प्रदेश ४ का मुख्यमन्त्री गुरुङ र सभामुख अधिकारीले लिए शपथ



प्रदेश नम्बर ४ का मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले शपथ लिएका छन्।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसँगै सभामुख नेत्रनाथ अधिकारीले पनि आजै शपथ लिएका हुन्।

गुरुङलाई शुक्रबार प्रदेश ४ का प्रदेश प्रमुख बाबुराम कुबँरले शपथ गराएका हुन्। आइतबार संसदीय दलको नेतामा निर्विरोध निर्वाचित भएका गुरुङलाई सोमबार प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गरेका थिए। त्यसपछि, बुधबार नै शपथ ग्रहणको कार्यक्रम राखिएकोमा गुरुङकी कान्छी आमाको निधन भएपछि शपथ दुई दिन पछि सरेको थियो।

अधिकारी बिहिबार मात्रै सभामुखमा निर्वाचित भएका थिए। शपथ ग्रहण कार्यक्रम प्रदेश प्रमुखको निवास रत्नचोकमा भएको हो।

मुख्यमन्त्री गुरुङले उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा रामशरण बस्नेतलाई शपथ गराएका छन्। उनी एमालेका तर्फबाट गोर्खाबाट सांसद बनेका हुन् ।

प्रतिक्रिया दिनुहोस
नेकपा एसका ५ सांसदसहित १३४ केन्द्रीय सदस्य पार्टी फुटाउने पक्षमा

    अध्यादेशबाट बनेको नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरू राजनीतिक दल विभाजन सहज

नेकपा एस एकढिक्का छ : माधव नेपाल

    नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी अरुमा विलीन हुन लागेको

पार्टीको परीक्षण निर्वाचनले गर्छ, सामाजिक सञ्जालले होइन : शंकर पोखरेल

     नेकपा एमालेका महासचिव शंकर पोखरेलले अन्य पार्टीका नेता-कार्यकर्तालाई एमालेको चिन्ता नलिन

हेटौँडा-कुलेखानी-सिस्नेरी-काठमाडौँ सडक खुल्यो

    हेटौँडा–काठमाडौँलाई जोड्ने हेटौँडा–कुलेखानी–फाखेल–सिस्नेरी–काठमाडौँ सडकमा दुईतर्फी नै यातायात सञ्चालनमा आएको छ ।