एमाले माओवादीको ‘निर्णायक’ बैठक, यस्तो हुदैछ सहमति,एमाले जबज नछोड्ने , ‘माओवाद’ सुन्नै नचाहने



हाम्रो इकोनोमि

पार्टी एकतालाई निष्कर्षमा पुर्‍याउने प्रयासमा शुक्रबार पनि एमाले र माओवादीका शीर्ष नेताहरुको बैठक बस्दैछ ।

बिहीबार नै बैठक बस्ने भनिए पनि एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रधानमन्त्री नियुक्तिलगायतका कार्यक्रमका कारण बैठक बस्न सकेको थिएन ।

 

शुक्रबार बैठक बस्ने भनिए पनि समय र स्थान निश्चित भइसकेको छैन । तर, नेताहरुले आजको बैठकबाट पार्टी एकतालाई ठोस निष्कर्षमा पुर्‍याइने बताएका छन् ।माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले आजको बैठकलाई निर्णायक बनाउने तयारी भइरहेको जानकारी दिइन् ।

यसैगरी एमाले नेता सुवास नेम्वाङका अनुसार आज पार्टी एकताको विषयमा ठोस निर्णय हुनसक्ने छ ।एमाले-माओवादीबीच एकीकृत पार्टीको सिद्धान्त र पदीय भागबण्डामा कुरा मिलेको छैन । यी विषयमा कुरा नमिलेसम्म सरकारमा सहभागी नहुने अडान माओवादीले लिएको छ ।

जनताको बहुदलीय जनवाद (जबज) र माओवादका विषयमा आगामी महाधिवेशनसम्म छलफल गर्ने र त्यहीँबाट टुंगो लगाउने पूर्वसहमति दुई दलका नेताबीच भएको थियो । तर, एमाले नेताहरु बुधबार साँझदेखि एकाएक पूर्वसहमतिबाट पछि हटेको माओवादी नेताहरुको गुनासो छ ।

जनताको बहुदलीय जनवाद (जबज) र माओवादका विषयमा आगामी महाधिवेशनसम्म छलफल गर्ने र त्यहीँबाट टुंगो लगाउने पूर्वसहमति दुई दलका नेतावीच भएको थियो । तर, एमाले नेताहरु बुधबार साँझदेखि एकाएक पूर्वसहमतिबाट पछि हटेको माओवादी नेताहरुको गुनासो छ ।

पार्टी एकताबारे बुधबारको छलफल बिथोलिनुको कारण खोल्दै एक माओवादी नेताले अनलाइनखबरसँग भने- ‘एमाले नेताहरु पूर्वसहमतिबाट आश्चार्यजनक ढंगले पछि हट्नुभयो र यही कारण आज हामीले सरकारमा आफ्ना मन्त्रीहरु नपठाएका हौं । यसरी नै पूर्वसहमति तोड्दै जाने हो भने हामी सरकारमा सहभागी नभई बाहिरै बस्छौं ।’

माओवादी नेताका अनुसार सुरुमा दुबै दलका नेताहरु जबज र माओवादलाई आगामी महाधिवशेनसम्म छलफलमा लगेर टुंगो लगाउन समहत भएका थिए । तर, बुधबार निर्वाचन आयोगले चुनावको परिणाम राष्ट्रपतिलाई बुझाउनासाथ एमाले नेताहरु पछि हटेका छन् ।

बुधबारको बैठकमा केपी ओलीले जबजबारे छलफल हुन नसक्ने भन्दै एकीकृत पार्टीको सिद्धान्त जबज नै हुनुपर्ने बताएको स्रोतको भनाइ छ । जबजका साथै माओवादलाई पनि पार्टीभित्र छलफलको विषय बनाउन नसकिने ओलीले बैठकमा बताएपछि माओवादी हच्किएको स्रोत बताउँछ ।

जबज र माओवादबारे छलफल नगर्ने केपी ओलीको विचारलाई माधव नेपालले पनि बैठकमा खुलेर समर्थन जनाएका थिए । एकीकृत पार्टीको सिद्धान्त जबज नै हुनुपर्ने र यसबारे छलफल चलाउन आवश्यक नै नरहेको नेता नेपालले बताएका थिए ।

बुधबारको बैठकमा एमाले नेताहरुले जबजको वकालतमात्रै नगरी माओवादको समेत विरोध गरेकोे गुनासो माओवादी पक्षको छ । माओवादको कुरा गर्‍यो भने अन्तरराष्ट्रिय समुदायले आतंकवादीलाई जस्तो व्यवहार गर्छ भन्दै यसबारे पार्टीभित्र छलफल चलाउन नहुने एमाले नेताहरुले बताएको स्रोतले बतायो ।

एमाले नेता झलनाथ खनाल पहिल्यैदेखि जबजका आलोचक हुन् । विगतमा जबजलाई खनालले ‘दक्ष प्रजापतिको टाउको’ को संज्ञा दिएका थिए । तर, बुधबारको बैठकमा खनालले केपी ओली र माधव नेपालको विचारको खण्डन गरेनन् । कमै मात्र बोल्ने खनालले ‘मिलाएर लैजानुपर्छ’ भन्नुबाहेक थप केही नबोलेको स्रोतले बतायो ।

बैठकमा माओवादी नेताहरुले दुबै पार्टीका कार्यकर्ताको भावनालाई कदर गर्दै जबज र माओवादलाई महाधिवेशनसम्म छलफलमा लैजाने सहमति हुनुपर्नेमा जोड दिएको स्रोतले बतायो ।

आगामी महाधिवेशनले माओवादको सान्दर्भिकता सकिएको निर्णय गरेमा आफूहरुलाई मान्य हुने तर यसलाई छलफलको प्रक्रियामा हालिनुपर्ने माओवादी नेताको माग थियो । तर, माओवादीको मागलाई एमाले नेताहरुले सुन्नै नचाहेको स्रोतले अनलाइनखबरलाई बतायो । र, यही कारण बुधबार साँझ सार्वजनिक गर्ने भनिएको पार्टी एकताको सैद्धान्तिक खाका घोषणा हुन सकेन ।

प्रतिक्रिया दिनुहोस
किन पक्राउ परे दुर्गा प्रसाईं ?

   झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईं गत शुक्रबार मध्यान्ह दक्षिणकाली नगरपालिकाको चाल्नाखेलबाट पक्राउ...

एमाले गुगलमा होईन भूगोलमा हुन्छ : महेश बस्नेत

    नेकपा एमालेका सचिव एवं भक्तपुर क्षेत्र नं २ बाट प्रतिनिधि सभा...

चीनको १५आौं पञ्चवर्षीय योजनाबाट नेपाल लाभान्वित हुनुपर्छ

    चीन सम्बन्धका विज्ञहरुले चीनको खुलापन र १५आौं पञ्चवर्षीय योजनाबाट नेपालले प्रत्यक्ष...

दुई वटा बस ठोकिँदा ट्रिपर चालकको मृत्यु

    पृथ्वी राजमार्ग अन्तर्गत धादिङ, थाक्रे–६, दसकिलोमा बस दुर्घटना हुँदा एक जनाको...