सलमानले लिए कमेडी शो मा देखिन ४ करोड रुपैयाँ



हाम्रो इकोनोमि

टेलिभिजन र फिल्मी क्षेत्रमा चर्चा पाएका अभिनेता राम कपुर नयाँ कमेडी शो लिएर पुनः स्क्रिनमा फर्किएका छन्। उनी नयाँ सार्वजनिक हुन लागेको ‘कमेडी हाइस्कुल’ शो मा स्कुलको प्रधानाध्यापकको भूमिकामा देखा पर्दै छन्। यसको प्रोमो केही दिनदेखि भारतीय टेलिभिजनमा बजिरहेको छ।

प्रोमोमा सलमान खान पनि देखिएका छन्। उनले आफ्नै तरिकाले प्रोमोमा रमाइलो गर्दै गरेको देख्न सकिन्छ। भारतीय अखबारले कमेडी शो को ग्रान्ड प्रिमियरको सुटिङमा सलमान नै भएको बताएको छ। ‘स्पोटब्वाइ’ पत्रिकामा छापिएको रिपोर्टलाई आधार मान्ने हो भने, सलमानले ननफिक्सन शो का लागि एउटै एपिसोडमा ४ करोड रुपैयाँ पारिश्रमिक लिएका छन्।

सलमानलाई खर्चिएको रकम जुटाउन शो का निर्माताले ठूलो लञ्चिङ कार्यक्रमको आयोजना गर्ने भएका छन्। शो मा हरेक साता चर्चित सेलिब्रिटीलाई प्रस्तुत गरिने जनाइएको छ। राम कपुरका साथै शो मा गोपाल दत्त, परितोष त्रिपाठी, कृष्णा भट्ट, जसमित भाटिया र दीपक दत्ता जस्ता कलाकार छन्।

प्रतिक्रिया दिनुहोस
मास्टर्नीको प्रमोसन गीतमाथि शिक्षक महासंघको आपत्ति

    अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतमा नेपाल...

हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...