नेपालको पहिलो खेल जिम्बावेसँग



हाम्रो इकोनोमि

एक दिवसीय विश्वककप क्रिकेटको छनोट चरणमा पुग्न सफल नेपालले पहिलो खेल जिम्बावेसँग खेल्ने छ ।

आगामी फागुन २० गतेदेखि जिम्बावेमा शुरु हुने विश्वकप छनोट प्रतियोगितामा नेपाल समूह ‘बि’ मा रहेको छ । सो समूहमा अफगानिस्तान, हङकङ, जिम्बावे र स्कटल्यान्ड रहेका छन् ।

आइसिसिले आज सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपालले जिम्बावेसँग मार्च ४ मा, स्कटल्यान्डसँग ८ मा, फगानिस्तानसँग १० र हङकङसँग १२ मार्चमा खेल्नेछ ।

डिभिजन दुईको विजेता युएई समूह ‘ए’ मा रहेको छ । उक्त समूहमा वेस्ट इण्डिज, आयरल्याण्ड, पपुवा न्युगिनी र नेदरल्यान्ड रहेका छन् । समूहचरणमा सबै टिमले एकअर्कासँग एक÷एक खेल खेल्नेछन् भने दुबै समूहबाट उत्कृष्ट तीन हुने टिमले सुपर सिक्सचरण खेल्नेछन् ।

सुपर सिक्स चरणमा एउटा टिमले तीनवटा खेल खेल्ने छन् । समूह चरणमा पाएको अंक समेत सुपर सिक्स चरणमा जोडिनेछ । यसैबीच यो चरणमा नयाँ टेष्टमान्यता प्राप्त मुलुक अफगानिस्तान, आयरल्याण्डले पनि विश्व क्रिकेट लिग च्याम्पियनसिपमा उत्कृष्ट चारभित्र पर्न सफल टिम नेदरल्याण्ड, स्कटल्याण्ड, हङकङ र पपुवा न्यूगिनी विश्वकप छनोट खेल्नेछन् ।

समूहको शीर्ष तीन टोली सुपर सिक्स चरणमा पुग्नेछन् । प्रतियोगितामा सहभागीहुने छ एसोसिएट टोलीमध्ये नेदरल्यान्डसहित चार टोली चार वर्षका लागि एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाउनेछन् । छनोटबाट उत्कृष्ट हुने दुई टोली २०१९ मा इंग्ल्यान्डमा आयोजना हुने एक दिवसीय विश्वकप खेल्नेछन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...