दाजुले बहिनी बलात्कार गरी यसरी मारे,घटना दबाउन को-को भए सक्रिय?



सप्तरीमा १३ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको छ। खडक नगरपालिका ९ लालपत्ता निवासी पार्वतीकुमारी मण्डललाई बलात्कारपछि हत्या गरेको आरोपमा मृतकका ठूलाबुबाका छोरा १८ वर्षीय राजदेव पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय सप्तरीले शुक्रबार पत्रकार सम्मेलन गरी दिएको जानकारी अनुसार राजदेवले गत माघ २५ गते बहिनीको बलात्कार गरी हत्या गरेका थिए। घटनालाई परिवारले नै गुपचुप राख्न खोजेका कारण अनुसन्धान प्रक्रिया जटिल र लामो भएको एसपी मुकेशकुमार सिंहले जनाए।

आफ्नै कोठामा सुतिरहेकी बालिकालाई बलात्कार गरेर कुर्ताको तुनाले घाँटी बाँधेर हत्या गरिएको सिंहले बताए। ‘बालिका चिच्याएपछि घटना सार्वजनिक हुने डरले लुकाउन खोज्दा अर्को घटना घटेको पाइयो,’ एसपी सिंहले भने, ‘त्यसपछि पनि परिवारका सबै मिलेर घटनालाई दवाउने प्रयास भयो।’

बालिकाको मृत्यु भएपछि गाउँमै जलाउने प्रयास हुँदै गर्दा मावलीपटिका हजुरबाले ‘शरीर तातो छ, उपचार गराउनुपर्छ’ भन्दै स्थानीय मेडिकल पसलमा पु¥याएपछि घटनाबारे खुलासा भई प्रहरीको जानकारीमा आएको सिंहले जनाए।

‘बालिका मरिसकेको थाहा पाएपछि मेडिकलले बहाना बनाएर लहान अस्पताल पठायो,’ उनले घटनाबारे भने, ‘घाँटीमा डोरीको डाम देखिएपछि अस्पताल मार्फत हामीलाई जानकारी भयो।’

पोस्टमार्टमका क्रममा डाक्टरले नै बलात्कारको आशंका गरेको र अनुसन्धानका क्रममा सबै कुरा खुल्दै गएको प्रहरीले जनाएको छ। लगत्तै पोस्टमार्टम र चेकजाँचका लागि शवलाई धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको र रिपोर्ट आएपछि थप कानुनी प्रक्रिया अघि बढाइने सिंहले बताए।

यसैगरी, दुई वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा छिमेकी १३ वर्षीय बालकलाई प्रहरीले पक्राउ गरेको छ। पीडित बालिकाका अभिभावकको मौखिक उजुरीका आधारमा शुक्रबार बालकलाई पक्राउ गरिएको एसपी सिंहले बताए। राजविराज स्थित सगरमाथा अञ्चल अस्पतालमा बालिकाको चेकजाँच तथा उपचार भइरहेको उनले जानकारी दिए।

सप्तरीमा चालु आर्थिक वर्ष २०७४÷७५ मा १७ वटा बलात्कारका मुद्दा दर्ता भएका छन्। जसमा १९ जनालाई पक्राउ गरी कारबाही गरिएको छ भने ३ जना फरार छन्। यसैगरी, सोही अवधिमा बलात्कार उद्योगका १० ओटा मुद्दा दर्ता भएको र १० जनालाई पक्राउ गरी कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
नेकपा एसका ५ सांसदसहित १३४ केन्द्रीय सदस्य पार्टी फुटाउने पक्षमा

    अध्यादेशबाट बनेको नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरू राजनीतिक दल विभाजन सहज

नेकपा एस एकढिक्का छ : माधव नेपाल

    नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी अरुमा विलीन हुन लागेको

पार्टीको परीक्षण निर्वाचनले गर्छ, सामाजिक सञ्जालले होइन : शंकर पोखरेल

     नेकपा एमालेका महासचिव शंकर पोखरेलले अन्य पार्टीका नेता-कार्यकर्तालाई एमालेको चिन्ता नलिन

हेटौँडा-कुलेखानी-सिस्नेरी-काठमाडौँ सडक खुल्यो

    हेटौँडा–काठमाडौँलाई जोड्ने हेटौँडा–कुलेखानी–फाखेल–सिस्नेरी–काठमाडौँ सडकमा दुईतर्फी नै यातायात सञ्चालनमा आएको छ ।