सौराहा खाना महोत्सव सम्पन्न



हाम्रो इकोनोमि

प्रेम दिवसको अवसर पारेर चितवनको रत्ननगरस्थित सौराहामा सञ्चालन गरिएको १२औँ सौराहा खाना महोत्सव सम्पन्न भएको छ ।

‘प्राकृतिक सौन्दर्यता, चितवन सौराहाको विशेषता’ नारासहित यही माघ २८ गतेदेखि शुरु भएको महोत्सव गएराति सम्पन्न भएको हो । सौराहा फुड फेस्टिबल (खाना महोत्सव)को करिब एक लाख दर्शकले अवलोकन गरेका थिए भने झण्डै रु ५० लाखको कारोबार भएको आयोजकको भनाइ छ ।

रेष्टुरेन्ट एण्ड बार एशोसिएसन नेपाल (क्षेत्रीय रेवान) र रेवान महिला समूहको आयोजनामा भएको उक्त महोत्सवको सहआयोजक क्षेत्रीय होटल संघ, युनाइटेड हात्ती सञ्चालन सहकारी, सौराहा पर्यटन व्यवसायी समूह र साना पर्यटन व्यवसायी समूह रहेको थियो । महोत्सवको टिकट बिक्रीबाट आएको आम्दानीमध्ये वृद्धवृद्धा, अपांगलाई सहयोगसँगै घुम्ती शौचालन निर्माण, सरसफाइ र उज्यालो सौराहा कार्यक्रमका लागि सहयोग गरिने क्षेत्रीय रेवान चितवनका अध्यक्ष गोकर्ण गिरीले जानकारी दिनुभयो ।

सो अवसरमा पर्यटन व्यवसायी सुवासचन्द्र गौतम, इन्द्रराज चौधरी, राजेश तामाङ, दलबहादुर चौधरी र सम्झना नेपाललाई दोसल्ला ओढाएर कदरपत्रसहित सम्मान गरिएको थियो । कार्यक्रममा वेटर रेस प्रतियोगिता, प्रेमपत्र लेखन प्रतियोगिता, तेक्वान्दो प्रतियोगिता, महिलाबीच म्यूजिकल चेयर, बालबालिकाबीच बेलुन फुटाउने प्रतियोगिता, उत्कृष्ट खाना प्रतियोगिता, घैला शृङ्गार प्रतियोगितालगायत कार्यक्रम गरिएको प्रचार संयोजक सूर्य रिमालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...