एमाले र माओवादी केन्द्रबीचको एकता अन्तिम चरणमा पुगेको छः मन्त्री पण्डित



हाम्रो इकोनोमि

जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) बीचको एकता अन्तिम चरणमा पुगेको बताउनुभएको छ ।

रिपोर्टर्स क्लबमा आज आयोजित साक्षात्कारमा मन्त्री पण्डितले एमाले र माओवादी केन्द्रबीचको एकता अन्तिम चरणमा पुगेकाले चाँडै एकता घोषणा हुने बताउनुभयो ।

मन्त्री पण्डितले केही दिनभित्रै विस्तार हुने मन्त्रिमण्डलमा माओवादी केन्द्र सहभागी हुने विश्वास व्यक्त गर्दै आफ्नो कार्यकालमा काठमाडौँको वातावरणलाई स्वच्छ बनाउनका लागि दत्तचित्त भएर काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

सरकारको प्रमुख नीति तथा कार्यक्रम विकास केन्द्रित गतिविधिमा केन्द्रित हुने चर्चा गर्दै उहाँले भन्नुभयो, “हाम्रो चाहना सुखी तथा खुसी हुनुपर्छ, त्यसैका लागि हामी मरिमेटेर काम गर्छौं ।”

मन्त्री पण्डितले वातावरणलाई मानवमैत्री बनाउनका लागि जनसंख्यालाई सन्तुलन बनाउनुपर्ने र यसका लागि जनसंख्या नियन्त्रणमा जोड दिइनेछ भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भेटघाट

   प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । भण्डारी...

पोखरा विमानस्थल भ्रष्टाचारमा पाँच पूर्वमन्त्रीलाई मुद्दा

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचारसम्बन्धी मुद्दा...

महाधिवेशनको उद्घाटनमा सहभागी हुन पार्टीका सदस्यको घरघरमा पत्र

    नेपाल कम्युनिष्ट पार्टी (एमाले) को यही मङ्सिर २७ गतेदेखि सुरू हुने...

प्रतिनिधिसभाको उम्मेदवारका लागि रास्वपाले २५ हजार लिने

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा...