सलमानले लिए कमेडी शो मा देखिन ४ करोड रुपैयाँ



टेलिभिजन र फिल्मी क्षेत्रमा चर्चा पाएका अभिनेता राम कपुर नयाँ कमेडी शो लिएर पुनः स्क्रिनमा फर्किएका छन्। उनी नयाँ सार्वजनिक हुन लागेको ‘कमेडी हाइस्कुल’ शो मा स्कुलको प्रधानाध्यापकको भूमिकामा देखा पर्दै छन्। यसको प्रोमो केही दिनदेखि भारतीय टेलिभिजनमा बजिरहेको छ।

प्रोमोमा सलमान खान पनि देखिएका छन्। उनले आफ्नै तरिकाले प्रोमोमा रमाइलो गर्दै गरेको देख्न सकिन्छ। भारतीय अखबारले कमेडी शो को ग्रान्ड प्रिमियरको सुटिङमा सलमान नै भएको बताएको छ। ‘स्पोटब्वाइ’ पत्रिकामा छापिएको रिपोर्टलाई आधार मान्ने हो भने, सलमानले ननफिक्सन शो का लागि एउटै एपिसोडमा ४ करोड रुपैयाँ पारिश्रमिक लिएका छन्।

सलमानलाई खर्चिएको रकम जुटाउन शो का निर्माताले ठूलो लञ्चिङ कार्यक्रमको आयोजना गर्ने भएका छन्। शो मा हरेक साता चर्चित सेलिब्रिटीलाई प्रस्तुत गरिने जनाइएको छ। राम कपुरका साथै शो मा गोपाल दत्त, परितोष त्रिपाठी, कृष्णा भट्ट, जसमित भाटिया र दीपक दत्ता जस्ता कलाकार छन्।

प्रतिक्रिया दिनुहोस
५ करोडको घर दिएर राजेशपायलले पत्नीसँग गरे डिभोर्स

    आफ्नो वैवाहिक जीवन सधैँ गोप्य राखिरहेका  राजेशपायल राईले श्रीमती साङबुङ राईसँग

नियमन सम्भव नभएपछि टिकटक प्रतिबन्ध : सञ्चार मन्त्रालय

    सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक सञ्जाल टिकटकका गतिविधि नियमन गर्न

दुर्गा प्रसाईँको अभियानमा आएका महिलामाथि दुर्व्यवहार

    दुर्गा प्रसाईंले काठमाडौंमा आयोजना गर्न लागेको कार्यक्रमका लागि उपत्यका बाहिरबाट आएका

टिकटक बन्दको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन

    टिकटक बन्द गर्ने सरकारको निर्णयबिरुद्ध युवाहरुको एक समूहले काठमाडौंमा माइतिघरमा प्रदर्शन