प्रधानमन्त्री ओलीलाई सेयर बजारको हरियो झन्डा, सबै समूहमा हरियाली



हाम्रो इकोनोमि

केपी शर्मा ओलीलाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गरेको खबरले बजारमा उत्साह थपिएको छ । हिजोसम्म सुस्तता छाएको शेयरबजारमा बाम सरकारको उल्लास बढ्दा नेप्से परिसूचक र कारोबार रकम दुवैमा उल्लेख्य सुधार आएको छ।

नेप्से परिसूचक ३६.०१ अंकले बढेर १४२४.९५ को बिन्दुमा पुगेको छ भने आज एकै दिन ६५ करोडको कारोबार भएको छ। बिहिबारको कारोबारलाई आधार मान्दा शेयरबजारका लगानीकर्ताले बाम सरकारलाई स्वागत गरेको देखिएको छ।

बिहिबार कारोबारमा आएका १६५ कम्पनीका १५ लाख ६ हजार ६३४ शेयरहरुको खरिद बिक्रिबाट ६५ करोड ३३ लाखको कारोबार भएको छ। जसमा सबै भन्दा बढी कुमारी बैंकको कारोबार भएको छ। बुधबार ३८ करोडको कारोबार भएकोमा आज बिहिबार झन्डै दुई गुणाले कारोबार बढेको छ। बिहिबार सबै भन्दा बढी कमाउनेमा श्री इन्भेष्टमेन्ट र अरुण फाइनान्स छन भने गुमाउनेमा एनएमबि सुलभ इन्भेस्टमेन्ट फंद्र सिर्जना फाइनान्स छन।

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...