नयाँ सरकार गठनसँगै नवराज सिलवाल प्रकरणमा नयाँ मोडमा,एसएसपी भन्छन्–हामीसँग डकुमेन्ट छैन



बिहीबार अपराह्न शीतल निवासमा निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ता हस्तान्तरणको तयारी गर्दैगर्दा पूर्वडीआईजी नवराज सिलवालले ट्वीट गरे, ‘कानूनको धज्जी उडाएर आफ्नो स्वार्थपूर्ति गर्न जे पनि तयार एउटा अधिनायकवादी पात्रको ज्यादतीबाट मुलुकले आज उन्मुक्ति पाएको छ ।’

 

मुलुकले उन्मुक्ति पायो पाएन त्यो भोलिका दिनले बताउँला । तर, एमाले सांसद समेत रहेका सिलवालले भने सरकारी कागजात कीर्तेको मुद्दाबाट भने तत्काललाई राहत पाउने देखिएको छ ।

एमाले अध्यक्ष ओलीको नेतृत्वमा नयाँ सरकार गठन भएसँगै सिलवालको मुद्दामा नयाँ ट्वीस्ट आएको छ ।

सिलवाललाई पक्राउ गर्न पत्र काट्ने महानगरीय प्रहरी परिसरले सिलवाल प्रकरणामा नरम शैली अपनाउने छनक दिएको हो । परिसर प्रमुख एसएसपी विश्वराज पोखरेलले मुद्दा चलाउने वा नलचाउने अधिकार सरकारी वकिलमा रहेको भन्दै सिलवालका सन्दर्भमा आफूले केही नबोल्ने बताएका छन् ।

काठमाडौं प्रहरी परिसरले सिलवाललाई पक्राउ गर्न पूर्जी नै काटेको थियो । तर, उनी पक्राउ परेनन् ।

देउवा सरकार विदा हुनु अघि एसएसपी रविन्द्र धानुक बाग्लुङ सरुवा गरेर परिसर प्रमुख पोखरेललाई ल्याइयो । सिलवालविरुद्ध मुद्दा चलाउनकै लागि धानुकलाई हटाएर पोखरेललाई ल्याइएको दाबी एमालेको छ ।

परिसर प्रमुख एसएसपी विश्वराज पोखरेलले मुद्दा चलाउने वा नलचाउने अधिकार सरकारी वकिलमा रहेका भन्दै सिलवालको सन्दर्भमा आफूले केही नबोल्ने बताएका छन्

महान्यायाधिवक्ता बसन्तराम भण्डारीले विभिन्न सञ्चारमाध्यमलाई दिएको अन्तर्वार्ताले पनि यो दाबीलाई नै बल पुगेको थियो ।

भण्डारी (जसले शुक्रबार राजीनामा दिए) कै दबावमा आईजीपी नियुक्ति विवादमा अदालतमा पेश भएको कार्यसम्पादन मुल्यांकन कीर्ते प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यलयमा पठाइएको थियो ।

तर, सरकारी वकिलले नमानेपछि उनी आफैंले मुद्दा दर्ता गर्न खोजे । बुधबार दिनभरको प्रयास असफल भएपछि महान्यायाधिवक्ता भण्डारीले बिहीबार मिसिलको फोटोकपी लगेर दर्ता गर्न खोज्दा अदालतले लिन मानेन ।

अहिले मिसिल वकिल कार्यालयमा अड्किएको छ । कार्यालयका प्रमुख सूर्यराज दाहाल भन्छन्, ‘हामी मिसिल अध्ययनको क्रममा छौं । अध्ययनपछि मुद्दा चल्ने वा नचल्ने निर्णय हुन्छ ।’

बिहीबार अपराह्न शीतल निवासमा निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ता हस्तान्तरणको तयारी गर्दैगर्दा पूर्वडीआईजी नवराज सिलवालले ट्वीट गरे, ‘कानूनको धज्जी उडाएर आफ्नो स्वार्थपूर्ति गर्न जे पनि तयार एउटा अधिनायकवादी पात्रको ज्यादतीबाट मुलुकले आज उन्मुक्ति पाएको छ ।’

