ज्योतिषीको सल्लाह अनुसार आज बालुवाटार छाड्दै देउवा



हाम्रो इकोनोमि

हिजै मात्र राजीनामा दिएका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आज सरकारी निवास बालुवाटार छाड्दैछन्।

बिहीबार प्रधानमन्त्री पदबाट राजीनामा दिएका उनले आज दिउँसो बालुवाटार छोड्ने तयारी गरेका हुन्। उनी गत असार ५ गते बिहान ५स्२२ बजे बालुवाटार प्रवेश गरेका थिए। २०७४ जेठ २३ गते प्रधानमन्त्री नियुक्त भए पनि उनी ज्योतिषीको सुझाव अनुसार नै ढिलोगरी बालुवाटार गएका थिए।

ज्योतिषीले बालुवाटार पसेको ९ महिनाअघि नै त्यहाँबाट बाहिरिन सल्लाह दिएका छन्, स्रोतले भन्यो, त्यसैले उहाँले फागुन ५ गतेअघि नै बालुवाटार छाडिसक्नुहुनेछ।

सरकारी निवास छाडेपछि उनी निजी निवास बूढानीलकण्ठ जानेछन्। देउवाको राजीनामापछि हिजै एमाले अध्यक्ष केपी ओली नयाँ प्रधानमन्त्री नियुकत भएका छन्।

प्रतिक्रिया दिनुहोस
सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...

अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...