ओली र प्रचण्ड बीच तिक्तता हुदै गर्दा ओलीका मन्त्रीले भने-ठोकुवा गरेर भन्छु माओबादी दुई दिनमै सरकारमा आउछ



हाम्रो इकोनोमि

नवनियुक्त जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले एक÷दुई दिनभित्रै मन्त्रिमण्डल विस्तार हुने र त्यो विस्तारमा माओवादी केन्द्रपनि सहभागी हुने स्पष्ट पारेका छन् ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री पण्डितले अबको दुई दिनभित्रै मन्त्रिमण्डल विस्तार हुने विश्वास दिलाएका हुन् । उनले भने,‘एक दुई दिनभित्रै मन्त्रिमण्डल विस्तार हुन्छ, माओवादी केन्द्रपनि सरकारमा सहभागी हुन्छ।’ उनले एमाले र माओवादी केन्द्रवीचको एकता अन्तिम चरणमा पुगेकोले एकता पनि चाँडै घोषणा हुने जिकिर गरे।

साक्षात्कारमा बोल्दै मन्त्री पण्डितले आफूले भर्खरमै जिम्मेवारी सम्हालेकोले केही दिन मन्त्रालयको नीति तथा कार्यक्रम अध्ययनमा समय खर्चिने विश्वस दिलाए । उनले भने,‘अहिले मन्त्रालयले लिएका नीतिहरु अध्ययन गर्न बाँकै नै छ, म विज्ञहरुसँग छलफल गर्छु, कार्यक्रमहरु बुझ्न बाँकी छ, त्यसैले म अहिले नै ईतिश्री अभिव्यक्त गर्न सक्दिन्।’

उनले राष्ट्रिय सम्पदा तथा प्राकृतिक स्रोतलाई नेपालको हितमा मात्रै प्रयोग गर्ने प्रतिबद्धता जनाए । उनले भने,‘वातावरणलाई सन्तुलित बनाउन, स्वच्छ बाउनको लागि दत्तचित्त भएर काम गर्छु।’

तपाई त गृहमन्त्रालयको जिम्मेवारी दिए मुलुकमा अपराध जिरोमा झार्छु भन्नुहुन्थ्यो तर तपाईलाई अर्के मन्त्रालयको जिम्मेवारी दिइएकोमा कत्तिको सन्तुष्टि हुनुहुन्छ ? भनेर पत्रकारले सोधेको एक प्रश्नमा उनले भने,‘यो प्रधानमन्त्रीय प्रणाली हो, कुनै बेला पनि जिम्मेवारी हेरफेर हुन्छ, मैले असन्तुष्टि किन राख्ने ? म त अझै धेरै सन्तुष्टि हुनेगरि काम गर्छु, जनताको हितमा काम गर्छु।’

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारको प्रमुख नीति तथा कार्यक्रमहरु विकास केन्द्रित गतिविधिमा केन्द्रित हुने पनि जानकारी दिए ।उनले भने,‘हाम्रो चाहना छ, सम्पूर्ण नेपालीहरु सुखी हुनुपर्छ, खुशी हुनुपर्छ, त्यसैको लागि हामी काम गर्छौं।’

अघिल्लो सरकारले गरेका कतिपय निर्णयहरु गलत भए वा प्रक्रियागत रुपमा ठिक नभए ती निर्णयहरुलाई आफूहरुले खारेज गर्न सक्ने पनि मन्त्री पण्डितको भनाई थियो । उनले भने,‘अघिल्लो सरकारले गरेका निर्णयहरु हामी हेर्छौं, गहन अध्ययन गर्छौं, यदि प्रक्रियागत छैनन् भने हामी ती निर्णयहरु होल्ड गर्छौं, प्रक्रियागत भएका निर्णयहरु कार्यान्वयन गर्छौं, यदि नियमसंगत नभएका निर्णयहरु खारेजीको तहसम्म पनि पुग्न सक्छ।’

मन्त्री पण्डितले भविष्यमा संविधान संशोधन हुने भएपनि अहिले नै संशोधन नगरिने स्पष्ट पारे । उनले भने,‘सुरुवातमै संविधान संशोधन हुँदैन्, भविष्यमा हुन्छ।’
त्यस्तै उनले काठमाडौंमा अहिले मास्क र हेल्मेटको जीवन जिउन नेपालीहरु बाध्य भएको पनि सुनाए । उनले भने,‘म एक दिन पद्यमा कन्या क्याम्पसको कार्यक्रममा सहभागी भएको थिएँ, त्यहाँ एकजना बहिनीले कविता बाचन गरेर काठमाडौंमा मान्छे वास्तवमै मास्क र हेल्मेट लगाएर हिँड्नु परेको सुनाउनुभयो, एकले अर्कालाई देख्नै नपाउने ?’ उनले उक्त कविताको सान्दर्भिकता निकै रहेको सुनाए ।

उनले वातावरणलाई मानवमैत्री बनाउनको लागि जनसंख्यालाई पनि सन्तुलन बनाउनुपर्नेमा जोड द्यिए । उनले भने,‘जनसंख्या पनि भुगोल सुहाउँदो र नियन्त्रण गर्नुपर्छ, अहिले गाउँबाट शहर बसाई सराई गर्ने लहर चलेको छ।’ मन्त्री पण्डितले आफूले अघिल्लोपटक मन्त्रीको जिम्मेवार सम्हाल्दा बोल्ड निर्णय गरेजस्तै अब पनि बोल्ड निर्णय लिएर अघि बढ्ने प्रतिबद्धता सुनाए ।

फरक प्रसँगमा उनले पार्टीभित्र सबै नेताहरुलाई उचित व्यवस्थापन हुने पनि विश्वास दिलाए । उनले भने,‘एमालेभित्र मात्रै होईन, अब त माओवादी पनि एउटै पार्टी हो, सबै नेता तथा कार्यकर्ताको उचित व्यवस्थापन हुन्छ।’

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...