 

मुलुकले उन्मुक्ति पायो पाएन त्यो भोलिका दिनले बताउँला । तर, एमाले सांसद समेत रहेका सिलवालले भने सरकारी कागजात कीर्तेको मुद्दाबाट भने तत्काललाई राहत पाउने देखिएको छ ।

एमाले अध्यक्ष ओलीको नेतृत्वमा नयाँ सरकार गठन भएसँगै सिलवालको मुद्दामा नयाँ ट्वीस्ट आएको छ ।

सिलवाललाई पक्राउ गर्न पत्र काट्ने महानगरीय प्रहरी परिसरले सिलवाल प्रकरणामा नरम शैली अपनाउने छनक दिएको हो । परिसर प्रमुख एसएसपी विश्वराज पोखरेलले मुद्दा चलाउने वा नलचाउने अधिकार सरकारी वकिलमा रहेको भन्दै सिलवालका सन्दर्भमा आफूले केही नबोल्ने बताएका छन् ।

काठमाडौं प्रहरी परिसरले सिलवाललाई पक्राउ गर्न पूर्जी नै काटेको थियो । तर, उनी पक्राउ परेनन् ।

देउवा सरकार विदा हुनु अघि एसएसपी रविन्द्र धानुक बाग्लुङ सरुवा गरेर परिसर प्रमुख पोखरेललाई ल्याइयो । सिलवालविरुद्ध मुद्दा चलाउनकै लागि धानुकलाई हटाएर पोखरेललाई ल्याइएको दाबी एमालेको छ ।परिसर प्रमुख एसएसपी विश्वराज पोखरेलले मुद्दा चलाउने वा नलचाउने अधिकार सरकारी वकिलमा रहेका भन्दै सिलवालको सन्दर्भमा आफूले केही नबोल्ने बताएका छन्अनलाईन खबरमा समचार छ

महान्यायाधिवक्ता बसन्तराम भण्डारीले विभिन्न सञ्चारमाध्यमलाई दिएको अन्तर्वार्ताले पनि यो दाबीलाई नै बल पुगेको थियो ।

भण्डारी (जसले शुक्रबार राजीनामा दिए) कै दबावमा आईजीपी नियुक्ति विवादमा अदालतमा पेश भएको कार्यसम्पादन मुल्यांकन कीर्ते प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यलयमा पठाइएको थियो ।

तर, सरकारी वकिलले नमानेपछि उनी आफैंले मुद्दा दर्ता गर्न खोजे । बुधबार दिनभरको प्रयास असफल भएपछि महान्यायाधिवक्ता भण्डारीले बिहीबार मिसिलको फोटोकपी लगेर दर्ता गर्न खोज्दा अदालतले लिन मानेन ।

अहिले मिसिल वकिल कार्यालयमा अड्किएको छ । कार्यालयका प्रमुख सूर्यराज दाहाल भन्छन्, ‘हामी मिसिल अध्ययनको क्रममा छौं । अध्ययनपछि मुद्दा चल्ने वा नचल्ने निर्णय हुन्छ ।’

प्रतिक्रिया दिनुहोस
नेकपा एसका ५ सांसदसहित १३४ केन्द्रीय सदस्य पार्टी फुटाउने पक्षमा

    अध्यादेशबाट बनेको नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरू राजनीतिक दल विभाजन सहज

नेकपा एस एकढिक्का छ : माधव नेपाल

    नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी अरुमा विलीन हुन लागेको

पार्टीको परीक्षण निर्वाचनले गर्छ, सामाजिक सञ्जालले होइन : शंकर पोखरेल

     नेकपा एमालेका महासचिव शंकर पोखरेलले अन्य पार्टीका नेता-कार्यकर्तालाई एमालेको चिन्ता नलिन

हेटौँडा-कुलेखानी-सिस्नेरी-काठमाडौँ सडक खुल्यो

    हेटौँडा–काठमाडौँलाई जोड्ने हेटौँडा–कुलेखानी–फाखेल–सिस्नेरी–काठमाडौँ सडकमा दुईतर्फी नै यातायात सञ्चालनमा आएको छ ।