जस्तो हो र? नेपाली माटो सुहाउँदो रे! नेपाली माटो सुहाउँदो गणतन्त्रको अभ्यास भएको पनि दश एघार वर्ष नाघिसक्यो। अब फेरि नेपाल, गणतन्त्र भित्रपनि नेपाली माटो सुहाउँदो ‘कम्युनिज्म’ मा प्रवेश गर्दैछ।

सायद २०५२ सालतिरको कुनै दिन हुनुपर्छ, जतिबेला मनमोहन अधिकारीको नेतृत्वमा सरकार बन्दै थियो। त्यतिबेला मेरा प्रिय चिन्तक डा दुर्गाप्रसाद भण्डारीले कम्युनिष्ट सरकारप्रति व्यंग्य गर्दै कान्तिपुर दैनिकको झण्डै पूरा एक पृष्ठमा लेख्नु भएको लेखको शीर्षक थियो– ‘हेमा मालिनीको गालामा झुसे दाह्री।’

त्यती राम्री हेमा मालिनीको गालामा झुसे दाह्री जति अस्वभाविक र असुहाउँदो हो, नेपालमा कम्युनिष्ट सरकार पनि त्यत्तिकै अस्वभाविक र असुहाउँदो हो भन्ने भाव थियो डा साबको त्यतिबेला।

यतिबेला डा भण्डारी अस्वस्थ्य हुनुहुन्छ।

अहिले लेख्न सक्ने भए शायद उहाँले लेख्नुहुँदो हो– ‘हेमा मालिनीको गालामा फेरि झुसे दाह्री।’

तर स्वथ्य र लेख्न सक्ने भएको भए म उहाँलाइ भन्ने थिएँ– ‘सर, अब नेपालमा कम्युनिष्ट सरकार हेमा मालिनीको गालाको झुसे दाह्री रहेन।’

बरु, हेमा मालिनी जस्तै साँच्चिकै सुन्दर र प्रिय पो बन्दै गएको छ पो त।

नेपालमा कम्युनिष्ट सरकार कति र कतिन्जेल सुन्दर र प्रिय रहिरहन्छ, त्यो भने पर्खनु पर्ने विषय हो। यति भने अहिले नै भन्न सकिन्छ– शोले ताकाकी हेमा मालिनी अहिले चाहेर पनि भेटिँदैन। समयले हेमा मालिनीलाई हेमा मालिनी रहिरहन दिँदैन, नेपालका कम्युनिष्टका के कुरा।

यति भनेर अब फर्किउँ फेरि माटो सुहाउँदो तर्फ।

वीपी कोइरालाहरु माटोलाई आत्मा सरह मान्थे। र, त्यसैले भन्ने गर्थे– ‘कुनै द्विविधा भयो भने एक मुठी माटो हातमा लिनु र आत्माले जे भन्छ त्यही गर्नु।’

राजा महेन्द्र ठिक उल्टो थिए। उनी आत्मालाई निमोठेर माटोलाई आफु अनुकुल बोल्न लगाउँथे। आत्मा पनि दबाबमा, माटो पनि दबाबमा।

यसैले वीपीले भन्ने गरेको माटो र महेन्द्रले भन्ने गरेको माटोमा फरक छ। हो, यो माटोको फरक बुझ्न सकिएन भने फेरि पनि नेपाली माटो सुहाउँदो ‘कम्युनिज्म’ नेपालमा नेपाली माटो सुहाउँदो ‘पन्चायत’ जस्तो हुनेछ।

माटोलाई आत्मा मान्ने कि शरीर मान्ने? अहिले प्रसव वेदनामा रहेको ‘नेपाल कम्युनष्टि पार्टी’ र बनिसकेको ओली सरकारले अहिले नै छुट्टयाउन सक्नुपर्छ।

माटोलाई शरीर मानेर आत्मालाई दाश बनाउनेतर्फ लाग्ने हो भने नेपालमा ‘कम्युनिज्यम’ पन्चायत जस्तो हुनेछ। माटोलाई आत्मा र शरीरलाई त्यसको सहायक मानेर अगाडि बढ्ने हो भने प्रसव वेदनामा रहेको ‘नेपाल कम्युनिष्ट पार्टी’ र बनिसकेको ओली सरकारले सार्थकता पाउनेछन्।

खासमा त, अबको समय नेपाली माटो सुहाउँदो ‘कम्युनिज्म’ वा अरु कुनै सिद्धान्तको होइन, नेपाली माटो सुहाँउदो विकासको हो। खासमा, अति आदर्शवादी शब्दका सिद्धान्तका दिन अब सकिएकै हुन्। यो समयले हामीलाई बढी आदर्शवादी र कट्टर ‘शब्दवाला–सिद्धान्तवादी’ हुनै दिँदैन। एउटा आइफोनको आइडियाले वा एउटा फेसबुकको आविष्कारले विश्व समाजलाई हल्लाइदिने यो समयमा कहाँ रट्दै आएका पुराना शब्दवाला सिद्धान्तहरु काम लाग्छन र जतिसुकै माटो सुहाउँदो भनेपनि?

