ओली संग ४८ घण्टा बिताउने गरी नेपाल आउदै मोदी,ओलीलाई छाँद हाल्न मोदी यसकारण हतारिए



बिभिन्न अबरोधहरु पार गर्दै नेकपा एमालेका अध्यक्ष एवंम वाम गठनबन्धनका नेता केपी शर्मा ओली मुलुकको ४१ औं प्रधानमन्त्री बन्न सफल हुनु भएको छ ।

यसभन्दा अघिल्लो पटक प्रधानमन्त्री बन्दा राष्ट्रियताको पक्षमा अडान लिएको फाईदा उठाउँदै एमाले सहितको वाम गठबन्धनलाई प्रतिनिधि सभामा बहुमत प्राप्त भएपछि उहाँ प्रधानमन्त्री बन्न सफल हुनु भएको हो ।

चुनौतीहरु बीच प्रधानमन्त्री बन्नु भएका केपी शर्मा ओलीले जन अपेक्षा अनुरुप कति काम गर्नु होला रु त्यो भने प्रतिक्षाकै बिषय छ ।
तर यसअघि करिब सत्तरी वर्षसम्म कुनै पनि प्रधानमन्त्रीले आफ्नो पाँच वर्षे कार्यकाल पुरा गर्न नपाएको अवस्थामा बहुमत सहित प्रधानमन्त्री नियुक्त हुनु भएका केपी ओलीले कम्तीमा तीन वर्ष सहजै प्रधानमन्त्री चलाउन पाउने अवस्था देखिएको छ ।

केपी ओलीको नेतृत्वमा नयाँ सरकार बनेसँगै सरकारले स्थायित्व पाउने र राष्ट्रियता सवल बन्ने अपेक्षा पनि गरिएको छ ।

बिगतमा प्रधानमन्त्री बन्दा छिमेकी राष्ट्र भारतसँग कतिपय कुरामा अडान लिँदै चीनसँग सम्बन्ध बढाउने प्रयास गरेका कारण नेपाली बीचमा चीनसँग सम्बन्ध बढाउन सक्ने नेताका रुपमा समेत ओलीलाई लिईने गरेको छ ।

तर सरकार बन्नु अघि नै भारतसँगको गोप्य भेटघाटले उनको बिगतको अडानमा केही आशंका थपिरहेका बेला प्रधानमन्त्री बनेका ओलीलाई उनीप्रतिको बिगतको क्रेज बचाउने चुनौती पनि छ ।

राष्ट्रियता जनतन्त्र र जनजिविकाको नारा दिँदै आएका राजनीतिक दलहरुले अहिले जनतन्त्रको एजेण्डा मुलभुत रुपमा पुरा भएको बताउँदै आएका छन् । अबको मुख्य दायित्व भनेको राष्ट्रियता सबल बनाउँदै संमृद्ध नेपाल निर्माण गरेर जनजिविकाका समस्याहरु समाधान गर्नु पर्ने दायित्व पनि केपी ओलीको काँधमा छ ।

नेपालीहरु राष्ट्रियताको सवालमा बढि सम्बेदशील रहँदै आएका छन् । अब ओलीले नेपालको आन्तरिक र बाह्य राष्ट्रियता कसरी मजबुत बनाउँलान त्यो पनि प्रतिक्षाकै बिषय छ । यसैगरी जनजिविकाको सवालमा पनि नेपालीहरुले केपी ओलीसँग धेरै अपेक्षा राखेका छन् ।

चीनबाट रेल ल्याउनेदेखि घरघरमा ग्याँस पाईप जोडिदिने केपी ओलीका नारा नेपालीले सम्झिरहेका छन् । त्यसैले जनताका तमाम सपनाहरु पुरा गर्ने चुनौती बीच केपी ओली प्रधानमन्त्री बन्नु भएको छ । अर्कोतर्फ पार्टी एकता गर्ने र सहयात्री माओवादीलाई चित्त बुझाउँदै सँगसँगै हिडाउनु पर्ने चुनौती पनि वहाँ सामु छ ।

