प्रदेश ४ का मुख्यमन्त्री गुरुङ र सभामुख अधिकारीले लिए शपथ



हाम्रो इकोनोमि

प्रदेश नम्बर ४ का मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले शपथ लिएका छन्।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसँगै सभामुख नेत्रनाथ अधिकारीले पनि आजै शपथ लिएका हुन्।

गुरुङलाई शुक्रबार प्रदेश ४ का प्रदेश प्रमुख बाबुराम कुबँरले शपथ गराएका हुन्। आइतबार संसदीय दलको नेतामा निर्विरोध निर्वाचित भएका गुरुङलाई सोमबार प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गरेका थिए। त्यसपछि, बुधबार नै शपथ ग्रहणको कार्यक्रम राखिएकोमा गुरुङकी कान्छी आमाको निधन भएपछि शपथ दुई दिन पछि सरेको थियो।

अधिकारी बिहिबार मात्रै सभामुखमा निर्वाचित भएका थिए। शपथ ग्रहण कार्यक्रम प्रदेश प्रमुखको निवास रत्नचोकमा भएको हो।

मुख्यमन्त्री गुरुङले उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा रामशरण बस्नेतलाई शपथ गराएका छन्। उनी एमालेका तर्फबाट गोर्खाबाट सांसद बनेका हुन् ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...