हुनत, नेपाल सिद्धान्तको राजनीतिबाट होइन, नाराको राजनीतिबाट बर्षौंदेखि आक्रान्त भएको देश हो।

शब्दवाला सिद्धान्तहरु त कहाँ, कहिले खराब थिए र?

कार्यान्वयन गर्नु नपर्ने सिद्धान्त च्यापेर बसेर पो। सिद्धान्तलाई माटो सुहाउँदो बनाउन र भनाउन खोज्ने तर आफुहरु भने माटो सुहाउँदो हुनु नपर्ने। आफुहरु चाहिँ कहिले दिल्लि सुहाउँदो, कहिले बेइजिङ सुहाउँदो, कहिले ब्रसेल्स वा वाशिंगटन सुहाउँदो हुने, सिद्धान्त भने माटो सुहाउँदो भएको गुड्डी हाँक्ने।

भो, अब यो चाहिएन।

माटो सुहाउँदो सिद्धान्त हुन, पहिले आफु माटो सुहाँउदो हुन जान्नुपर्छ। कठै, तिनका हावभाव, काम गराई र व्यवहारमा अलिकति पनि नेपाली माटोको गन्ध छैन। तिनमा ह्वास्स गन्ध आउँछ, अन्यत्र कतैको।

यसैले, माटो सुहाउँदो शब्दवाला–सिद्धान्तलाई आधार मानेर वा त्यसैलाई सम्झेर वा रटेर सरकार चलाउनुको अब खासै अर्थ रहँदैन।

आजको दुनियाँमा प्रविधिको यसरी विकास भैरहेको छ कि भोली के हुन्छ कसैले भन्न सक्दैन। अबका दश बीस वर्षमा यो दुनियाँ अझ् अर्कै भैसक्नेछ।

खासमा त प्रधानमन्त्री ओलीले हिजोको सिद्धान्त र अति आदर्श होइन, भोलीको रोबर्टलाई सम्झेर पो सरकार चलाउनु पर्नेछ त।

प्रधानमन्त्री ओलीज्यु, पत्रकारिताका सन्दर्भमा एकाध पटक भएका भेटहरु बाहेक तपाईंसँग मेरो कुनै दोहारो चिनजान छैन। तर मलाई किन किन तपाईंको ‘बोल्डनेश’ शैली र एकखालको स्पष्टता प्रिय लाग्छन्। झन् जब मेरो श्रीमती तारा रावलले तपाईंसँग अन्तर्वार्ता लिन जाँदा तपाईंको मुखबाट नारायण गोपालका गीतहरु पनि सुनेर फर्केको सन्दर्भ सुनाउँछिन्, मलाई तपाईंको ‘डाइनामिजम’ झन् प्रिय लाग्छ।

ती सबै सक्कली नै हुन कि नक्कली हुन्, त्यो भने अझै मैले छुट्टयाइसकेको छैन। भगवानले कृपा गरुन, तपाईं जस्तो देखिनु र सुनिनु भएको छ त्यस्तै हुनुस् र रहन सक्नुस्।

टाढाबाट मेरो आग्रह छ– नेपालको माटो सुहाउँदो नेपाल होइन, विश्व सुहाउँदो नेपाल बनाउन तर्फ लाग्नुस्, प्रधानमन्त्रीज्यु। मेरो आग्रह छ– नेपाली माटो सुहाउँदो नेपाली होइन, विश्व सुहाउँदो नेपाली बनाउनतर्फ लाग्नुस्।

अबको नेपालले आफ्नो सुगन्ध छर्न सक्नुपर्छ बाँकी दुनियाँलाई, अन्यत्रको गन्ध आफैंभित्र गन्हाउने होइन।

प्रतिक्रिया दिनुहोस
नेकपा एसका ५ सांसदसहित १३४ केन्द्रीय सदस्य पार्टी फुटाउने पक्षमा

    अध्यादेशबाट बनेको नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरू राजनीतिक दल विभाजन सहज

नेकपा एस एकढिक्का छ : माधव नेपाल

    नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी अरुमा विलीन हुन लागेको

पार्टीको परीक्षण निर्वाचनले गर्छ, सामाजिक सञ्जालले होइन : शंकर पोखरेल

     नेकपा एमालेका महासचिव शंकर पोखरेलले अन्य पार्टीका नेता-कार्यकर्तालाई एमालेको चिन्ता नलिन

हेटौँडा-कुलेखानी-सिस्नेरी-काठमाडौँ सडक खुल्यो

    हेटौँडा–काठमाडौँलाई जोड्ने हेटौँडा–कुलेखानी–फाखेल–सिस्नेरी–काठमाडौँ सडकमा दुईतर्फी नै यातायात सञ्चालनमा आएको छ ।