अहिले नै तीन वर्षपछि प्रचण्डलाई प्रधानमन्त्री दिने सर्त राख्दै प्रधानमन्त्री बन्नु परेको छ । मन्त्री मण्डल गठन गर्दा पार्टी भित्रकै विभिन्न गुट र माओवादीलाई समेत चित्त बुझाएर अगाडी बढ्नु पर्ने चुनौती पनि उहाँको सामु छ ।

यसैगरी प्रदेशहरु बीचको सम्बन्धलाई समधुर बनाउँदै अगाडि बढ्नु पर्ने अहिलेको सरकारले गरेका आर्थिक बोझ थपिने निर्णयहरु कार्यन्वयन गर्ने र प्रदेशको खर्च धान्नु पर्ने चुनौती समेत केपी ओली सामु छ । अहिलेकै अवस्थामा राज्यको आम्दानीले कर्मचारीलाई तलब खुवाउन मात्र पुग्ने अवस्था छ ।

यस्तो बेलामा राज्यको आम्दानीको स्रोत बढाउँदै राज्य सञ्चालन गर्नु पर्ने दायित्व बिच केपी ओली सत्तारोहण हुनु भएको छ । उहाँको प्रधानमन्त्री काल बिगतकै जस्तो रहला कि फरक होला त्यो त हेर्नै पर्ने छ ।

मोदी यही महिना नेपाल आउने
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यसै महिना भित्र नेपाल आउने तयारी भईरहेको छ । फागुनको अन्तिम वा चैत्र पहिलो साताभित्र मोदी नेपाल भ्रमण गराउने तयारीमा दुवैतर्फका अधिकारीहरु जुटेको बुझिएको छ ।

परराष्ट्र मन्त्रालय सम्बद्ध स्रोतका अनुसार अरुण तेस्रो विद्युत आयोजनाको औपचारिक शिलान्यासको कार्यक्रम बनाएर मोदीलाई नेपाल ल्याउने तयारी भईरहेको हो ।

गत महिना नेपाल आएकी भारतीय बिदेशमन्त्री सुष्मा स्वराजले पनि नेपालमा नयाँ सरकार बने लगत्तै प्रधानमन्त्री मोदी नेपाल आउन इच्छुक रहेको सन्देश नेपाली नेताहरुलाई दिएकी थिईन ।

केपी ओलीले प्रधानमन्त्रीको रुपमा मोदीलाई औपचारिक निमन्त्रणा दिएपछि मोदीको भ्रमणको तालिका बनाईने परराष्ट्र स्रोतले बताएको छ । कम्तिमा ४८ घण्टाको तालिकामा नेपाल आउने मोदीले मुक्तिनाथ जनकपुर र लुम्बिनीको समेत गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री स्वदेश नफर्किँदासम्म रविलाई पक्राउ नगरिने

      प्रहरी स्रोतले पूर्वगृहमन्त्री लामिछानेलाई आजभोलि नै पक्राउ गर्ने सम्भावना नरहेको

दुर्गा प्रसाईको पक्राउविरुद्ध माइतीघर मण्डलामा विरोध प्रदर्शन

     मेडिकल व्यवसायी दुर्गा प्रसाईंको पक्राउको विरोधमा आज पनिविरोध प्रदर्शन भएको छ

बालेन प्रवृत्ति निरंकुश भयो, तानाशाह लाद्न खोजियो : अध्यक्ष निरौला

    नेकपा  एमाले काठमाडौंका अध्यक्ष दीपक निरौला बालेनको कार्यशैलीप्रति रुष्ट बन्नु भएको छ

कुलेखानी-सिस्नेरी सडक १२ दिन बन्द

  दक्षिणकाली-छैमले सडक कालोपत्रे गर्नका लागि हेटौँडा-काठमाडौं जोड्ने कुलेखानी सिस्नेरी सडक १२ दिन