सातामा एक अर्ब ५४ करोडको सेयर कारोबार



हाम्रो इकोनोमि

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ४०.२४ अंकले बढेर अन्तिम दिन १४२४.९५ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ८.४९ अंकले बढेर ३०१.३० अंकमा आईपुगेको छ ।

नेपाल स्टक एक्सचेन्जमा यस साता एक अर्ब ५४ करोड १४ लाख २५ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएका छन् । एक सय ७९ कम्पनीहरुको १६ हजार ६३८ पटक कारोबारबाट ३७ लाख ९२ हजार चार सय ७० कित्ता सेयर यस साता खरिद विक्री भएको छ ।

अघिल्लो साता १७६ कम्पनीहरुका १७ हजार ९०१ कारोबारबाट एक अर्ब ५५ करोड ११ लाख दुई हजार रुपैयाँ बराबरका ४१ लाख ९६ हजार चार सय ९० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए ।

यस साताको कारोबारमा प्रभु बैंक धेरै सेयर संख्यामा सेयर कारोबार हुनेमा परेको छ । बैंकको सबैभन्दा बढी दुई लाख ९३ हजार कित्ता सेयर ६ करोड ७१ लाख ५० हजार रुपैयाँ बराबरमा खरिद विक्री भएको छ ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर ६ करोड ७१ लाख रुपैयाँको सेयर कारोबार भएको छ भने यो कम्पनीको साधारण सेयर ५ करोड ८० लाख रुपैयाँको सेयर कारोबार भयो ।

प्रतिक्रिया दिनुहोस
संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

     राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् ।...

अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन : कृषि मन्त्री

    कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको...

वडा अधिवेशनमा सहभागी हुन देउवाको आह्वान

    नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १५औँ...

सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...