एमाले माओवादीको ‘निर्णायक’ बैठक, यस्तो हुदैछ सहमति,एमाले जबज नछोड्ने , ‘माओवाद’ सुन्नै नचाहने



पार्टी एकतालाई निष्कर्षमा पुर्‍याउने प्रयासमा शुक्रबार पनि एमाले र माओवादीका शीर्ष नेताहरुको बैठक बस्दैछ ।

बिहीबार नै बैठक बस्ने भनिए पनि एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रधानमन्त्री नियुक्तिलगायतका कार्यक्रमका कारण बैठक बस्न सकेको थिएन ।

 

शुक्रबार बैठक बस्ने भनिए पनि समय र स्थान निश्चित भइसकेको छैन । तर, नेताहरुले आजको बैठकबाट पार्टी एकतालाई ठोस निष्कर्षमा पुर्‍याइने बताएका छन् ।माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले आजको बैठकलाई निर्णायक बनाउने तयारी भइरहेको जानकारी दिइन् ।

यसैगरी एमाले नेता सुवास नेम्वाङका अनुसार आज पार्टी एकताको विषयमा ठोस निर्णय हुनसक्ने छ ।एमाले-माओवादीबीच एकीकृत पार्टीको सिद्धान्त र पदीय भागबण्डामा कुरा मिलेको छैन । यी विषयमा कुरा नमिलेसम्म सरकारमा सहभागी नहुने अडान माओवादीले लिएको छ ।

जनताको बहुदलीय जनवाद (जबज) र माओवादका विषयमा आगामी महाधिवेशनसम्म छलफल गर्ने र त्यहीँबाट टुंगो लगाउने पूर्वसहमति दुई दलका नेताबीच भएको थियो । तर, एमाले नेताहरु बुधबार साँझदेखि एकाएक पूर्वसहमतिबाट पछि हटेको माओवादी नेताहरुको गुनासो छ ।

जनताको बहुदलीय जनवाद (जबज) र माओवादका विषयमा आगामी महाधिवेशनसम्म छलफल गर्ने र त्यहीँबाट टुंगो लगाउने पूर्वसहमति दुई दलका नेतावीच भएको थियो । तर, एमाले नेताहरु बुधबार साँझदेखि एकाएक पूर्वसहमतिबाट पछि हटेको माओवादी नेताहरुको गुनासो छ ।

पार्टी एकताबारे बुधबारको छलफल बिथोलिनुको कारण खोल्दै एक माओवादी नेताले अनलाइनखबरसँग भने- ‘एमाले नेताहरु पूर्वसहमतिबाट आश्चार्यजनक ढंगले पछि हट्नुभयो र यही कारण आज हामीले सरकारमा आफ्ना मन्त्रीहरु नपठाएका हौं । यसरी नै पूर्वसहमति तोड्दै जाने हो भने हामी सरकारमा सहभागी नभई बाहिरै बस्छौं ।’

माओवादी नेताका अनुसार सुरुमा दुबै दलका नेताहरु जबज र माओवादलाई आगामी महाधिवशेनसम्म छलफलमा लगेर टुंगो लगाउन समहत भएका थिए । तर, बुधबार निर्वाचन आयोगले चुनावको परिणाम राष्ट्रपतिलाई बुझाउनासाथ एमाले नेताहरु पछि हटेका छन् ।

बुधबारको बैठकमा केपी ओलीले जबजबारे छलफल हुन नसक्ने भन्दै एकीकृत पार्टीको सिद्धान्त जबज नै हुनुपर्ने बताएको स्रोतको भनाइ छ । जबजका साथै माओवादलाई पनि पार्टीभित्र छलफलको विषय बनाउन नसकिने ओलीले बैठकमा बताएपछि माओवादी हच्किएको स्रोत बताउँछ ।

जबज र माओवादबारे छलफल नगर्ने केपी ओलीको विचारलाई माधव नेपालले पनि बैठकमा खुलेर समर्थन जनाएका थिए । एकीकृत पार्टीको सिद्धान्त जबज नै हुनुपर्ने र यसबारे छलफल चलाउन आवश्यक नै नरहेको नेता नेपालले बताएका थिए ।

बुधबारको बैठकमा एमाले नेताहरुले जबजको वकालतमात्रै नगरी माओवादको समेत विरोध गरेकोे गुनासो माओवादी पक्षको छ । माओवादको कुरा गर्‍यो भने अन्तरराष्ट्रिय समुदायले आतंकवादीलाई जस्तो व्यवहार गर्छ भन्दै यसबारे पार्टीभित्र छलफल चलाउन नहुने एमाले नेताहरुले बताएको स्रोतले बतायो ।

एमाले नेता झलनाथ खनाल पहिल्यैदेखि जबजका आलोचक हुन् । विगतमा जबजलाई खनालले ‘दक्ष प्रजापतिको टाउको’ को संज्ञा दिएका थिए । तर, बुधबारको बैठकमा खनालले केपी ओली र माधव नेपालको विचारको खण्डन गरेनन् । कमै मात्र बोल्ने खनालले ‘मिलाएर लैजानुपर्छ’ भन्नुबाहेक थप केही नबोलेको स्रोतले बतायो ।

बैठकमा माओवादी नेताहरुले दुबै पार्टीका कार्यकर्ताको भावनालाई कदर गर्दै जबज र माओवादलाई महाधिवेशनसम्म छलफलमा लैजाने सहमति हुनुपर्नेमा जोड दिएको स्रोतले बतायो ।

आगामी महाधिवेशनले माओवादको सान्दर्भिकता सकिएको निर्णय गरेमा आफूहरुलाई मान्य हुने तर यसलाई छलफलको प्रक्रियामा हालिनुपर्ने माओवादी नेताको माग थियो । तर, माओवादीको मागलाई एमाले नेताहरुले सुन्नै नचाहेको स्रोतले अनलाइनखबरलाई बतायो । र, यही कारण बुधबार साँझ सार्वजनिक गर्ने भनिएको पार्टी एकताको सैद्धान्तिक खाका घोषणा हुन सकेन ।

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री स्वदेश नफर्किँदासम्म रविलाई पक्राउ नगरिने

      प्रहरी स्रोतले पूर्वगृहमन्त्री लामिछानेलाई आजभोलि नै पक्राउ गर्ने सम्भावना नरहेको

दुर्गा प्रसाईको पक्राउविरुद्ध माइतीघर मण्डलामा विरोध प्रदर्शन

     मेडिकल व्यवसायी दुर्गा प्रसाईंको पक्राउको विरोधमा आज पनिविरोध प्रदर्शन भएको छ

बालेन प्रवृत्ति निरंकुश भयो, तानाशाह लाद्न खोजियो : अध्यक्ष निरौला

    नेकपा  एमाले काठमाडौंका अध्यक्ष दीपक निरौला बालेनको कार्यशैलीप्रति रुष्ट बन्नु भएको छ

कुलेखानी-सिस्नेरी सडक १२ दिन बन्द

  दक्षिणकाली-छैमले सडक कालोपत्रे गर्नका लागि हेटौँडा-काठमाडौं जोड्ने कुलेखानी सिस्नेरी सडक १२ दिन