ओलीले खाए सपथ,ओली क्याबिनेटका यी हुन् दुइ मन्त्री,प्रधानमन्त्री भए संगै यस्तो भयो चमत्कार



नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्।

राष्ट्रपति भवन शीतलन निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीलाई सपथ गराइन्।

यसअघि माओवादी केन्द्रको समर्थनसहित आजै एमालेको दाबीपत्र बुझ्दै राष्ट्रपति भण्डारीले ओलीलाई प्रधामन्त्री नियुक्त गरेकी थिइन्।

ओलीले आजै सानो आकारको मन्त्रीमण्डल गठन गर्ने तयारी गरेका छन्। तर, प्रधानमन्त्रीमा ओलीलाई समर्थन गर्ने माओवादी केन्द्र भने तत्काल सरकारमा सहभागी नहुने भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् ।

ओलीको सिफारिसमा लालबाबु पण्डित र थममाया थापा मन्त्री बनेका हुन् ।

माओवादीले मन्त्री पठाएन
माओवादी केन्द्रले भने मन्त्री पठाएन । एक नेताका अनुसार पार्टीभित्र छलफल भएको र मन्त्रालय भागवण्डा नटुंगिएकाले मन्त्री नपठाइएकोहो । मन्त्रालय भागवण्डाबारे दुई दलबीच आजै साँझ छलफल गर्ने तय भएको छ ।

त्यस्तै बिहीबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को अन्तिम बैठक बालुवाटारमै राखेका थिए। चुनावको मिति घोषणा भएदेखि नै काम चलाउ बनेको देउवा सरकारले चुनावको परिणाम आफ्नो पक्षमा नआउँदासमेत दीर्घकालीन महत्वका धेरै निर्णय गर्दै आएको थियो। पहुँचवालालाई पैसा वितरण र विभिन्न निकायमा नियुक्ति देउवा क्याबिनेटको नियमित काम जस्तै हुँदै आएको थियो।

सरकारको निर्णयप्रति प्रतिपक्षमा रहँदै आएको एमाले र सञ्चारमाध्यमले समेत तिखो आलोचना गर्दै आएका थिए। बिहीबार बिहानको बैठकमा पनि यस्तै कुनै महत्वपूर्ण निर्णय हुने हो कि भन्ने धेरैलाई लागेको थियो। तर, बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकमा कुनै पनि महत्वपूर्ण निर्णय नभएको मन्त्रीहरुले बताएका छन्।

आजको बैठकले के निर्णय गर्‍यो भन्ने प्रश्नमा सूचना तथा सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता मोहनबहादुर बस्नेतले भने, ‘सरकार सञ्चालनमा सहयोग गर्ने सबैलाई धन्यवाद दिँयौैं।’

यता प्रधानमन्त्रीमा केपी शर्मा ओली नियूक्त भएसगै बनेका नवनियुक्त प्रधानमन्त्री केपी शर्मा नेप्से परिसुचक माथि लागको छ।केहिदिन देखि ओरालो लागको नेप्से विहिवार ३६ दसमलव एक अंकले बढेको हो।
विहिवार नेप्से १४ सय २४ दसमलव ९५ अंकमा पुुगेको छ।
कुल एक सय ६५ कम्पनीहरुको १५ हजार १५ लख छ हजार छ सय ३४ कित्ता सेयर खरिद बिक्री भएकोमा कारोवार रकम ६६ करोड ३९ लाख ५६ हजार दुुई सय ४९ रुपैयाँ पुुगेको नेपाल स्टक एक्स्चेन्ज लिमिटेडले जनाएकोछ।
नेप्सेमा विहिवार १० वटा समुहको कारोवार भएकोमा सबै समुहको सुचक बढेपछि नेप्से पुरै हरियो देखिएको छ।
बाणिज्य बैंक समुहको सुचक २१ दसमलव ३० अंकले बढेर १२ सय ४२ दसमलव ३८ अंकमा कायम रहेकोमा ३० करोड ९६ लाख ४८ हजार रुपैयाँको कारोवार भएको छ ।
बिकास बैंक समुहको सुचक ५५ दसमलव पाँच अंकले बढेर १६ सय २८ दसमलव ८३ अंकमा कायम रहेकोमा तीन करोड ५८ लाख एक हजार चार सय रुपैयाँको सेयर कारोवार भएको छ ।

जलबिद्युुत समुहको सुचक ४९ दसमलव चार अंकले बढेर १८ सय २३ दसमलव ३७ अंकमा कायम रहेकोमा तीन करोड १९ लाख ७२ हजार छ सय रुपैयाँको सेयर कारोवार भएको छ ।

बीमा समुहको सुचक दुुई सय १३ दसमलव ९५ अंकले बढेर सात हजार दुुई सय ८८ दसमलव ६४ अंकमा कायम रहेकोमा १४ करोड २८ लाख ५६ हजार रुपैयाँको सेयर कारोवार भएको छ।

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री स्वदेश नफर्किँदासम्म रविलाई पक्राउ नगरिने

      प्रहरी स्रोतले पूर्वगृहमन्त्री लामिछानेलाई आजभोलि नै पक्राउ गर्ने सम्भावना नरहेको

दुर्गा प्रसाईको पक्राउविरुद्ध माइतीघर मण्डलामा विरोध प्रदर्शन

     मेडिकल व्यवसायी दुर्गा प्रसाईंको पक्राउको विरोधमा आज पनिविरोध प्रदर्शन भएको छ

बालेन प्रवृत्ति निरंकुश भयो, तानाशाह लाद्न खोजियो : अध्यक्ष निरौला

    नेकपा  एमाले काठमाडौंका अध्यक्ष दीपक निरौला बालेनको कार्यशैलीप्रति रुष्ट बन्नु भएको छ

कुलेखानी-सिस्नेरी सडक १२ दिन बन्द

  दक्षिणकाली-छैमले सडक कालोपत्रे गर्नका लागि हेटौँडा-काठमाडौं जोड्ने कुलेखानी सिस्नेरी सडक १२ दिन