कर्मचारी संयोजन कठिन कार्य : मन्त्री बोहरा



हाम्रो इकोनोमि

स्वास्थ्य मन्त्री दीपक बोहराले कर्मचारी संयोजन कठिन कार्य भएको बताउनुभएको छ ।

आज मन्त्रालयद्वारा आयोजित बिदाइ कार्यक्रममा मन्त्री बोहराले भन्नुभयो, “कर्मचारी संयोजनको काम कठिन छ । संघीयतामा सबैलाई स्वीकार्य हुने गरी स्वास्थ्य मन्त्रालयका महाशाखाहरु राख्ने विषयमा पनि छलफल भइरहेको छ । समयको अभावले चाहेका धेरै काम गर्न सकिएन ।”

“स्वास्थ्यमा बीमा कार्यक्रम निकै राम्रो शुरुआत हो, क्यान्सर, मुटुरोग र स्पाइनर इञ्जुरीबाट पक्षघात भएका बिरामीका लागि मासिक पाँच हजार भत्ताको व्यवस्थाले पनि बिरामीलाई केही सुविधा हुनेछ”, उहाँले भन्नुभयो ।

गत जेठ २३ गते नेकपा (माओवादी केन्द्र) लगायत दलको समर्थनमा प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा बोहरा राप्रपाबाट स्वास्थ्य मन्त्री नियुक्त हुनुभएको थियो । उहाँले गत कात्तिक महिनादेखि कार्यभार सम्हाल्नुभएको थियो । प्रधानमन्त्री देउवाले आज देशवासीका नाम सम्बोधन गर्दै राजीनामा दिएपछि मन्त्री बोहराको पनि आजै मन्त्रालयमा बिदाइ गरिएको हो ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...