लघुवित्तको ७० प्रतिशत हकप्रद आउँदै, भर्ने हैनत तपाईँ पनि



हाम्रो इकोनोमि

सूर्योदय लघुवित्तले माघ २५ गतेसम्म कायम शेयरधनीको लागि चुक्ता पूँजीको ७० प्रतिशत हकप्रद निष्काशन गर्ने भएको छ।

संस्थाले प्रतिशेयर एक सय रुपैयाँको दरमा २ लाख ८० हजार कित्ता हकप्रद निष्काशन गर्ने भएको हो। हकप्रदको बिक्री फागुन २५ गतेदेखि चैत्र २८ गतेसम्मको लागि खुल्ला गर्ने धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक ग्लोबल आइएमर्इ क्यापिटलले जनाएको छ।हकप्रद आवेदनको लागि ग्लोबल आइएमर्इ क्यापिटल जमल, सूर्योदय लघुवित्तको केन्द्रिय तथा शाखा कार्यालयहरु र आस्वा सुविधा भएका सम्पुर्ण बैंक तथा वित्तीय संस्थाहरु रहेका छन्।

संस्थाको हालको अधिकृत पूँजी ६ करोड रुपैयाँ छ भने हालको चुक्ता पूँजी ४ करोड रुपैयाँ रहेको छ। हकप्रद निष्काशनपछि चुक्ता पूँजी ६ करोड ८० लाख रुपैयाँ पुग्नेछ। जसमा ७० प्रतिशत अर्थात ४ करोड ७६ लाख रुपैयाँ संस्थापकको र ३० प्रतिशत अर्थात २ करोड ४ लाख रुपैयाँ सर्वसधारणको हुनेछ।

प्रतिक्रिया दिनुहोस
पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान...

सर्बियामा विद्यार्थी आन्दोलनको जित

    सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो...

आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...